काठमाडौं–सिन्धिस फ्रेन्चाइज टिमका मालिक दीपक अग्रवाललाई २ वर्षको प्रतिबन्ध लागेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०१८ को टि-१० लिगमा सहभागी टिम सिन्धिस क्लबका मालिक अग्रवाललाई २ वर्षको प्रतिबन्ध लगाएको हो। आइसिसीले बुधबार प्रेस विज्ञप्ति निकाल्दै प्रतिबन्ध लगाएको जानकारी दिएको छ।
अग्रवालले आइसिसीको भ्रष्टाचार सम्बन्धी नियम उलंघन गरेको पुष्टि गर्दै आइसिसीले २ वर्षसम्म क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो।
अग्रवालको प्रतिबन्ध फुकुवा २०२१ को अक्टोबर २७ मा सकिने आइसिसीले विज्ञप्तिमा उल्लेख गरेको छ। आइसिसीले उनलाई यसअघि ६ महिनाको प्रतिबन्ध लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।