काठमाडौं- नेपालीको प्रतिव्यक्ति आय १ हजार ८५ अमेरिकी डलर पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक विभागले चालु वर्षमा नेपालीको प्रतिव्यक्ति आय १ लाख २६ हजार १८ रुपैयाँ पुग्ने अनुमान गरेको हो।
विभागले अमेरिकी डलरसँगको विनिमय दर ११६ रुपैयाँका दरले हिसाब गरेको छ।
विभागले गत आर्थिक वर्षमा नेपालीको औषत आय १०३९ अमेरिकी डलर भएको संशोधित अनुमान पनि सार्वजनिक गरेको छ। यसअघि १०३४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।