• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

चोरीका एक अभियुक्तका कारण भारतीय दूतावासदेखि जिल्ला अदालतसम्म तनावमा

64x64
दुर्गा दुलाल मंगलबार, वैशाख १६, २०७७  १६:५२
1140x725

काठमाडौं- काठमाडौं जिल्ला अदालतको इजलास नम्बर १४ मा  मंगलबार निकै हल्लाखल्ला भइरहेको थियो। लकडाउनका बीचमै अभियुक्तहरुको मुद्दाको सुनुवाई, म्याद थप र थुनछेकका बीचमा सामाजिक दुरी कायम गर्दै भइरहेको भएपनि जिल्ला अदालतमा हो-हल्ला थियो।

अदालतमा पेस भएको कैदी अझ इजलासमा राख्दा हतकडी खोल्ने गरिन्छ तर चोरीको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई हतकडीसहित राखिएको थियो। कोरोना भाइरसको महामारीबीचमा डरैडरमा शुरु भएको सुनुवाईमा अभियुक्तले बयान नदिने भन्दै झगडा गर्न थालेपछि इजलासमा त्रास फैलिएको थियो। 

काठमाडौ जिल्ला अदालतको इजलासमा भारतीय दूतावासका प्रतिनिधि पनि उपस्थित भएका थिए। अभियुक्तले नेपाली नबुझ्ने र बोल्न नसक्ने भनेपछि भारतीय दूतावासका प्रतिनिधि सरकारी वकिल कार्यालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत् जिल्ला अदालत उपस्थित भएका थिए।

कोरोना भाइरसको महामारीका अदालतको आदेश र परराष्ट्रको पत्र पुगेपछि इजलास उपस्थित भएका भारतीय दूतावासका प्रतिनिधि पनि अभियुक्तको क्रियाकलाप देखेर डराएका थिए। 

कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै सर्वोच्च अदालतले मास्क लगाएको र अन्य सुरक्षा उपाय अवलम्बन नगरेको व्यक्तिलाई प्रवेश गर्न नदिनेलगायत २४ बुँदे निर्देशन दिएको छ। सर्वोच्चले दिएको निर्देशनलाई  सक्दो पालना गराउँदै जतिसक्दो चाँडो थुनछेक गरिदिनु पनि सरकारी वकिलको कार्यालयको पत्रका आधारमा पेस भएका एक अभियुक्त बयान नदिने जिकीर गरिरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

कोरोनाबाट 'अल्लाह'ले बचाउने भन्दै इजलासमै मास्क फालेपछि...मंगलबार, वैशाख २, २०७७

न्यायाधीश श्रीकृष्ण भट्टराई अभियुक्तलाई शुरुमा नेपाली अनि अंग्रेजीमा सम्झाइरहेका थिए। भट्टराईसंगै भारतीय दूतावासका प्रतिनिधि उनलाई हिन्दीमा सम्झाई रहेका थिए। तर उनी सम्झन भन्दा झन् उग्र भइरहेका थिए।

यसरी जिल्ला अदालतमा यस्तो कार्य गर्ने अभियुक्त हुन्, चोरीको अभियोगमा पक्राउ परेका मोहम्मद हैदर अली।

पक्राउ परेपछि थुनामा रहेको स्थानमा पनि यस्तै गतिविधि गरेका थिए। थुनुवा कक्षमा अन्य कैदलाई दुख दिने, बिजुलीको मिटर बिगार्ने र ड्युटीमा खटिएका प्रहरीलाई नै हातपात गरेपछि सरकारी बकिलको कार्यालयले छिटो थुनछेक गरिदिन माग गर्दै इजलासमा पेश गरिएका थिए।

यसअघि पनि उनलाई म्याद थपका लागि अदालत ल्याउँदा पनि यस्तै गतिविधि गरेका थिए। उनले भारत घर बताउँदै जिल्ला अदालतको इजलासमा पेस भएलगत्तै मुखको मास्क खोलेर फालेर न्यायाधीश समक्ष नेपालीमा बयान नदिने अडान राखेका थिए। आफूलाई कोरोनाबाट अल्लाहले बचाउने भन्दै उनले यस्तो गतिविधि देखाएका थिए।

उनको यस्तो क्रियाकलापपछि इजलाशले मानसिक परीक्षण र कोरोना परीक्षण गरेर पेश गर्न भनेको थियो। तर प्रहरीले र्‍यापिड टेस्ट मात्र गरेको र मानसिक अस्पतालको रिर्पोट पेस नगरेपछि जिल्ला अदालतले फेरि पनि परीक्षण गरेर पेस गर्न आदेश गरेको छ। ‍

काठमाडौको थानकोटमा सिलिन्डरलगायत घरायसी सामग्री चोरीको अभियोगमा उनी पक्राउ परेका थिए। उनले आफूलाई कोरोना नलाग्ने र लागेपनि अल्लाहले बचाउने भन्दै मास्क लगाउन दबाब नदिन चेतावनी दिए।

न्यायाधीश भट्टराई र भारतीय दूतावासमा प्रतिनिधिले उनलाई पटकपटक सम्झाउने प्रयास गरिरहेका थिए। यसरी सम्झाउँदा अलीले आफूलाई पागल भएको बताउन थालेका थिए।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १६:५२
  • #kathmandudc

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ एक किशोर–किशोरीको नाता सम्बन्ध विवादमा सर्वोच्च अदालतले ‘पतिपत्निको रुपमा एकअर्कालाई स्वीकारेको अवस्थामा नाता प्रमाणित गर्न विवाह दर... मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी भाद्र शुक्ल पक्षको एकादशी तिथिलाई हरिपरिवर्तिनी एकादशी (वामन एकादशी वा जयन्ती एकादशी) भनिन्छ । जसमा भगवान विष्णुले शीर सागरमा शयन गर... मंगलबार, असोज ६, २०८३
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल मंगलबार, असोज ६, २०८३
संयुक्त राष्ट्रसंघको महासभा सुरु, बालेनको सम्बोधन पर्सी मंगलबार, असोज ६, २०८३
भोलि देशैभर काङ्ग्रेसको पालिका अधिवेशन हुने मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्