• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाबाट 'अल्लाह'ले बचाउने भन्दै इजलासमै मास्क फालेपछि...

64x64
दुर्गा दुलाल मंगलबार, वैशाख २, २०७७  २२:१८
1140x725

काठमाडौं- काठमाडौ जिल्ला अदालतको इजलास नम्बर १४ मा  मंगलबार निकै हल्लाखल्ला भइरहेको थियो। लकडाउन शुरु भएपछि रोकिएको अदालतको सुनुवाई म्याद थपलगायत आशिंक प्रक्रिया शुरु भएपछि पहिलो पटक डराइडराई इजलास शुरु गरेका न्यायाधीश झन् डराएका थिए। 

कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै सर्वोच्च अदालतले मास्क लगाएको र अन्य सुरक्षा उपाय अवलम्बन नगरेको व्यक्तिलाई प्रवेश गर्न नदिनेलगायत २४ बुँदे निर्देशन दिएको थियो। सर्वोच्चले दिएको निर्देशनलाई पनि लत्याउँदै म्याद थपका लागि अदालत उपस्थित गराइएका एक आरोपितका कारण जिल्ला अदालतमा हो हल्ला भइरहेको थियो। 

न्यायाधीश श्रीकृष्ण भट्टराई उनलाई शुरुमा नेपाली अनि अंग्रेजीमा सम्झाइरहेका थिए। चोरीको अभियोगमा पक्राउ परेका मोहम्मद हैदर अलीलाई चोरीको अभियोगमा म्याद थप गर्न प्रहरीले उपस्थित गराएको थियो। भारत घर बताउने उनले प्रहरीले जिल्ला अदालतको इजलासमा पेस भएलगत्तै मुखको मास्क खोलेर फालेर न्यायाधीश समक्ष नेपालीमा बयान नदिने अडान राख्न थाले। 

काठमाडौको थानकोटमा सिलिन्डरलगायत घरायसी सामग्री चोरीको अभियोगमा पक्राउ परेका उनले आफू भारतीय नागरिक भएको नेपाली नबुझ्ने भएकाले कि त अग्रेजी कि हिन्दीमा बयान लिनुपर्ने माग गरे। उनको प्रस्तावपछि न्यायाधीश भट्टराईले किन पक्राउ गरेको हो अंग्रेजीमै बताउन आग्रह गरे। उनको आग्रहपछि आरोपी अलीले झन् कडा रुपमा प्रस्तुत भए। 

उनले आफूलाई कोरोना नलाग्ने र लागेपनि अल्लाहले बचाउने भन्दै मास्क लगाउन दबाब नदिन चेतावनी दिए। न्यायाधीश भट्टराईले उनलाई पटकपटक सम्झाउने प्रयास गरिरहेका थिए। यसरी सम्झाउँदा अलीले आफूलाई पागल भएको बताउन थाले। 

यसरी इजलासमा तनाव र त्रास सिर्जना हुन लागेपछि न्यायाधीश भट्टराईले ४ बुँदे आदेश गरे। मोहम्मदको कोरोना परीक्षण गर्न,भारतीय नागरिक भए नभएको खोजी गर्न, दोभाषे वा दूतावासको प्रतिनिधि उपस्थित गराउन र कानुन व्यवसायी नभएमा वैतनिक वकिलको व्यवस्था गराएर उपस्थित गराउन आदेश गर्‍यो।

न्यायाधीश र कर्मचारीमा त्रासमा 
पहिलो पटकको लकडाउन समाप्त भए लगत्तै सर्वोच्च अदालतको फुलकोर्टले अदालतको नियमित कार्य सुचारु गर्न सम्भव नभएपनि केही काम शुरु गर्ने निर्णय गरेको थियो। म्याद थप, अभियोगपत्र दायर, पुनरावेदन निवेदनलगायत कार्य सञ्चालन गर्ने निर्णय भएको थियो। 

यो निर्णयसंगै धेरै सेवाग्राही जम्मा हुने अदालत र त्यहाँ कार्यरत कर्मचारी पनि त्रासमा देखिएका छन्। काठमाडौ जिल्ला अदालत, उच्च अदालत पाटन र धेरै सेवाग्राही अन्य जिल्ला अदालतका न्यायाधीश त्रासमा देखिएका छन्। सेवाग्राहीसँगै वकिल र पक्ष तथा विपक्षका मानिस उपस्थित हुने भएकाले संक्रमणको त्रासका बीचमा काम गरिरहनु परेको जिल्ला अदालतका एक न्यायाधीशले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्च अदालतको कर्मचारी युनियनले पनि आशिंक रूपमा अदालत सञ्चालन गर्ने निर्णयको विरोध गरिरहका छन्। सेवाग्राहीसँग प्रत्यक्ष रुपमा जोडिनु पर्ने कर्मचारीहरु धेरै असुरिक्षत भएको कर्मचारीहरुको तर्क छ। सर्वोच्चले २४ बुँदे निर्देशनका आधारमा काम गर्न भनेपनि यो असम्भव भएको कर्मचारी  र न्यायाधीशहरुको भनाइ छ। 

रुँघा लागेका न्यायाधीशलाई रोक्नेदेखि बहसमा समय तोक्नेसम्म
कर्मचारी र न्यायाधीश त्रासमा रहेको भएपनि सर्वोच्चले सुरक्षाका लागि भन्दै २४ बुँदे निर्देशन जारी गर्दै कोरोना भाइरसको संक्रमित रोक्ने रणनीति तयार गरेको छ। सोमबार मुख्य रजिष्टार नृपध्वज निरौलाले मातहतका सबै अदालतलाई २४ बुँदे निर्देशन जारी गर्दै ज्वरो आएका न्यायाधीशलाई फर्काउनेदेखि वकिललाई भिडभाड गर्न रोक्नसम्म छ। 

सर्वोच्चले जारी गरेको सर्कुलरमा लकडाउन अवधिभर पूर्वनिर्णयअनुसार अत्यावश्यक सेवा मात्र उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै थप सावधानी अपनाउन भनेको छ। रुँघाखोकी, ज्वरो वा कुनै संक्रामक रोगको लक्षण देखा परेका न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, प्रहरी र अभियुक्तलाई अदालत प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ।

सर्वोच्चले जारी गरेको निर्देशनमा इजलासमा बस्दासमेत न्यायाधीशहरूबीच कम्तीमा एक मिटरको दूरी कायम गर्न, चारजना भन्दा बढी न्यायाधीश भएका जिल्ला तथा उच्च अदालतमा आधा मात्रै न्यायाधीश र कर्मचारी उपस्थित भएर काम गर्न, इन्टरनेट वा घरबाटै गर्न सकिने कामलाई त्यसैअनुसार गर्न निर्देशन दिएको छ।

त्यस्तै अदालमा उपस्थित हुने सबैलाई मास्क र पञ्जा अनिवार्य गर्न, कुनै पनि मुद्दामा बढीमा दुईजना मात्र कानुन व्यवसायी राख्न र उनीहरुलाई जम्मा २० मिनेट मात्र समय दिन सर्वोच्चले भनेको मुख्य रजिष्टार निरौलाले जानकारी दिए।

सकेसम्म वकिललाई लिखित रुपमा बहस नोट पेश गर्न लगाउने, धेरै कानुन व्यवसायी उपस्थित हुनुपर्ने अवस्थामा इजलासमा एकैपटक नगई पालैपालो जाने प्रबन्ध गर्न, एउटा इजलासमा एक दिनमा बढीमा तीनवटा मात्र मुद्दाको सुनुवाइ हुने व्यवस्था नगर्न बयान गराउनुपर्ने भएमा पनि बढीमा तीन जनाको मात्र गराउन भनिएको छ।

सर्वोच्चले अनुसन्धानमा रहेका अभियुक्तलाई पछि उपस्थित हुने गरी आफन्तको जिम्मा लगाउन सकिने मुलुकी अपराध कार्यविधि संहिता २०७४ को दफा १५ को व्यवस्थालाई कार्यान्वयन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  २२:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्