• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ १२, २०८२ Mon, Jan 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

प्रिमियर लिग पुनः सुरु गर्ने योजना - बन्द रंगशाला र सित्तैमा प्रसारण

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १६, २०७७  १५:२४
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) का कारण रोकिएको इंग्लिस प्रिमियर लिग सुरु गर्ने विषयमा काम सुरु भएको छ। आउँदो हप्ता यकिन निर्णय गर्ने गरी लागिपरिहँदा केही क्लबले अभ्यास पनि सुरु गरेका छन्। 

क्लबहरु आर्सनल, ब्राइटन र वेस्टहामले खेलाडीहरुलाई व्यक्तिगत रुपमा अभ्यास गराउनका लागि मैदानसमेत खुला गरेको छ। जसअनुसार सोमबार नै खेलाडीहरुले अभ्यास गरेका थिए। 

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले बनाएको च्याम्पिन्स लिग र युरोपा लिगको योजनालाई असर नपार्ने गरी प्रिमियर लिग जुन ८ मा सुरु गर्ने र जुलाइमा सकाउने तयारी भइरहेको छ। जसका लागि १८ मेदेखि अभ्यास पूर्ण रुपमा गर्ने गरी योजना बनाइँदैछ। 

यी सबै विषयमा कुराकानी गर्न माथिल्लो डिभिजनका क्लबहरुले शुक्रबार बैठक गर्दैछन्। अहिले अभ्यासमा सामेल नभएका क्लबले पनि यही हप्तादेखि व्यक्तिगत रुपमा गरीने अभ्यासहरु सुरु गर्दैछन्। 

कोरोना भाइरस (कोभिड १९) कारण मार्च १३ देखि प्रिमियर लिगका खेलहरु रोकिएका छन्। अब प्रिमियर लिगमा सबै क्लबको गरेर ९२ खेल खेल्न बाँकी छ। 

Ncell 2
Ncell 2

अब लिग सुरु गरिँदा बन्द रंगशालामा खेल खेलाइने र टेलिभिजन लाइभ प्रसारण अनुमति सित्तैमा दिने गरी तयारी भइरहेको छ। शुक्रबार क्लबहरुको बैठकमा सबै स्टेडियम प्रयोग गर्न सकिन्छ या निश्चित स्टेडियममा मात्र खेल गराउने भन्ने विषयमा पनि कुराकानी हुनेछ। 

तर यो सबै निर्णय गर्न पनि कोरोनाको अवस्था आउँदो दिनमा के हुनेछ भन्नेले यकिन हुनेछ। इंग्ल्याण्डमा कोरोनाका कारण २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। 

इंग्लिस प्रिमियर लिगमा यो सिजन लिभरपुल उपाधितर्फ अरु क्लबभन्दा दुई पाइला अघि बढिसकेको थियो। लिभरपुलले इतिहासमा सबैभन्दा छिटो उपाधि जितेर कीर्तिमान बनाउने आश गरिरहेका समर्थकहरु कोरोनाको त्रास बढ्दा निराश छन्।

हुन पनि ३० वर्षपछि लिग उपाधि जित्न लागेको लिभरपुल जति निराश यो समय अरु क्लब सायदै होला। प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा छ। दोस्रोमा रहेको म्यानचेस्टर सिटीको २८ खेलमा ५७ अंक छ।

प्रिमियर लिग मात्रै होइन युरोपभर नै लिग फुटबलहरु स्थगित रहेको अवस्था छ। जर्मन बुण्डेस लिगा मे ९ बाट सुरु गर्नेबारे छलफल भइरहेको छ भने नेदरल्याण्ड्सको लिग फुटबल विजेता टिम र रेलिगेसनमा पर्ने टिम नछानीकन स्थगित भएको छ। बेल्जियमले पनि लिगको यो सिजन अन्त्य भएको घोषणा नै गरिसकेको छ। 

फ्रेन्च लिग वान र स्पेनिस ला लिगा अनिश्चित समयका लागि स्थगित भइसकेको छ। इटालियन सिरी ए मे महिनाको अन्तिममा सुरु गर्ने भनिए पनि त्यो असम्भव जस्तो देखिइरहेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १५:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल
सम्बन्धित सामग्री
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश उच्चले अन्तरिम आदेशका बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ । उच्चले अन्तरिम आदेश छलफलका लागि माघ ६ गते पेसी तोकेको... सोमबार, पुस २८, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै दक्षिण एसियाली फुटबल संघ (साफ) ले पहिलो पटक यस क्षत्रेको महिला फुटबल विकासको लागि क्लब च्याम्पियनसिप आयोजना गरेको हो। जसमा नेपाल र भ... शनिबार, पुस ५, २०८२
नेपाली महिला फुटबल टोलीले आज चाइनिज ताइपेइसँग खेल्दै यसअघि नेपालले इन्डोनेसियासँगको खेल २–१ गोल अन्तरले हारेको थियो । नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सवि... मंगलबार, मंसिर १६, २०८२
ताजा समाचारसबै
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सोमबार, माघ १२, २०८२
कांग्रेस सभापति गगन थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाँदै सोमबार, माघ १२, २०८२
महिला टी–२० विश्वकप छनोट, स्कटल्यान्डसँग आज निर्णायक खेल सोमबार, माघ १२, २०८२
अमेरिकामा भीषण हिमआँधी : तीन जनाको मृत्यु, १० लाख घरमा अन्धकार सोमबार, माघ १२, २०८२
यस्तो रहनेछ देशभरको मौसम सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा तीनै पदमा एमाले-काँग्रेस-जसपा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
गण्डकीबाट महिलामा सम्झना देवकोटा विजयी आइतबार, माघ ११, २०८२
कर्णालीमा कांग्रेसका शाही र एमालेबाट रखाल विजयी आइतबार, माघ ११, २०८२
मधेश प्रदेशबाट राष्ट्रिय सभामा चारै पदमा गठबन्धन विजयी आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्