• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारको अर्को बदमासी : ओम्नीले ल्याएकै किट किनेर मन्त्रालयलाई दिन दातृ निकायसँग आग्रह

64x64
नेपाल लाइभ सोमबार, वैशाख १५, २०७७  २१:००
1140x725

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमा काम गर्ने अन्तरराष्ट्रिय दातृ निकायसँग कोरोना भाइरस परीक्षणका लागि र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) किट सहयोगका लागि गुहारेको खुलेको छ।

मन्त्रालयले गत बिहीबार नेपालमा रहेका स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न अन्तरराष्ट्रिय दातृ तथा गैरसरकारी संस्थालाई मन्त्रालयमा बोलाएर आरडिटी किट खरिद गरिदिन गुहारेको हो।

तर, मन्त्रालयले दातृ निकाय तथा गैरसरकारी संस्थालाई विवादित ओम्नी ग्रुपकै आरडिटी किट किनेर मन्त्रालयलाई उपलब्ध गराउन भनेको छ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले केही समय अघि विवादित ओम्नी ग्रुपले चीनबाट ल्याएर भन्सारमा थन्किएको २५ हजार थान आरडिटी किट नै खरिद गरी मन्त्रालयलाई सहयोग गर्न भनेको हो। 

हालसम्म विश्व स्वास्थ्य संगठनले गुणस्तरको मान्यता नदिएको उक्त किट ओम्नीले चीनबाट एक लाख थान किनेर ल्याएको थियो। जसमध्ये ७५ हजार किट नेपाल सरकारले खरिद गरेपनि करिब तीन करोड मूल्य बराबरको २५ हजार किट अझै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमै थन्किएको छ। ओम्नीले सरकारसँग ७५ हजार किटको सम्झौता गरे पनि एक लाख किट ल्याएको थियो। सम्झौता विपरीत ल्याएको किट भन्सारले पास गरेको छैन।

यो पनि पढ्नुहोस्

 

स्वास्थ्यले ७ करोडमा किनेको कोरोना परीक्षण किट कामै नलाग्नेमंगलबार, चैत १८, २०७६

स्वास्थ्य मन्त्रालयले अहिले सोही किट ल्याउन चोरबाटो समातेको मन्त्रालय स्रोत बताउँछ। 'मन्त्रालयले सोही किटलाई दातृ निकायले किनेर मन्त्रालयलाई उपलब्ध गराउन भनेको हो। मन्त्रालयले घुमाउरो हिसाबले ओम्नीलाई पोस्न खोजेको देखियो,' छलफलमा सहभागी एक प्रतिनिधिले स्वास्थ्यखबरलाई भने, 'मन्त्रालयको नीति पिसिआर परीक्षणभन्दा पनि ओम्नीको आडिटी किटलाई नै चलाउनेतर्फ देखियो। यो त जनस्वास्थ्यमाथि गम्भीर खेलबाड हो।'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको नेतृत्वमा बैठक भएको थियो। बैठकको सहजीकरण कर्मचारी प्रशासन महाशाखाका सहसचिव रघुराम विष्टले गरेका थिए। 

nimb
nimb

मन्त्रालयले फोन सम्पर्कबाट बैठकका लागि दातृ निकायका प्रतिनिधिलाई मन्त्रालयमा बोलाएको थियो। बैठकमा डिएफआइडी, सेभ द चिल्ड्रेन, पिएसआई, युएसएआइडी, जिआइजेड, कोइका, आइपास, वन हर्ट वर्ल्डवाइड (ओएचडब्ल्यु), मेरी स्टोप्स्, रोटरी क्लब, एमएसआईलगायतलाई बोलाइएको थियो।

सहसचिव विष्टले अन्तराष्ट्रिय दातृ निकायलाई आरडिटी किट खरिद गरी सहयोग गर्न आग्रह गरिएको स्वीकार गरेका छन्। ‘अहिले कोरोना संक्रमितको परीक्षणका लागि आरडिटी किट अत्यावश्यक छ। अन्तराष्ट्रिय दातृ निकायसँग सो विषयमा छलफल पनि गरिएको हो,' उनले भने, 'तर ओम्नीकै किट किन्दिनुस् भनेर भनेको होइन। उहाँहरूले कुनै पनि कम्पनीबाट खरिद गरी दिन सक्नु हुन्छ।'

छलफलमा सहभागी विभिन्न संस्थाका प्रतिनिधिले बजारमा किटको उपलब्धताबारे जिज्ञासा राखेपछि ओम्नीले ल्याएर बाँकी रहेको २५ हजार किटबारे उनीहरूलाई जानकारी गराइएको तर त्यही नै किन्नका लागि नभनेको विष्टको दाबी छ।

यो पनि पढ्नुहोस्

 

वाणिज्यमा दर्तै नभएको ओम्नीसँग स्वास्थ्यले कसरी किन्यो मेडिकल सामग्री?मंगलबार, चैत १८, २०७६

स्वास्थ्यखबरले आरडिटी किटको विश्वासनीयता र गुणस्तरीयताका विषय प्रश्न उठिरहेको बारे जिज्ञासा राख्दा सहसचिव विष्टले किटको गुणस्तरीयता र विश्वासनीयतामा प्रश्न पत्रकारबाहेक अरुले नउठाएको प्रतिक्रिया दिए।

विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी किट सरकारले खरिद गरेको र सो आरडिटी किट परीक्षणमा भर पर्न नहुने भन्दै विज्ञहरूले नै आलोचना गरिरहेका छन्। यो क्षेत्रका विज्ञले किटभन्दा पिसिआर परीक्षण बढाउन सुझाव दिइरहेका छन्। तर, मन्त्रालयले भने पिसिआरको परीक्षण घटाउदै ओम्नीले ल्याएको गुणस्तरमै प्रश्न उठेको किटलाई बढावा दिइरहेको छ। 

स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओम्नी विवादित बनेपछि सरकारले सम्झौता रद्द गरी सेनालाई स्वास्थ्य सामग्री खरिदका लागि जिम्मेवारी दिएको थियो। ओम्नी ग्रुपलाई सरकारले कालोसूचीमा राखेको दाबी गरेको छ। 

तर, भित्रभित्र भने ओम्नीलाई नै फाइदा हुने गरी काम गरिरहेको देखिएको छ। मन्त्रालयले पछिल्लो समय दातृ निकायलाई बोलाएर उसले नै ल्याएको किट खरीद गर्न गरेको प्रयासले पनि यसलाई पुष्टि गरेको मन्त्रालयका एक कर्मचारीले बताए। ती कर्मचारी भन्छन्, 'दातृ निकायसँग सहयोग नै माग्ने हो भने त पिसिआर सहयोग माग्न सकिन्थ्यो नि! तर मन्त्रालयको ध्यान ओम्नीका सामानलाई वैध बनाउन र त्यसलाई नै फाइदा गराउने तर्फ छ।' 

दातृ निकायका प्रतिनिधिका अनुसार मन्त्रालयले आफैंले ती सामान ल्याउँदा विवाद हुने भन्दै दातृ निकायमार्फत् ल्याउन खोजेको हो। सोही सिलसिलामा मन्त्रालयले ओम्नीका मौज्दात किटबारे घुमाउरो पारामा दातृ निकायलाई जानकारी दिई सोही किट खरिद गर्न सकिने बाटो देखाएको हुन सक्ने उनीहरूले प्रतिक्रिया दिएका छन्। दातृ निकायहरुले विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको किट खरिद गर्न नसकिने जवाफ दिएको बताइएको छ। 

सरकारले नै कालोसूचीमा राखेको कम्पनीका बाँकी किट खरिद गरिदेउ भनेर मन्त्रालयका सचिव र सहसचिवसहितका प्रतिनिधिले प्रस्ताव राख्दा बैठकमा सहभागी दातृ निकायका प्रतिनिधिहरू आश्चार्यमा परेका थिए। 

यो पनि पढ्नुहोस्

 

मेडिकल आपूर्ति संघले नै भन्यो- प्रतिष्पर्धा होइन, मिलेमतोमा गरियो मेडिकल सामाग्री खरिदआइतबार, चैत १६, २०७६

बैठकमा उपस्थित एक दातृ निकायका प्रतिनिधि भन्छन्, ‘मन्त्रालयसँग बजेट भएर पनि पहिल्यै विवाद भइसकेकाले सो किट किन्न नसकेकोले दातृ निकायका माध्यमबाट ओम्नीको किट किन्न भन्नुभएको थियो। हामीले सरकारले ब्ल्याक लिस्टमा राखेको कम्पनीबाट खरिद गर्न नसकिने बतायौं।’

दातृ निकायले विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको किट किन्न नसक्ने र यो बेला बाहिरबाट ल्याउन पनि सम्भव छैन भन्ने प्रतित्युत्तर दिएको बताइएको छ।

छलफलमा सहभागी धेरैले मन्त्रालयले नै कालोसूचीमा राखेको कम्पनीले ल्याएको किट खरिद गर्न नसक्ने बताए पनि दुई संस्था केही किट खरीदका लागि सहमत भएका थिए। तर, अन्य संस्थाले कालोसूचीमा राखेको किट खरीद नगर्ने अडान राखेपछि ती दुई संस्था पनि अलमलमा परेका छन्।

यो पनि पढ्नुहोस्

 

कोरोनाको कहरमा पनि कमिसन चक्करशनिबार, चैत १५, २०७६

मन्त्रालयले जतिसक्दो छिटो आरडिटी किट खरिद गर्न पनि अनुरोध गरेको थियो। एक दातृ निकायका प्रतिनिधीले भन्छन्, 'हाम्रो खरीद प्रक्रिया लामो हुन्छ। एक लाख भन्दा बढीको सामग्री खरीदका लागि पत्रिकामा विज्ञापन निकाल्नुपर्ने हुन्छ। त्यसका लागि कम्तीमा ३ हप्ताभन्दा बढी लाग्छ।'

स्वास्थ्य मन्त्रालयले दाताहरुलाई आरडिटी किट दिए अरु केही सहयोग गर्नु नपर्नेसमेत बताएको स्रोतको भनाइ छ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  २१:००
  • #Novel Corona Virus
  • #health_minisry

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नुवाकोटका बाढी प्रभावित क्षेत्र निरीक्षण गरेर फर्किए प्रधानमन्त्री बालेन
बाढीले चीनतर्फ ५५८ जना सम्पर्कविहीन, तीनजनाको मृत्यु
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
नुवाकोटका बाढी प्रभावित क्षेत्र निरीक्षण गरेर फर्किए प्रधानमन्त्री बालेन बिहीबार, भदौ ११, २०८३
बाढीले चीनतर्फ ५५८ जना सम्पर्कविहीन, तीनजनाको मृत्यु बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
विनाशकारी बाढी :  मृतकको सङ्ख्या २७० पुग्यो बिहीबार, भदौ ११, २०८३
सुशीला कार्कीको अपिल :  गाँस काटेर भए पनि सहयोग गरौँ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्