एजेन्सी–बेलायत सरकारका प्रमुख स्वास्थ्य सल्लाहकार प्रोफेसर क्रिस विटीले कोरोना भाइरसको भ्याक्सिन एक वर्षभित्र आउने सम्भावना कम रहेको दाबी गरेका छन्। उनले यसको परीक्षण र सफलता हात पार्न एक वर्षभन्दा धेरै समय लाग्ने दाबी गरेका हुन्।
बेलायत छिट्टै भ्याक्सिन निर्माण गर्ने कार्यमा लागिरहेको भन्दै उनले अन्य देशले छिटो निर्माण गरे पनि खरिद गरिने बताए। विश्वभरका वैज्ञानिक र औषधि कम्पनी यसको भ्याक्सिनका लागि खोजीमा लागेको भए पनि आफूले एक वर्षभित्र आउने सम्भावना नदेखेको बताए। उनले कोरोना भाइरसको यो संकट लामो समयसम्म कायम रहने उनले बताए।
बेलायत अझै केही समय हालकै अवस्थामा रहनुपर्ने उनको तर्क छ। उनले यो भाइरस छिट्टै समाप्त गर्न पनि नसकिने र असर पनि तत्कालै कम गर्न नसकिने भएको दाबी गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।