काठमाडौं- सरकारले लकडाउन गरेको ३०औं दिन पूरा भएको छ। यो बीचमा हिँडेर गाउँ जानेको संख्या भने दिनदिनै बढ्दै गएको छ।
कोरोना भाइरस फैलिन नदिनका लकडाउन गरिएको हो। मानिसहरुको आवतजावत बढी हुँदा यो भाइरसको संक्रमण फैलन सक्ने भएकोले आवतजावत बन्द गरिएको छ। तर लामो समय काठमाडौं बस्दा सास्ती व्यहोर्नु पर्ने भएकाले घर फर्किन थालेका छन्।
सरकारले तेश्रो पटक लक्ठाउन थपेर बैशाख १५ गतेसम्म पुर्याएको छ। मानिसहरु भद्र रूपमा लक्डाउनको उल्लंघन गरेर उपत्यका बाहिर जाने क्रम रोकिएको छैन।
सरकारले घोषित रुपमा बाहिर निस्कन दिएको छैन। अहिले धेरै स्थानीय तहको समन्वयमा नागरिकहरू फर्कन थालेका छन्। तर यसको व्यवस्थापन राम्रोसँग हुन सकेन भने कोरोना महामारी व्यवस्थापन झन् चुनौतीपूर्ण हुने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।