वासिङटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। स्थानीय समयानुसार मंगलबार ट्रम्पले नेता किम गम्भीर बिरामी भएको थाहा पाएको भन्दै उनकाे पूर्ण स्थास्थ्य लाभको कामना गरेका हुन्।
‘उहाँ सिकिस्त बिरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केबल उहाँको सिघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु,' ट्रम्पले भने। किमसँग आफ्नो निकै राम्रो सम्बन्ध बन्दै गएको पनि ट्रम्पले स्मरण गरेका छन्।
अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएपछि उनले यस्तो बताएका हुन्। नेता किम यही अप्रिल १५ तारिखका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित थिए।
उनी त्योभन्दा चार दिन अगाडी एउटा सरकारी बैठकमा भने देखिएका गुप्तचर निकायहरुको सूचनालाई उदृत गर्दै सिएनएनले जनाएको छ। तर उत्तर कोरियाली सरकारी अधिकारीहरुले भने किम बिरामी भएको पुष्टि गरेका छैनन्। उनीहरुले पहिलाभन्दा अहिले कुनै फरक नरहेको दाबी गरेका छन्।
योन्ह्याप समाचार संस्थाले सरकारी अधिकारीहरुलाई उदृत गर्दै जनाए अनुसार उनीहरुले कुनै फरक नरहेको बताएका छन्। उत्तर कोरियामा पहिलाभन्दा अहिले कुनै फरक छैन, बाहिर चलाइएको हल्ला सत्य होईन, एक सरकारी उच्च अधिकारीले भने।
(रासस/एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।