एजेन्सी- अमेरिकाको मिस्सौरी स्टेटले चीनमाथि कोरोनाका कारण अर्थतन्त्र धरापमा परेको भन्दै अभियोग दर्ता गराएका छन्। वुहानबाट सुरू भएको कोरोना संक्रमण अहिले विश्वभरी फैलिएको र यसलाई लिएर चीनले यसप्रति दिएको प्रतिक्रियालाई लिएर अमेरिकाको मिस्सौरी राज्यले बुधबार अभियोऊ दर्ता गराएको हो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने उक्त अभियोगलाई मूर्खतापूर्ण अभियोगका साथै तथ्यहीन र अवैधानिक रुपमा दर्ता गराएको अभियोग भनी त्यसको खण्डन गरेका छन्।
‘चिनियाँ सरकारले कोरोना भाइरसको जोखिम र यसको संक्रामक प्रकृतिको बारेमा कुरा लुकाएको र सुरूमै कोरोना भाइरसको संक्रमणको बारेमा जानकारी दिन खोज्ने डाक्टरलाई यसको बारेमा बोल्न नदिएर कोरोना भाइरस फैलाएको छ।’ मिसौरी राज्यका एटोर्नी जेनेरल एरिक स्मिटले दर्ता गरेको अभियोगमा उल्लेख गरिएको छ। ‘त्यसैले चीनले संक्रमणको जिम्मा लिनुपर्छ।’ अभियोगमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।