एजेन्सी-अमेरिकी राज्य मिसौरीले नियतवश कोरोना भाइरस महामारी फैलाएको आरोप लगाउँदै चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टी्विरुद्ध अदालतमा मुद्दा हालेको छ।
‘चिनियाँ सरकाले विश्वलाई कोभिड १९ को जोखिम र संक्रामक गतिका बारेमा ढाँट्यो, सूचना दिन खोज्नेहरूलाई चुप लगायो र रोग रोक्न यथेष्ट काम गरेन,’ मिसौरीका महान्यायाधिवक्ता एरिक स्च्मिटले भने। त्यसका कार्यका लागि उनीहरूलाई उत्तरदायी बनाउनुपर्ने उनको भनाइ छ। मुद्दामा मानिसहरूको मृत्यु, उनीहरूको दुःख र राज्यमा भएको आर्थिक विपद्का लागि क्षतिपूर्ति माग गरिएको छ।
चीनले विपद्लाई गलत तरिकाले व्यवस्थापन गरेको आरोप अस्वीकार गर्दै आएको छ।
मिसौरीका अधिकारीहरूले उक्त मुद्दालाई ऐतिहासिक भने पनि अमेरिकी अदालतमा मुद्दा दायर गर्न ठूलो कानुनी अड्चन हुने बताएका छन्। यही वर्ष नोभेम्वरमा अमेरिकामा राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। राजनीतिक जानकारहरु मिसौरीमा दर्ता गरेको मुद्दा र अरु अमेरिकी कम्पनीद्वारा दायर गरेका यस्ता मुद्दा ट्रम्प सरकार अन्त्यको कारण बन्न सक्ने बताउँछन्। युनिभर्सिटि अफ शिकागोमा अन्तराष्ट्रिय कानुनका प्रोफेसर टोम गिन्सवर्गले अमेरिकी सरकार आफ्नो कमजोरी लुकाउन चीनमाथि मुद्दा फोकस गरिरहेको भन्दै आलोचना गरेका छन्।
अमेरिकी अदालतहरूमा विदेशी सरकारलाई प्रतिपक्षी बनाउन नपाइने भएका अवस्थामा चीनले यस्ता मुद्दाहरूबाट डराउनुपर्ने अवस्था नरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।