• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेशले नेकपाका पूर्व माओवादी समूह त्रसित

64x64
वीरेन्द्र ओली बुधबार, वैशाख १०, २०७७  १३:२२
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेपछि नेकपाभित्रको पूर्व माओवादी समूह त्रसित भएको छ। राजनीतिक दल फुटाउन सजिलो हुनेगरी अध्यादेश आएपछि नेकपाभित्र समीकरण फेरबदल हुन सक्ने भन्दै पूर्व माओवादीका नेताहरु गम्भीर भएका हुन्।

अध्यादेशले एमाले समूहका केपी शर्मा ओली र माधवकुमार नेपाल समूहलाई एक ठाउँमा उभ्याएमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूह कमजोर हुनेछ। एमालेभन्दा तल परेर एकता गरिएपछि आफ्नो समूह कमजोर भएको महसुस गर्दै माओवादी नेताहरु प्रायः चुपचाप रहँदै आएका थिए।

अध्यादेश प्रकरणले माओवादी समूह थप रक्षात्मक र ओली-नेपाल समूह आक्रमक बन्न सक्ने विश्लेषण गर्न थालिएको छ। नेपालले मंगलबार बेलुका जारी गरेको आफ्नो विज्ञप्तिमा अध्यादेशबारे केही उल्लेख गरेका थिएनन्। यसलाई ओलीको पछिल्लो कदमको मौन समर्थन रुपमा कतिपय माओवादी नेताहरुले अर्थ्याएका छन्। नेपालले आफ्नो विज्ञप्तिमा पछिल्लो राजनीतिक घटनाक्रमले पार्टीलाई अनेक आशंकासँगै चिन्ता बढाएको भन्दै सिंगो पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध बनाउनुपर्ने सुझाव दिएका थिए।

पूर्व एमालेकै झलनाथ खनाल, बामदेव गौतम लगायत नेताहरुले भने अध्यादेश खारेज गर्नुको विकल्प नभएको भन्दै विरोध गर्दै आएका छन्।

प्रधानमन्त्रीले महामारीका बेला अध्यादेश ल्याउने विषयलाई राम्रो नियत मान्न नसकिने नेकपा स्थायी कमिटी सदस्य मणि थापाले बताए। ‘राजनीतिक दल बन्ने प्रक्रियालाई कानुनले बाधा गर्छ भने फुकाउनु पर्छ’, थापाले भने, ‘संक्रमणको बेला कुनै दल विशेषलाई फुटाउने टुक्र्याउने खालको अध्यादेशलाई खारेज गर्नुपर्छ।’

अध्यादेशले माओवादी समूह मात्रै नभई समग्र नेकपालाई नै गम्भीर बनाएको थापाको बुझाइ छ। 

यस्तै स्थायी कमिटी सदस्य पम्फा भुसालले महामारीमा देशलाई नै एकताबद्ध गर्नुपर्नेमा दललाई नै कमजोर बनाउनेगरी अध्यादेश ल्याउनु ठीक नभएको तर्क गरिन्। दललाई कमजोर बनाएर लोकतन्त्र बलियो हुन नसक्ने भन्दै भुसालले भर्खरै एकता भएको पार्टीलाई समेत कमजोर बनाउने बुझाई व्यक्त गरिन्।

अध्यादेशले ओली-नेपाल समूह एक बनाएर माओवादीलाई किनारामा धकेल्ने हो कि भन्ने चिन्ता कतिपय पूर्व माओवादी नेतामा परेको पाइन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यादेश पार्टीमा थप विवाद सृजना गर्ने देखिएकाले स्थायी कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने बताए। पार्टीमा भएको विवाद सचिवालयबाट टुंगो लाग्न सकेन, अब स्थायी कमिटीमा लैजानुपर्ने भन्दै स्थायी कमिटी बैठकको माग गरे।

ओलीको एक तीर, अनेक निसाना
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद र सचिवालय बैठकमा अध्यादेश नेकपा लक्षित नभएको अभिव्यक्ति दिए पनि एउटा तीरले धेरैतिर निशाना ताकेको विश्लेषण गर्न थालिएको छ। बाहिर ओलीले ल्याएको अध्यादेश समाजवादी र राजपा लक्षित भएको भन्ने गरे पनि आफूमाथि प्रचण्ड-नेपाल समूहको दबाब कम गर्ने अस्त्रको रुपमा प्रयोग हुनसक्ने आकलन धेरेको छ।

प्रचण्ड-नेपाल एक भएमा आफूलाई अविश्वासको प्रस्ताव लिएर हटाउन सक्ने त्रास ओलीमा देखिन्छ। त्यसैले, प्रचण्ड-नेपाल लगायत नेताहरु एक भए भने पनि पार्टी फुटाउन आफूसँग विकल्प छ भन्ने संकेत दिएका छन्।

अर्कोतिर, ओलीले समाजवादी पार्टीका अशोक राई, रेणु यादव लगायत नेताहरुलाई फुटाउन सकिन्छ कि भन्ने प्रयास गरेको बुझिएको छ। आफू विरुद्ध अध्यादेश आइलाग्ने देखेपछि पार्टी अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवले पार्टी फुटाउने सपना नदेख्न चुनौति दिइसकेका छन्। 

अध्यादेशले समाजवादी र राजपामा त्रास उत्पन्न भएको उनीहरुबाट जारी विज्ञप्तिले नै प्रष्ट पार्छ।

समाजवादीलाई फुटाएर कमजोर बनाउनुका साथै प्रदेश २ को सरकारमा फेरबदल समेत आउन सक्ने अनुमान गरिएको छ। यस्तो भएमा संविधान संशोधनको गर्ने सर्तमा राजपालाई संघ र प्रदेशको सरकारमा सहभागी गराएर समाजवादी जस्तै अल्मल्याउन सकिने ओलीको रणनीति हुनसक्छ। यस्तै, सरकारमा धेरै दललाई सहभागी बनाई विभिन्न संवैधानिक निकायमा नियुक्त गर्ने योजना बनाएको हुनसक्छ।

महामारीका बेला अध्यादेश किन आयो भन्ने विषयमा मेसो नपाएको एक सचिवालय सदस्यले बताए। ‘प्रधानमन्त्रीज्यूले पार्टीका कुनै निकायमा सरसल्लाह र छलफल नै गर्नुभएको छैन’, ती नेताले भने, ‘यो अध्यादेश कुन योजनाका साथ आयो मलाई थाहा छैन।’

पार्टीमा पर्याप्त छलफल र  बहस नभएकाले धेरैजसो सचिवालय सदस्यहरु नै अलमलमा परेको देखिन्छ।

प्रचण्ड, श्रेष्ठ, खनाल र गौतमको आक्रमण
अध्यादेशका सम्बन्धमा अध्यक्ष प्रचण्डसहित नेताहरु झलनाथ खनाल,वामदेव गौतम र नारायणकाजी श्रेष्ठहरु आक्रमक भएका छन्। राष्ट्रिय महत्त्व राख्ने अध्यादेशका विषयमा पार्टीमा पर्याप्त छलफल नै नगरी जारी गरिएको भन्दै भन्दै नेताहरुले विरोध गरेका हुन्। पार्टीको विधि पद्धति सबै मिचेरे ओलीले एकलौटी ढंगले अघि बढेको भन्दै उनीहरु आक्रोशित भएका हुन्।

प्रधानमन्त्रीले अलोकतान्त्रिक र गैरजिम्मेवार शैली देखाएको एक सचिवालय सदस्यले आक्रोश पोखे। ‘कुन रणनीति र योजनाका साथ अध्यादेश ल्याइयो तर त्यो सरासर अलोकतान्त्रिक र राजनीतिक अस्थिरता निम्त्याउने सोचबाट प्रेरित छ,’ उनले भने, ‘नेकपा फुटाउने योजनाका साथ ल्याएको हो भने पनि नेकपा नेता कार्यकर्ताले त्यो सपना पूरा हुन दिने छैनन्। पार्टी एक ढिक्का हुन्छ।’

अध्यादेशको विरोधमा भएका नेताहरुले सकेसम्म आफ्नै बलबुताले अध्यादेशलाई खारेज गराउने र नसके कांग्रेस, समाजवादी, राजपा लगायत दलसँग सहकार्य गरेरै जाने मुडमा देखिएका छन्। राष्ट्रपतिबाट अध्यादेश पारित भइसकेकाले खारेज भए पनि विवाद सुल्झनेभन्दा बढ्ने देखिन्छ।

अहिले अध्यादेशका विषयमा सबैभन्दा धेरै चटारो खनाल, श्रेष्ठ र गौतमपछि प्रचण्डलाई परेको छ। अध्यादेश आफूलाई एक्लाउन ल्याएको हतियार हो कि भन्ने आशंकाले चिन्ता बढाएको छ।  मंगलबार प्रचण्डले पूर्व एमाले समूहका केही नेताहरुसँग टेलिफोनमा कुरा गरेका थिए। साथै,  माओवादी समूहका हरिबोल गजुरेल, जनार्दन शर्मा लगायत नेताहरुसँग भेट भएको प्रचण्डको सचिवालय स्रोतले जनाएको छ। भेटमा उनले अध्यादेशका सम्भावित भावी तरंगबारे परामर्श गरेका थिए।

माधव नेपाल र बादल मौन
अध्यादेशका विषयमा माधव नेपाल र रामबहादुर थापा बादल मौन छन्। उनीहरुबाट विरोध वा समर्थन दुवै देखिएको छैन।

नेपालद्वारा मंगलबार जारी विज्ञप्तिमा अध्यादेशका बारे खासै विरोध छैन। पछिल्लो विकसित घटनाक्रमले पार्टीभित्र अनेकौ आशंका र चिन्ता बढाएको भन्दै सबै पार्टी पंक्तिलाई एक नेपालले आग्रह गरेका छन्। तर नेपाल पक्षकै स्थायी कमिटी सदस्य भीम रावल लगायत केही नेताहरुले अध्यादेशको चर्को विरोध गर्दै आएका छन्।

प्रचण्ड-नेपाल समूहको भेटघाट बाक्लिदै गएपछि ओली समूहबाट ईश्वर पोखरेल, विष्णु रिमाल लगायत नेताहरु नेपाललाई फकाउन लागेका थिए। १६ फागुनमा बसेको सचिवालय बैठकपछि ओली समूह नेपाललाई फकाउन सक्रिय भएका थिए। ओलीले आफू विरुद्ध प्रचण्ड, नेपाल, खनाल र गौतम लाग्ने देखेपछि नेपाललाई फकाएर सो गठबन्धन फुटाउने प्रयास गरेका हुन्।

पछिल्लो समय नेता नेपाल प्रचण्डसँग टाढिन थालेको विश्लेषण पार्टीभित्र हुन थालेको छ। उनी ओली र प्रचण्ड दुवैबाट समदूरीमा बस्न खोजेको देखिन्छ।

गृहमन्त्री बादललाई ओलीले आफूतिर तान्न निकै जोडबल गर्दै आएका छन्। त्यसका लागि सरकार वा पार्टीका महत्वपूर्ण छलफलमा थापाललाई समेत सहभागी गराउन थालेका छन्। तर, बादल अन्यन्तै ढिलो खुल्ने भएकाले अन्तिममा मात्रै बादलको लाइन स्पष्ट हुन्छ। जसले गर्दा ओलीको प्रयास कति सफल भयो भन्ने बादल बाहेक अरुलाई थाहा हुनसक्ने अवस्था छैन। तर, ओली वा प्रचण्डमध्ये एक रोज्नैपर्ने अवस्था आए बादल प्रचण्डतिरै आउने पूर्व माओवादी नेताहरुको बुझाइ छ।

ओली समूह अध्यादेशको प्रतिरक्षा
राष्ट्रपतिबाट अध्यादेश पारित भएपछि ओली समूहका नेताहरु प्रतिरक्षा गर्दै आएका छन्। भर्खरै जारी भएको अध्यादेश नेकपा वा अन्य कुनै पार्टी लक्षित नभएको भन्दै ओली समूहले बचाउ गरिरहेका छन्।

‘मन्त्रिपरिषदबाट निर्णय भई राष्ट्रपतिबाट पारित भएको अध्यादेश कुनै दल विशेषलाई लक्षित होइन। आफ्नै दल नेकपालाई झन् हुने कुरै भएन,’ केन्द्रीय सदस्य कर्णबहादुर थापाले भने, ‘राजनीतिक दललाई कानुनी पाटोमा सहज बनाउने वा समय परिस्थिति अनुकल बनाउन मात्रै खोजिएको हो।’

अध्यादेश नेकपा लक्षित भन्नु प्रधानमन्त्रीलाई बदनाम बनाउने खोज्ने शक्तिको खेल मात्रै भएको थापाले बताए।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १३:२२
  • #प्रचण्ड
  • #नेकपा
  • #दल_फुटाउने_अध्यादेश
  • #पूर्व_माओवादी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ विशेष महाधिवेशनसँग जोडिएको विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा प्रदान गरेपछि उक्त विषय न्यायिक निरूपणको प्रक्रियामा रह... मंगलबार, भदौ ९, २०८३
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन उनले भदौ २५, २६ र २७ गते बैठक बोलाउन हिजो गुण्डुबाट फोनमा महासचिव पोखरेललाई निर्देशन दिएका हुन् । मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार बिहान बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन’ सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेसँगै बैठक... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
सेरिब्रल पाल्सी पीडित बालबालिकाको सहयोगार्थ नर्सिङ एसोसिएसन यूकेको च्यारिटी मंगलबार, भदौ ९, २०८३
१५औँ महाधिवेशन रोक्न देउवा पक्ष सर्वोच्चमा, भदौ ११ मा सुनुवाइ मंगलबार, भदौ ९, २०८३
भारतको सहयोगमा निर्मित श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन मंगलबार, भदौ ९, २०८३
रोहिङ्ग्या संकट झन् गहिरिँदै, गुटेरेसले मागे विश्व समुदायको तत्काल पहल मंगलबार, भदौ ९, २०८३
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्