• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक २१, २०८३ Sat, Nov 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसका ११ केन्द्रीय सदस्यको सरकारलाई चेतावनी : प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहनू

64x64
नेपाल लाइभ बुधबार, वैशाख १०, २०७७  ११:३५
1140x725

काठमाडौं– नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यले सरकारले कुत्सित मनशायले ल्याएको अध्यादेश फिर्ता नलिए त्यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहन सरकारलाई चेतावनी दिएका छन्।

बुधबार बिहान प्रकाशित विज्ञप्तिमा महासंकटको क्षणमा अध्यादेशहरू जारी गर्नुले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरनिहीत उद्देश्य, नियत र प्राथमिकता पुष्टि भएको उल्लेख गरिएको छ। कहालीलाग्दो परिस्थितिमा थप जिम्मेवारीबोध गरी एकताबद्ध भई महामारीसँग जुध्नुपर्ने बेला सरकारले अध्यादेश ल्याएकाे भन्दै उनीहरुले आपत्ति जनाएका छन्। संकटप्रति बेखबर जस्तो बनेर जारी गरेको अध्यादेशको कुनै कोणबाट पनि औचित्य पुष्टि हुन नसक्ने युवा नेताहरुले उल्लेख गरेका छन्।

‘संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो?’ सरकारलाई कांग्रेसका ११ नेताको प्रश्न छ। साथै राष्ट्रपतिले सरकारको कदमलाई हतार-हतारमा सहयोग गर्ने कार्यको पनि विज्ञप्तिमा विरोध गरिएको छ। राष्ट्रपति ज्यूको अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक साथै संशयपूर्ण रहेको उल्लेख छ।

हतारमा राष्ट्रपतिले अध्यादेश जारी गर्नुले राष्ट्रपतिले आफ्नो संस्थाको गरिमालाई घटाएको टिप्पणी उनीहरुकाे छ। यस्तै विज्ञप्तिमा राष्ट्रपति पार्टीको एक गुटको विशेष सहयोगी देखिएको आरोप लगाइएको छ।

विज्ञप्ति प्रकाशित गर्नेहरुमा नेताहरु चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन कुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र सरिता प्रसाइ छन्।

कांग्रेसका ११ केन्द्रीय सदस्यले जारी गरेको विज्ञप्ति पूर्णांशः 
प्रेस विज्ञप्ति
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिज्यूबाट वैशाख ८ गते जारी अध्यादेशहरूका सन्दर्भमा नेपाली कांग्रेसको पदाधिकारीहरूको वैठकलेआपत्ति प्रकट गर्दै यसको प्रतिवाद गर्न सवै राजनीतिक दल, संघसंस्था, नागरिक समाज, आम संचार माध्यम र समस्त नेपालीहरूमा अपील गरिसकेको छ। हामी सरकारको कृत्यको घोर भर्त्सना र खेद प्रकट गर्दै सरकारले चालेकोअसंवैधानिक कदमका विरुद्ध एकवद्ध हुन नेपाली कांग्रेस पार्टीले गरेको आव्ह्वानलाई पुनस् दोर्होयाउन चाहान्छौं।

साथै यस घडीमा पार्टीको भूमिकालाई अझै प्रभावकारी बनाई सरकारको यो रवैयाका विरुद्धकोप्रतिरोध आन्दोलनलाईसशक्त र परिणाममुखी वनाउनपार्टीभित्र वृहत छलफल आवश्यक भएकोले अबिलम्ब नेपाली कांग्रेस केन्द्रीयकार्य समितिको वैठक बोलाउन हामी सभापतिज्यू समक्ष जोडदार माग गर्दछौं। लकडाउनको समयमै प्रविधिको प्रयोग गरी वैठक वस्न सम्भव छ।

महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्नुले प्रधानमन्त्रीको अन्तरनिहित उद्देश्य, नियत र प्राथमिकता के रहेछ भन्ने पुष्टी गरेको छ। जनता महामारीको त्रास र लकडाउनले सिर्जना गरेको कष्टकर दैनिकीबाट आक्रान्त छन्, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरू आफ्नो जीवनलाई हत्केलामा राखेर महामारी नियन्त्रणको प्रयासमा खटिरहेका छन्, नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरू, सञ्चार जगत,नागरिक समाज एकतावद्ध भएर महासंकटबाट मुक्तिका लागि सहकार्य गरिरहेकाछन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस कहालीलाग्दो परिस्थितिमा थप जिम्मेवारीबोध सहित सवैलाई एकतावद्ध गरी महामारीसंग जुध्नुपर्ने सरकार स्वयं यसप्रति बेखबर जस्तो बनेर जारी गरेको अध्यादेशको कुनै कोणबाट पनि औचित्य पुष्टि हुन सक्दैन। बरु यसबाट सरकार सत्ता राजनीतिको छुद्र खेलमा कतिसम्म लिप्त रहेछ भन्ने स्पष्ट भएको छ। यो समयमा सरकारको यो भन्दा ठुलो गैरजिम्मेवारीपन अरु हुन सक्दैन।यो वदनियतपूर्ण निर्णयसंगै सरकार चलाउनका लागि वैधानिक हैसियत रहेपनि शासन संचालनको वैधता भने अब सरकारले गुमाइसकेको छ।

यी अध्यादेशहरू समयको संवेदनशिलता रपरिस्थितिको गाम्भिर्यता अनुरुप नभएर मात्र आपत्तिजनक भएका होइनन्। अध्यादेशले संविधानको आधारभूत स्तम्भलाई भत्काएको छ। नेपाली जनताकोलामो संघर्षवाट जारी भएको संविधान, संविधानले स्थापित गरेको व्यवस्था र हामीले अबलम्बन गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई मास्ने षडयन्त्रको रुपमा यी अध्यादेश आएको छ।त्यसैले यो आपत्तिजनक छ, अस्वीकार्य छ। 

संविधान वनाउँदै गर्दा लामो राजनीतिक अस्थिरताबाट गुज्रेको हाम्रो अनुभवबाट सिक्दै हाम्रो आवश्यकता र जनआकाक्षाको संवोधन गर्न,आवधिक निर्वाचनवाट आउने संसदमा राजनीतिक स्थिरताको खोजी गर्न, यसभित्रै शक्ति सन्तुलन र नियन्त्रण गर्न संविधानमा केहीविशेष प्रावधान सहितको राजनीतिक प्रणालीको व्यवस्था गरेको हो।त्यसमध्ये एउटा महत्वपूर्ण व्यवस्था दलसम्बन्धि व्यवस्था हो। अध्यादेशमार्फत गरेको परिवर्तनले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको ति प्रावधानहरूलाई भत्काएको छ।

यो कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सिमित छैन। यसले संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथी प्रहार हो।त्यसमाथी संसदीय व्यवस्थाभित्र स्थीर सरकारको नारा दिएर सत्तारोहण गरेका वर्तमान प्रधानमन्त्रीसंग यो कदम पछि सरकारमा वसिरहनेकुनै नैतिक आधार वांकी होला र?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो? त्यसका विवध पक्षको खुलासा त विस्तारै होला नै। तर संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरूजसरी अध्यादेशमार्फत आएको छ यो संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार त हो नै संविधानको व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा छ। यो संविधानको विरुद्धमा छ।

संविधानलाई कुल्चेर गरिएको यो जालझेल र षडयन्त्रपुर्ण हर्कत प्रधानमन्त्रीको आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो महत्वकांक्षा पुरा गर्नको लागि हो भन्ने प्रष्ट भइसकेको छ।याद रहोस, हामी कदापी त्यस्तो हुन दिने छैनौं। लोकतान्त्रिक व्यवस्थाको निम्ति नेपाली जनताले गरेको वलिदानवाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो नत यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो। हामी चेतावनी दिन चाहन्छौं, लोकतान्त्र र संविधानमाथी नै प्रहार गर्ने कुत्सित मनसायबाट उत्प्रेरित यी अध्यादेश सरकारले अबिलम्ब फिर्ता लियोस् अन्यथा यस विरुद्धको प्रतिरोध आन्दोलनको परिणाम भोग्न तयार रहोस्। 

सरकारको यो कदममा सम्माननीय राष्ट्रपतिज्यूको अस्वभाविक हतारो र संलग्नता आश्चर्यजनक मात्रै होइन संशयपूर्ण पनि छ।यस घटनाले राष्ट्रपति जस्तो गरिमामय संस्थालाई पुनः एकपटक कुनै दल भित्रको गुट विशेषको सहयोगी जस्तो बनाएको छ।जुन विडम्बनाको विषय हो। राष्ट्रपति व्यक्ति होइन संस्था हो, यस गौरवपूर्ण संस्थाको गरीमा राख्नको लागि हामी पुनस् सचेत गराउन चाहन्छौं।

अन्त्यमा,
यतिवेला हामी दुइवटा मोर्चाको लडाईमा छौं(कोरोना विरूद्धको लडाई र सरकारको असंवैधानिक कदम विरुद्धको लडाई।कोरोना महासंकटको यो क्षणमा सरकार स्वयंले विषयान्तर गर्न खोजे तापनि हामीलाई त्यो छुट छैन लागिरहेका छौं,लागिरहने छौं। जो जहाँ छौं आफू सुरक्षित रहेर कोरोना विरुद्धको यो लडाईमा निरन्तर लाग्न, साथ सहयोग गर्न सवैमा हामी हार्दिक अपील गर्दछौं। 

साथै यो संविधानलाई जोगाउन पनि संगसंगै लड्नुपर्नेछ।त्यसैलेसरकारको असंवैधानिक कदमका विरुद्ध प्रतिरोधका लागि ठोस निर्णय लिन तथा राजनीतिक दल र समस्त लोकतन्त्रवादीहरूलाई एकवद्ध गर्दै लोकतन्त्रको रक्षार्थ इतिहासले सुम्पेको अर्को एक दायित्व निर्वाह गर्न पार्टी्भित्र वृहत छलफलको लागि अविलम्ब नेपाली कांग्रेसकेन्द्रीय कार्य समितिको वैठक बोलाउननेपाली कांग्रेसकासभापति समक्ष पुनस् आग्रह गर्दछौं। 
जय नेपाल!

१. चन्द्र भण्डारी,,केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. कमला पन्त, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. धनराज गुरुङ्ग,  केन्द्रीय सदस्य, नेपाली कांग्रेस
४. रत्ना शेरचन, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
५. गगन कुमार थापा, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
६. बद्री पाण्डे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
७. जीवन परियार, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
८. गुरुराज घिमिरे, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
९. प्रदिप पौडेल, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
१०. रामकृष्ण यादव, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
११. सरिता प्रसाइ, केन्द्रीय सदस्य, नेपाली कांग्रेस
मिति २०७७ वैशाख १० गते।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ११:३५
  • #कांग्रेस-अध्यादेश-विराेध

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना
सम्बन्धित सामग्री
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना यमपञ्चकको पहिलो दिन तथा काग तिहारका अवसरमा शनिबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नेपाली संस्कृति, परम्परा र पशुपन्छ... शनिबार, कात्तिक २१, २०८३
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको... शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले जारी गरेको विज्ञप्तिमा डा. केसीको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएको... शुक्रबार, कात्तिक २०, २०८३
ताजा समाचारसबै
ढाकाटोपी लगाएर नेपाल फेस्टिभल पुगे अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज शनिबार, कात्तिक २१, २०८३
धनवन्तरी जयन्ती आज मनाइँदै, आयुर्वेदको महत्त्वबारे चर्चा शनिबार, कात्तिक २१, २०८३
काग तिहार र धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री शाहको शुभकामना शनिबार, कात्तिक २१, २०८३
पाथीभराबाट देखियो मकालु हिमालको चुचुरो (तस्बिरसहित) शनिबार, कात्तिक २१, २०८३
कर्णालीमा ३ हजार १८८ हेक्टर वन क्षेत्र अतिक्रमण शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
घट्यो सुनचाँदीको मूल्य शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने शुक्रबार, कात्तिक २०, २०८३
उम्मेदवार छनोटमा रास्वपाले जारी गर्‍यो कडा निर्देशन , मनोमानी र समानान्तर गतिविधि गर्न नपाइने शुक्रबार, कात्तिक २०, २०८३
हटाइएका आइजीपीको सरकार विरुद्धको रिट सर्वोच्चमा दर्ता शुक्रबार, कात्तिक २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
सातै प्रदेशमा वर्षा र हिमपातको सम्भावना, कोशी–मधेश–बागमतीमा भारी वर्षा हुन सक्ने शनिबार, कात्तिक १४, २०८३
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
पत्रकार पक्राउको भित्री कथाः प्रहरीको चेन अफ कमान्डमै खेलवाड ! आइतबार, कात्तिक १५, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
साढे ७३ करोड बिगो माग गर्दै पूर्वप्रधानमन्त्री र मन्त्रीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सार्वजनिक जग्गा छुटमा भ्रष्टाचार गरेको आरोप मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्