एजेन्सी- थाइल्यान्डले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै तीन महिनाका लागि आफ्ना देशमा रहेका विदेशीको भिसा अवधि बढाएको छ। मंगलबार बसेको क्याबिनेटको बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि उक्त निर्णय गरेको हो।
'मार्च २६ देखियता भिसाको म्याद नाघेका विदेशीका लागि जुलाई ३१ सम्मको भिसाको अवधि बढाइएको हो', थाइ सरकारकी प्रवक्ता नरूमोन पिनोसिन्वाटले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।