एजेन्सी- चिनियाँ व्यापारी ज्याक माले कोरोना संकटबाट बँच्न विश्व स्वास्थ्य संगठनलाई दश करोड मास्क‚ एक लाख एन-९५ मास्क र १० लाख टेस्टिङ किट प्रदान गर्ने घोषणा गरेका छन्।
ज्याक माले ट्वीटरमा ‘वन वर्ल्ड वन फाइट’ ह्यासट्यागका साथ एक ट्वीट गर्दै‚ भनेका छन्- ‘जसलाई यसको बढी आवश्यकता छ‚ उनीहरूलाई नै यी सामग्री दिइनेछ। हामी सबै एकजुट भएर आत्मविश्वासका साथ यो वैश्विक चुनौतीलाई छिट्टै नै रोक्नु आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।