एजेन्सी- जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २४ लाखभन्दा बढी पुगिसकेको छ भने १ लाख ६६हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।
कोरोनाको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ‚ जहाँ ७ लाख ६० हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।
यूरोपका केही देशहरूमा लकडाउनलाई केही खुकुलो बनाइएको छ। डेनमार्क‚ जर्मनी‚ र चेक रिपब्लिकमा केही पसलहरू खोल्नका लागि अनुमति दिइएको छ। नर्वेमा बच्चाहरू किन्डर गार्टेनमा फर्कन थालिसकेका छन्।
भारतमा हटस्पट क्षेत्रमा लकडाउनलाई केही खुकुलो बनाई व्यापारिक गतिविधी गर्नका लागि अनुमति दिइएको छ। यसअन्तर्गत कृषि कार्य‚ सरकारी काम‚ बैंक र कार्गो ट्रान्सपोर्टको काम हुने बताइएको छ।
फ्रान्स र स्पेनले केही राहत नदिने घोषणा गरेका छन्।
बेलायत सरकारको आपतकालीन आर्थिक सेवाको सुरूवात हुने भएको छ‚ जसको लक्ष्य कोभिड-१९ का कारण जागिर गुमेकाहरूलाई सहायता दिनु हो।
चीनले चीनको ग्रेटवालसँग जोडिएका क्षेत्रबाहेक सबै पर्यटकीय क्षेत्र खुल्ला गरेको छ।
अमेरिकी तेलको मूल्य २१ वर्षयता सबैभन्दा तल झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।