काठमाडौै- लकडाउनमा घरमै रहेका अभिनेता नाजिर हुसेनले लकडाउनको अवधीमा आम नागरिकमाथि राज्यले गरेको व्यवहार र कोरोना भाइरस संक्रमण नियन्त्रणमा भइरहेको हेलचेक्र्याईंलाई लक्षित गर्दै फेसबुक अभियान सुरु गरेका छन्। उनले फेसबुकमा सरकारी गतिविधीप्रति असन्तुष्टि जनाउँदै विभिन्न सन्देश लेखेको पोस्टर बोकेर तस्बिर राख्दै आएका छन्।

तीन दिनअघि उनले पहिलो सन्देश राखे 'कि खान देउ कि जान देउ' सन्देश सरकारले एक महिनादेखि निरन्तर लगाइरहेको लकडाउनमा अलपत्र परेर घर फर्कन चाहनेहरु अलपत्र परेको विषयमा थियो। अहिले पनि हजारौं नागरिक सहरी क्षेत्रमा अलपत्र परेर आ-आफ्नो घर फर्कन पैदल हिँडिरहेका छन्। दस दिनसम्म हिँडेर भए पनि घर पुग्न चाहनेहरुलाई राज्यले न रोक्न सकेको छ न सहज रुपमा घर फर्कने वातावरण बनाउन सकेको छ।

उनले दोस्रो दिन ‘सत्ता तपाईंसँगै छ, शक्ति तपाईंसँगै छ अनि लौरो पनि तपाईंसँगै छ!’ भन्ने सन्देश पोस्ट गरे।
तेस्रो दिन अर्को सन्देश पोस्ट गरे' हामी देख्दैछौं तपाईंले गरेको, हामी सुन्दैछौं तपाईंले बोलेको।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।