एजेन्सी- कोरोना भाइरसको संक्रमण उच्च भएपछि अमेरिकाले परीक्षणको गति बढाएको छ। मुलुकभर ७ लाख ५९ हजार कोरोना संक्रमित पुष्टि भइसकेको छ। कोरोना संक्रमितको गति जुन रुपमा बढिरहेको छ परीक्षण पनि उही गतिमा बढाउँदै अमेरिकाले ३८ लाख ८२ हजारको परीक्षण गरिसकेको छ।
अमेरिकामा सबैभन्दा धेरै न्युयोर्कमा कोरोना संक्रमित फेला परेका छन्। अधिकांश परीक्षण पनि न्युयोर्कमै गरिएको छ। न्युयोर्कमा कोरोना संक्रमणबाट १४ हजारको ज्यान गइसकेको छ। न्युयोर्कमा अमेरिकाले ६ लाख १७ हजारको कोरोना संक्रमण परीक्षण भइसकेको जनाएको छ।
क्यालिफोर्नियामा २ लाख ८० हजार, फ्लोरिडामा २ लाख ६० हजार, टेक्ससमा १ लाख ८२ हजार, न्युजर्सीमा एक लाख ७० हजारमा कोरोना संक्रमण परीक्षण भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।
मासाचुसेटमा एक लाख ६२ हजार, पेन्सिलभेनियामा एक लाख ५८ हजार, इलनोइमा एक लाख ४३ हजार, लुयिजियानामा एक लाख ४१ हजार, वासिङ्टनमा एक लाख ३५ हजार जनाको कोरोना संक्रमणको परीक्षण भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।