एजेन्सी- बेलायतमा कोरोना भाइरसको संक्रमणबाट निको भएकाहरूको रगतले संक्रमितको उपचार गर्ने तयारी चलिरहेको छ।
एनएचएसको ब्लड एन्ड ट्रान्सप्लान्ट विभागले कोभिड-१९ बाट ठिक भएका बिरामीलाई रक्तदान गर्नि अपिल गरेको छ। निको भएका मानिसहरूको रगतबाट कोरोना भाइरससँग लड्न सक्ने एन्टिबडीको विकास हुने विश्वास गरिएको छ।
अमेरिकामा १५०० अस्पतालको साझेदारीमा यसैसँग सम्बन्धित ठूलो प्रोजेक्टको काम यसअघि नै सुरू भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।