काठमाडौं– एनआइसी एसिया बैंकले नवलपुरको गैंडाकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकको उक्त शाखाको गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
बैंकले हाल १ सय ९२ शाखा कार्यालय, १ सय ९५ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर र ४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
बैंकले १ सय ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी कर्जामा १ सय ७ अर्ब लगानी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।