काठमाडौं-गायिका आस्था राउतको ट्रोल बनाउने एक युवकलाई प्रहरीले उक्त ट्रोल डिलिट गर्न लगाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ट्रोल बनाउने युवकको पहिचान गरेर ट्रोल हटाउन लगाएको र सम्झाईबुझाई गरेको डिएसपी होबिन्द्र बोेगटीले जानकारी दिए।
केही समयअघि त्रिभुवन विमानस्थलको डोमेस्टिक टर्मिनलमा प्रहरीसँग भएको विवादपछि फेसबुक लाइभमार्फत् गालीगलौजमा उत्रिएकी आस्थालाई सोही विषयमा ट्रोल बनाएर सामाजिक सञ्जालमा उडाइएको थियो।
ट्रोलले हैरान भएपछि उनले प्रहरीलाई फोनमार्फत् खबर गरेकी थिइन्। त्यसपछि प्रहरीले ट्रोल बनाउने युवकलाई ट्रोल हटाउन लगाएर अबदेखि यस्ता ट्रोल नबनाउन भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।