एजेन्सी- इरानले सोमबारबाट लकडाउनलाई केही खुकुलो बनाई बजार तथा मलहरू खोल्ने फैसला गरेको छ। केही पसल भने शनिबार पनि खोलिएको थियो। तर सोमबारबाट पसलहरू खुल्न सुरू गर्ने त्यहाँको प्रशासनले जनाएको छ।
इरानमा सरकारी आँकडाका अनुसार कोरोनाका कारण ५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
आउँदा दिनहरूमा अरू देशले पनि लकडाउन खुकुलो बनाउने निर्णय गर्ने कोशिस गरिरहेका छन्। इजरायले पनि केही दिनअघि नै पसलहरू खोल्ने अनुमति दिइसकेको छ‚ तर मलहरू भने बन्द नै छन्।
पोल्यान्डले आइतबारबाट बिस्तारै पसलहरू खोल्न सुरू गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।