काठमाडौं- भारतको केन्द्रीय गृह मन्त्रालयले देशको भिन्न भिन्न भागमा लकडाउनका कारण अलपत्र परेका मजदुरहरुलाई केही शर्तसहति राज्यभित्र उनीहरुको काम गर्ने स्थानमा जान दिने भएको छ।
२० अप्रिलदेखि यस्तो सुविधा दिइने गृह सचिव अजय भल्लाले बताए। ३ मईसम्म लकडाउन भएकाले एक राज्यबाट अर्को राज्यमा जान भने नपाइने उनले बताएका छन्। गृहसचिवको आदेशमा कोरोना भाइरस फैलेका कारण उद्योग, कृषि ,भवन निर्माण र अन्य क्षेत्रमा रहेका मजदुरहरु उनीहरुको काम क्षेत्रबाट बाहिर रहेका थिए।
केही यस्ता मजदुरहरु सरकारको राहत शिविरमा समेत रहेकाले उनीहरुलाई फर्काउन यस्तो निर्णय गरिएको हो। सरकारी राहत शिविरमा रहेका मजदुरहरुले स्थानीय कार्यालयमा रजिष्ट्रर गराउनु पर्नेछ। उनीहरुको सिपका आधारमा काम गर्न सक्ने वा नसक्नेबारे निर्णय गरिने गृहको निर्देशनमा उल्लेख छ।
यदि मजदुरहरु आफ्नो कार्यस्थलमा फर्कन चाहन्छन् भने उनीहरुको स्क्रिनिङ गरेर पठाइनेछ। यसर जाने मजदुरहरुलाई यातायातको सुरक्षित व्यवस्था र अन्य मापदण्ड पालना गर्न लगाउने उल्लेख छ। यस अवधीमा मजदुरको खाने पिउने व्यवस्था सरकारीका तर्फबाट गरिने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।