एजेन्सी- कोरोना भाइरसले धेरै प्रभावित भएको युरोपको देशमध्येको स्पेनमा प्रत्येक दिन हुने मृत्युमा कमी आएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार ४ सय १० जनाले मात्र कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्।
शनिबार कोरोना भाइरसका कारण ५ सय ६५ जनाको मृत्यु भएको थियो। स्पेनमा कोरोना भाइरसका संक्रमित १ लाख ९५ हजार ९ सय ४४ जना रहेका छन् भने २० हजार ४ सय ५३ जनाले ज्यान गुमाएका छन्।
इटालीपछि सबैभन्दा धेरै संक्रमित भएको युरोपेली देश स्पेन हो। युरोपका अन्य देशहरु जर्मनी, फ्रान्स, नेदरल्याण्डलगायत देशमा यी दुई देशभन्दा कम संक्रमित र ज्यान गुमाउने दर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।