काठमाडौं- दक्षिण कोरियामा आइतबार नयाँ कोरोना संक्रमित ८ जनामात्रै पाइएको छ।
त्यहाँ कोरोनाको संक्रमण फैलिएदेखिकै नयाँ संक्रमितको संख्या पहिलो पटक एकल अंक(सिंगल डिजिट)मा झरेको अलजजिराले जनाएको छ।
राष्ट्रपति मुन जे इनले कोरियाको प्रगतिले कोरोना भाइरस प्रकोप बाँकी विश्वमा पनि जित्न सकिने आशा दिएको बताएका छन्। यो वर्षको सुरुवाततिर दक्षिण कोरिया चीन बाहिर धेरै संक्रमित भएको एसियाली देश बनेको थियो तर पछि अन्य देशले उछिनेका थिए।
कोरियाको रोग रोकथाम तथा नियन्त्रण केन्द्रले नयाँ ८ संक्रमितमध्येमा ५ विदेशबाट आएकामा देखिएको बताएको छ।
गत फेब्रुरवरी १८ यता दैनिक संक्रमतिको संख्या एकल अंकमा रहेको यो पहिलोपटक हो। योसँगै कोरियामा जम्मा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ६१ पुगेको छ भने २ सय ३४ जनाको मृत्यु भएको छ।
दक्षिण कोरियामा फ्रेब्रुवरी २९ मा सबैभन्दा धेरै ९ सय ९ संक्रमित देखिएका थिए। कोरियामा पहिलो पटक जवनरी २० मा पहिलो संक्रमित भेटिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।