काठमाडौं- कोरोना भाइरसविरुद्ध लड्न चालिएका कडा कदमका कारण मार्च १४ देखि स्पेनका बालबालिका घरमै छन्।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बालबालिकाले ताजा हावा पाउन भन्नका लागि अप्रिल २७ देखि नियम केही खुकुलो बनाउने बताएका छन्।
आफैं युवा रहेकी बार्सिलोनाकी मेयर अदा कोलाउले यसै हप्ता बालबालिकालाई बाहिर निस्कन दिन सरकारलाई आग्रह गरेकी थिइन्। स्पेनमा वयस्कहरुलाई किनमेलका लागि पसल र औषधालयमात्रै जान दिइएको भए पनि बच्चाहरुलाई घरबाट निस्कन पूर्णरुपमा बन्देज लगाएइको छ।
स्पेनमा कोरोनाबाट २० हजारभन्दा धेरैको मृत्यु भएको छ भने झण्डै २ लाख संक्रमित भएका छन्। शनिबार साँझ एक टेलिभिजन ब्रिफिङ दिँदै प्रधामन्त्री सान्चेजले महामारीको डरलाग्दो अवस्थालाई पछाडि छाडेर स्पेन अघि बढेको बताएका थिए।
तर, उनले स्पेनको राज्य सावधानी (लकडाउन)को अवस्थालाई मे ९सम्म लम्ब्याउन संसदमा आग्रह गर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।