एजेन्सी-सटडाउन अन्त्य हुनुपर्ने माग राख्दै अमेरिकाका विभिन्न सहरहरूमा प्रदर्शन भएको छ। सरकारले जारी गरको ‘स्टे एट् होम’ अर्थात् घरमै बस्नुपर्ने निर्देशनलाई अवज्ञा गरी उक्त प्रदर्शन गरिएको जनाइएको छ।
विभिन्न फेसबुक पेजहरूमा मेरिल्यान्ड‚ विसकोन्सिन‚ भर्जिनिया र पेनसिल्भेनियालगायतका ठाउँमा जम्मा हुने भनी उल्लेख गरिएको थियो। अहिलेसम्म जम्मा कति प्रदर्शनकारीहरू थिए भन्ने यकीन हुन नसके पनि यी चार स्थानमा १ लाखभन्दा बढी प्रदर्शनकारी भेला भएको बिबिसीले जनाएको छ।
यही हप्ताको सुरुवातमा मिसिगनमा भएको एक प्रदर्शनमा हजारौं मानिसहरू भेला भएका थिए‚ त्यसपछि प्रदर्शनका लागि मानिसहरू सडकमा निस्कने क्रम बढिरहेको छ।
अहिलेसम्म सटडाउनको विरोधमा ओहायो‚ नर्थ क्यालिफोर्निया‚ मिनेसोटा, उटह, भर्जिनिया र केन्टुकीमा पनि प्रदर्शनहरू गरिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रदर्शनको पक्षमा रहेको भनी धेरैले यसको विरोध पनि गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।