एजेन्सी- नाइजेरियाका राष्ट्रपतिका चिफ अफ स्टाफ अब्बा क्यारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
राष्ट्रपति मुहम्मदु बुहारीको कार्यालयद्वारा जारी एक सूचनामा‚ ‘उनमा कोरोना भाइरसको संक्रमण पाइएको थियो। उनलाई उपचार गरिँदै थियो। यसैक्रममा शुक्रबार उनको मृत्यु भएको छ।’ उल्लेख गरिएको छ।
नाइजेरियामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४ सय ९३ पुगेको छ भने १७ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।