एजेन्सी- कोरोना भाइरसको संक्रमणबाट धेरै प्रभावित हुने देशमध्ये एक स्पेन पनि पर्छ। नागरिकको सुरक्षाका लागि स्पेनको विशेष दलकी यी सदस्य बस स्टपमा बसेर मास्क बाँडिरहेकी छन्।
भारतको पंजाव राज्यमा लकडाउनको समयमा पनि प्रहरी भोलेन्टियरसँग मिलेर घरमा लकडाउनको पालना गरेर बस्ने महिलाका लागि सेनिटरी न्यापकिन्स बाँढिरहेका छन्। भारतमा पहिले १४ अप्रिलसम्म लकडाउनको घोषणा गरेपनि अहिले त्यो अवधीलाई बढाएर ३ मेसम्म पुर्याइएको छ।
इटालीमा मानिसहरू कोरोना भाइरसको संक्रमणका कारण धेरै नै कष्टकर जीवन बिताइरहेका छन्। अहिलेसम्म यहाँ २२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। विश्व यस्तो अवस्थामा रहेको बेलामा इस्टरको अवसरमा पनि यी महिलाले आफ्ना छिमेकीलाई खुसीको समाचार दिनका लागि मानिनन्। किनकी यहाँका प्रायः मानिसहरू बरन्डामा बसेर छिमेकीसँग कुराकानी गर्छन्। त्यसैले पनि उनीहरूले मास्कको प्रयोग गरेको देखिँदैन।
पाकिस्तानको इस्लामावादमा इसाई धर्मावलम्बीहरूले लकडाउनले गर्दा आफ्नो घरको छतमा मैनबत्ती जलाएर इस्टर मनाएका छन्।
स्पेनमा अहिले लकडाउनको अवस्था छ तर केही कम्पनीहरूले दुई सातापछि आंशिक रुपमा सुचारू गर्ने अनुमति पाएका छन्। स्पेनमा बिस्तारै अवस्था सुधारोन्मुख दिशातर्फ अघि बढिरहेको छ।
मस्कोमा मास्क लगाएकै अवस्थामा पनि मानिसहरू आफ्नो तस्वीर खिचेर मजा लिइरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।