रोल्पा- लकडाउनका कारण जिल्ला बाहिरका विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकको रुन्टीगढी गाउँपालिकाले उद्धार गर्ने भएको छ। गाउँपालिका अन्तर्गत स्थायी ठेगाना भई देशका विभिन्न जिल्लामा श्रम गर्ने श्रमिकहरुलाई उद्धार गर्ने निर्णय गरिएको शुक्रबार जानकारी दिएको छ।
गाँउपालिका अध्यक्ष बालाराम बुढाले उद्धार कार्यमा सहयोग गर्न सबै पक्षसँग सहयोगको सार्वजनिक अपिल पनि गरेका छन्। रोल्पाबाट विभिन्न जिल्लामा श्रमिकहरु मजदुरी गर्ने जाने गरेका छन्। उनीहरु लकडाउनपछि अलपत्र परेको बताइएको छ।
अलपत्र परेका श्रमिकले आफ्नो वडा अध्यक्षलाइ सम्पर्क गरी आफ्नोबारे विस्तृत जानकारी गराउन गाउँपालिकाले अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।