एजेन्सी–कोरोना भाइरस संक्रमण तीव्र भएको अमेरिकामा एकै दिन २४९४ जनाको मृत्यु भएको छ। बुधबार २८ हजार ६ सय ८० नयाँ संक्रमित फेला परेका छन् भने अमेरिकाभर मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ।
अमेरिकाको सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा मात्रै १४,०६४ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ६ सय ९८ जना संक्रमित भएका छन्। यस्तै अन्य राज्यहरु न्युजर्सीमा ३१५६, म्यासाचुसेट्समा ११०८, मिसिगनमा १९२१, क्यालिफोर्नियामा ८७२, इलिनोइसमा ९४९, लुजियानामा ११०३, फ्लोरिडामा ५९६ जनाको मृत्यु भएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमणले उचाइ पार गरेको भन्दै केही राज्य खुला गर्न सकिने जनाएका छन्। त्यसका लागि नयाँ गाइडलाइन्स चाँडै ल्याइने पनि उनले जनाए।
ह्वाइटहाउसमा आयोजित नियमित प्रेस ब्रिफिङमा ट्रम्पले उनले यसबारे गभर्नरहरुसँग कुरा गर्ने जनाए।
उनले हालसम्म ३३ लाख मानिसमा कोरोना परीक्षण भएको जनाउँदै एन्टीबडी परीक्षण पनि चाडै गरिने जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।