• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

राष्ट्रिय संकटमा नागरिक दायित्व

64x64
रमेश ज्ञवाली बुधबार, वैशाख ३, २०७७  १२:११
1140x725

हामी आफ्नो बाहेक अरुको काम, कर्तव्य र अधिकारका बारेमा निकै चनाखो हुन्छौं। कुन बेला कसले के गर्नुपर्छ भन्ने लम्बेतान भाषण पनि दिन सक्छौं। अरु त के अब हामी नेपाली यही कोभिड-१९ को विषयमा चौबाटोमा उभिएरै केहीबेर भाषण गर्न सक्ने भइसक्यौं। कुनै गम्भीर अध्ययन र तथ्यांकको आधारमा होइन कि सामाजिक सञ्जालमा भेटिएका सामग्रीलाई पत्याएर र त्यसमा २/४ ओटा आफ्नै मौलिक हावादारी गफ मिसाएर।

सरकारले, मिडियाले वा अरु क-कसले के गरेन र गर्नुपर्थ्यो भन्ने विषयमा त हामीले लामै सूची त दिन सक्छौं। तर, एक जिम्मेवार नागरिकको हैसियतमा यो लडाइँमा आफ्नो योगदान के रह्यो त? आफैंलाई सोध्नुपर्ने भएको छ।

राज्यको नागरिकको हैसियतमा पहिलो कर्तव्य भनेको राज्यले संकटको बेला लागू गरेका नीति नियमको पालना गर्नु हो। अहिले सरकारले आम मानिसलाई घरमै बस्न भनेको छ। सरकारी तथा गैरसरकारी कार्यालय र यातायात ठप्प नै छ। सरकारले अत्यावश्यक सेवामा समस्या नहोस् भनेर कतिपय निकायमा काम गर्नेहरुलाई पासको व्यवस्था गरी आवतजावतको बन्दोबस्त गरेको छ।  तर कतिपयले भने रमिता हेर्नका लागि सो सुविधाको दुरुपयोग गरेको पाइन्छ। खाद्यान्न वा औषधि ढुवानी गर्नेहरुले ती सामग्रीका अतिरिक्त मानिसहरुसँग चर्को मूल्य लिएर यात्रा गराएको पाइन्छ।

यसबाट दुवै पक्षलाई क्षणिक लाभ भए पनि संक्रमणको जोखिम रहन्छ। ती व्यक्ति स्वयं र समाजलाई पनि नोक्सान भइरहेको र हुनसक्ने देखिन्छ। यतातर्फ उनीहरुले ध्यान दिएको पाइँदैन।

सरकारले विदेशबाट आउनेहरुलाई स्वास्थ्य जाँच गर्न र एकान्तबासमा बस्न भने पनि कतिपयले अटेर गरेर स्वास्थ्य जाँच नगरेको, निष्फिक्री हिँडेको र कतिपय त क्वारेन्टाइनबाट भागेको समेत सुनिन्छ। जसले गर्दा सिंगो समुदायमा संक्रमणको जोखिम बढेको छ।

धेरैले लकडाउनलाई कहिलेकाहिँ हुने राजनीतिक बन्द जस्तै बुझेर बेलुकापख हुल बाँधेर चोकमा निस्कने गरेको देखिन्छ। दिउँसो सुनसान भएको बेला अत्यावश्यक सामग्री किनमेल गर्दा सुरक्षित भइने कुरा किन हामीले हेक्का राख्न सकेको छैनौं? त्यसैगरी सुरक्षामा खटेका प्रहरीको आँखा छलेर लखरलखर डुल्नुलाई उपलब्धि ठानेको जस्तो पनि देखिन्छ।

संकटको यो घडीमा भएका सीमित स्रोत साधनबाट काम चलाउनुपर्नेमा फजुल खर्च गरेर हामीमध्ये कैयौंले व्यापारीहरुलाई कालो बजारीका लागि प्रोत्साहन गरिरहेका छौं। कालोबजारी भएको छ कि भनेर चनाखो हुनुपर्ने बेलामा हामी उल्टो काममा लागिरहेका छौं।

सरकारी निकायलाई व्यवहारिक सुझाब दिन र सहयोग गर्न छाडेर एकोहोरो आलोचना गर्न त जसले पनि सक्छ। त्यसको साटो, आफ्नो शिक्षा, अनुभव र सीप भएको क्षेत्रमा योगदान गर्न सकिन्छ।  जस्तै त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विभिन्न विभागले अनलाइन कक्षा सञ्चालन गरेका छन्। त्यसैगरी, अन्य शैक्षिक संस्थाहरुले एसइई र प्लस टु का विद्यार्थीलाई केन्द्रित गरेर विभिन्न कार्यक्रमहरु सुरु गरेका छन्। यसको सिको अन्य क्षेत्रले पनि गर्नु जरुरी भइसकेको छ

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले कानमा तेल हालेर बसोस् तर तपाईं हामी अनेक थरी काम गरौं भन्न खोजेको होइन। सरकारले पनि आफूले सक्दो गर्दै छ, जसमा हाम्रो सक्रिय सहयोग र साथ आवश्यक छ।

तपाईं चिकित्सक हो भने आफ्नो क्षेत्रको बारेमा लेख लेखेर अहिले समस्या भएकालाई सहयोग गर्न सक्नुहुन्छ। धेरै जना डाक्टरले आफ्नो नम्बर दिएर निशुल्क परामर्श दिइरहनुभएको छ। त्यसरी दिइएको नम्बरमा मैले केही दिन पहिले सम्पर्क गरेर घुंडा दुखेको समस्याबाट राहत पाएँ। जनस्वास्थ्य विशेषज्ञ डाक्टर रवीन्द्र समीर र अर्का वैज्ञानिक डाक्टर समीरमणि दीक्षितले प्रमाणित र भरपर्दा सूचना र जानकारीहरु सामाजिक सन्जालमा प्रवाह गरिरहनुभएको छ।

निजी क्षेत्र त यस्तो अवस्थामा राज्यका दाहिने हात भएर अघि बढ्नुपर्ने हो। कारण, देशको धेरै सार्वजनिक क्षेत्र र पुँजी उनीहरुकै कब्जामा छ। दुःखको कुरा, राज्यलाई सहयोग गर्नुपर्ने र सक्ने मध्येका एक जना व्यापारी केही दिनअघि कालोबजारी गर्दै रहेको अवस्थामा रंगेहात पक्राउ परे। नर्भिक अस्पतालका बसन्त चौधरीले केही मात्रामा भए पनि स्वास्थ्य सामग्री सरकारलाई सहयोग गर्नुभएको छ। त्यसैगरी धनाढ्य विनोद चौधरी मार्फत पीपीई देशका विभिन्न भागमा पुगेका छन्।

तपाईं घरधनी हो भने आफ्नोमा बस्नेलाई उनीहरुको अवस्था हेरेर सहयोगको हात फैलाउन सक्नुहुन्छ। तपाईंलाई थाहा छ, सहयोग त पालाको पैंचो हो, कतिबेला उनीहरुको सहयोग तपाईंलाई चाहिन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तपाईं अहिले सहरबाट आफ्नो क्षेत्रमा पुग्नु भएको छ भने आफूले जानेको कुरा त्यहाँ अरुलाई सामाजिक दुरी कायम गरेरै बाँड्न सक्नुहुन्छ। मानौं तपाईं विज्ञान विषयको शिक्षक हो र अहिले गाउँमा हुनुहुन्छ भने स्थानीय एफएमबाट बिहान बेलुका कक्षा सञ्चालन गर्न सक्नुहुन्छ।

तपाईं विदेश वा स्वदेश जहाँ रहे पनि अहिले आफ्नो ज्ञान र सीपलाई देश र जनताको लागि योगदान गर्ने ठूलो अवसर छ। जस्तै महावीर पुनले आविष्कार केन्द्रबाट स्वास्थ्य सम्बन्धी अनेक सामग्री बनाएर निशुल्क वितरण गरिरहनु भएको छ। तपाईं अर्थशास्त्रको विद्यार्थी हो भने लकडाउनपछि देशमा पर्न जाने ठूलो आर्थिक समस्याबाट पार लगाउन सरकारले के गर्न सक्ला भनेर केही सुझाब सहितको लेख लेखेर योगदान गर्न सक्नुहुन्छ।

विदेशमा काम गरिरहेका लाखौं नेपालीहरु महामारीपछि रोजगारी गुमाएर स्वदेश फर्किनुपर्ने हुनसक्छ। विदशी विश्वविद्यालयमा पढाउने नेपालीहरुले त्यसरी फर्किएका नेपालीहरुलाई के गर्न सकिन्छ भनेर स्थानीय निकाय र मुख्य मन्त्रीहरुलाई ठोस सुझाब दिन सक्नुहुन्छ।

संसदका कति जना सदस्य छन् तपाईंलाई थाहा होला। तर, एकजना गगन थापा मात्र सरकारलाई चिठी लेखेर र अनेक माध्यमबाट चिच्याएर सुझाब दिएका छन्, झकझक्याएका छन्। योगदान गर्न मन्त्री नै हुनुपर्छ भन्ने छ र?

संकटका बेला विभिन्न स्वार्थ समूहहरु चलमलाउन थाल्छन् अनि यही मौका पारेर सरकारी निकाय चुर्लुम्म भष्टाचारमा डुब्ने डर हुन्छ। यस्तोमा पनि हामी नागरिक चनाखो भएर सरकारी गतिविधि नियाल्नुपर्छ। हेर्नुस् त, स्वास्थ्य सामग्री किन्ने क्रममा ठूलै घोटालालाई मिडियाको खबरदारीले सरकारलाई पछि हट्न बाध्य बनायो।

हाम्रै छर छिमेकमा ज्याला मजदुरी गर्नेहरु खान नपाएर बसेको छन् भने खै सरकार कहाँ छ भन्दै तस्बिर हाल्नुभन्दा एक पोको चाउचाउ र एक बोटल पानी किनेर दिँदा जम्माजम्मी ४० रुपैयाँ खर्च हुन्छ। त्यसपछि उनलाई सम्बन्धित वडा कार्यालय वा प्रहरीसँग सम्पर्क गराउने काम उनको फोटो हालेर केही लाइक कमाउनेभन्दा हजार गुणा उपयुक्त होइन र? अहिले कतिपय वडा कार्यालयहरुमा राहत वितरण तथा खाना खुवाउने काम भइरहेको देख्न सकिन्छ। दिनभर मोबाइल समाएरै समय कटाउनुभन्दा त्यहाँ गएर बिहान बेलुका केही समय योगदान गर्न वा त्यो कार्यक्रममा आम्दानी खर्च वा पारदर्शीता के कसो छ यसो बुझ्न पनि त सकिन्छ।

तपाईंसँग सवारीसाधन छ भने प्रशासनबाट पास लिएर बिरामी, सुत्केरी वा कुनै अभर परेकोलाई सहयोग गर्न सक्नुहुन्छ। धेरैले यस्तो काम गरिरहेका छन्। अहिले सामाजिक सन्जालमा फैलिएका झुट र कपोलकल्पित सूचना प्रवाहले पनि आम मानिसमा डर र त्रास फैलाएको छ, हामीले विज्ञका र प्रमाणित सूचना मात्र प्रवाह गर्दा पनि ठूलै काम गरेको ठहरिने अवस्था छ।
 
यी केही उदाहरण मात्र हुन्। यस्ता दर्जनौं क्षेत्र छन्, यसो हेर्दा झिनामसिना लाग्ला तर हामीले गर्ने सानो होस्टे वा हैंसेले हाम्रो समाज अनि सिंगो देशलाई नै दीर्घकालीन हिसाबमा ठूलो योगदान हुन सक्छ।

भनिन्छ नि, देशले आफैं कहिल्यै माग्दैन र आफैंले मनन गरेर दिनु पर्छ रे। हामीमध्ये कसैलाई यो सरकार, अहिलेको सत्तासीन पार्टी र यसका धेरै मान्छे मन नपर्लान्, उनीहरुसँग हाम्रो हजार मतभिन्नता होलान्, रिस होला, क्रोध होला, कतिपयको व्यक्तिगत कुण्ठा र मुद्दा होला, तर यो तुष पोख्ने र रिस साँध्ने बेला होइन। मान्छे रहे पो राजनीति, रिस राग र मारपिट गर्ने अवसर आउला। तर, मानव जाति नै संकटमा पर्ने अवस्था भएको बेला, सबै पूर्वाग्रह त्यागेर आफ्नो समाज र देशका लागि जे जति सकिन्छ, केही न केही गरौं। सरकार र पार्टीका लागि हैन, आफ्नै लागि, समाज, अनि देशका लागि र मानवताका लागि केही गरौं।

ट्विटर @gyawaliramesh

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १२:११
  • #डकडाउन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
पश्चिमी वायुको प्रभावका कारण आइतबार वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक १, २०८३
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्