• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

नभइसकेको डाक्टर साप

64x64
रमेश ज्ञवाली शनिबार, भदौ २७, २०७७  १५:३८
1140x725

नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पिएचडीको थेसिस डिफेन्स नसकी ट्विटर ह्यान्डिललाई भीम रावल पिएचडी थपिदिए भने चर्चित कानुन व्यवसायी भीमार्जुन आचार्यले पनि ट्विटर ह्यान्डिलमै पिएचडी झुन्ड्याएका छन्। यसबाट हामी आफ्नो कमाईप्रति कति गर्व गर्छौं वा त्यो डिग्रीलाई कति महत्व दिन्छौं भन्ने सानो झल्को दिन्छ। पहिलेका नामहरू यसो याद गर्नुभयो भने एमए सकेपछि थरको पछाडि आचार्य र स्नातक सकेपछि शास्त्री थप्ने चलन थियो।

लेखपढको काममा लागेको धेरै वर्ष भएपनि मैले अहिलेसम्म पिएचडीको डिग्री लिइसकेको छैन तर डाक्टरसापको पदवीले विभुषित हुन थालेको धेरै भइसकेको छ। हामी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथी भाइहरू एक आपसमा यसै ओइ डाक्टरसाप भनेर बोलाउने गर्थे। 

जब सुरेशराज शर्माले उपकुलपति छोड्नु भयो र उहाँको ठाउँमा धुलिखेल अस्पतालका डाक्टर रामकण्ठ मकाजु श्रेष्ठ उपकुलपति भएर आउनुभयो उहाँका त सबै सहकर्मी डाक्टरै डाक्टर। त्यसैले उहाँलाई के बानी परेको रहेछ भने देखेजति र भेटेजति सबैलाई डाक्टर साब भन्दिने। उहाँ हाम्रो स्कुलमा आएर पनि हामी सबैलाई डाक्टर साब् बनाइदिनु भयो।

यसबाट साँच्चिकै पिएचडी डाक्टरसाबहरूलाई त केही फरक परेन तर डाक्टर नभइसकेका हामीजस्तालाई फरक पर्‍यो। यसै त हल्का फुल्का डाक्साप भन्न थालेका हामी अब ढुक्कैले एक आपसमा डाक्टरसाप भन्न थाल्यौं‚ जुन अहिले पनि जारी नै छ।

त्यही मेलोमा एक पटक हामी केही साथीहरू भएर एक जना साथीलाई घडेरी किन्न भनेर ललितपुरको इमाडोलमा गएका थियौं। बानी त्यही नै हो सबैले सबैलाई डाक्साप भन्ने। जब जमिनको भाउको रस्सकस्सीको कुरा भयो, जमिन बेच्नेले भने‚ ‘लौ सरहरु डाक्टर हुनुहुँदो रहेछ, हामीलाई पनि यस्ता मान्छे छिमेकमा राख्न पाए जाति हुने भनेर पहिले भनेको मूल्यभन्दा आनामा एक लाख रकम कम गरेर जमिन दिन राजी भए। नक्कली डाक्टर सापको कमाल, ती साथीले जमिन किने पनि, उनले हालै अमेरिकाबाट पिएचडी सके। अर्का एक जना बल्लतल्ल एमफिलमा संघर्ष गर्दैछन् भने म चाहिं मास्टर लेवलमै रमाइरहेको त माथि नै थाहा पाइहाल्नु भयो।  

पश्चिमाहरूले आजकल पिएचडी गर्दैमा नामको अगाडि डाक्टर लेख्न वा पछाडि पनि पिएचडी लेख्न छाडिसकेका छन् तर यता हामी भने पिएचडी गरेपछि अर्कोले डाक्टरसाहेव भन्दिएमा खुशी हुने चरणमै छौं। मैले चिनजानेका धेरै पिएचडीधारीहरुले आफूलाई सर वा पदले भन्दा पनि डाक्टरसाहेव भन्दिओस् भन्ने पाएको छु।

त्यसैगरी, सामाजिक सञ्जाल तिर पिएचडीधारीहरुको एक आपसमा हरेक वाक्यमा डाक्टर साप कि डाक्टरसाप जोडेर गफ गरेको हेर्दा उनीहरु विषयवस्तुमा भन्दा त्यही डाक्टरपास शब्दमा रमाएको देख्न सकिन्छ।

विश्वविद्यालयमा पढाउने भएर होला धेरैको अपेक्षा पक्कै पनि यो पिएचडी नै होला भन्ने अपेक्षा हुने रहेछ, त्यसैले सेमिनार, पेपर प्रिजेन्टेसन वा अन्य वार्तालापका इमेलहरुमा सिधै- डियर डाक्टर फलानो लेखेर आउँछन्। त्यसैगरी त्यस्ता कार्यक्रमहरुमा सहभागी भैरहँदा अब आउँदै हुनुहुन्छ डाक्टर फलानो भन्दा चाँहि यहाँ हामीले खेलचारीले भन्ने गरेको नक्कली डाक्टरसाप बोझिलो हुनेरहेछ।

Ncell 2
Ncell 2
nimb
nimb

एक पटक एक जना ठूलै महानुभावकहाँ जागिर माग्न जाँदा, के गर्नु रमेशजी तपाईंको पिएचडी रहेनछ नत्र त विचार गर्न हुन्थ्यो भन्ने जवाफ पाएबाहेक मलाई कसैले पिएचडी मागेको त छैन अहिलेसम्म, अँ त्यो ठाउँमा पछि बुझेको योग्यता नखुलेका एक जना ठुलै मान्छेका नातेदार नियुक्त भएका रहेछन्। यस्ता सानातिना घटनाहरु र पिएचडीहरुको लेख तथा विभिन्न फोरममा उनीहरुका तर्क, विचार सुन्दा पिएचडी गर्ने जाँगर मरेर आउँछ।

एकेडेमियामा करिब करिब अनिवार्य भइसकेको पिएचडी आफैंमा महत्वपूर्ण डिग्री हो, तर हाम्रो भने पछिल्लो चरणमा पिएचडी एउटा फेसन र डाक्टर भनिनकै लागि जसरी पनि लिने र डीन कार्यालयहरुले अर्थोपार्जनको एउटा राम्रो साधन बनाएर यसको अवमूल्यन हुँदै आएको छ।

विशिष्ठ ज्ञान र सीप तथा ज्ञानको भण्डारमा एउटा खुड्किलो थप्नुपर्नेमा बिए, एमएजस्तै फगत एउटा डिग्रीको रुपमा पिएचडी पनि पर्नु पक्कै पनि निको होइन। एकातिर पिएचडी गर्नेहरुको संख्या बढ्नु अर्कोतिर यहाँ दश हजारमा थेसिस लेखिन्छजस्ता विज्ञापनको बाढी आउनुले हामीले उत्पादन गर्ने शिक्षित बेरोजगार र घर परिवार वा इष्टमित्रमाझ गरिने फुर्तिफार्ती बाहेक यो शिक्षाले के देला र?

उदाहरणका लागि संजालतिर नेता बाबुराम भट्टराईको पिएचडीलाई पनि उनका बेलाबखतका राजनीतिक भनाइ र गराइलाई लिएर ट्रोल गर्ने गरिन्छ, तर माओवादीले भन्ने गरेको जनयुद्धमा उनको पिएचडीको धेरै योगदान नकार्न मिल्दैन। युवावर्गहरू त्यत्रो पिएचडी गरेको मान्छे यसै त त्यता लागेन भन्नेहरु धेरै भेटिन्थे। तर क्षेत्रीय विकास योजनामा सोध गरेका उनको अध्ययन त्यसका लागि थियो त? उनको त्यत्रो अध्ययनले सो विधामा के योगदान दियो त? उनीलगायत पिएचडी गर्ने हजारौंका लागि यो प्रश्न जायज छ कि छैन?

Xtrem

Xtrem

अन्त्यमा, मेरा एक जना मित्रको घर म बस्ने घर हुँदै जानुपर्छ, उनले घर आउँदा जाँदा ‘ओ ज्ञवाली डाक्साप’ भन्दै बोलाउँदै जान्छन्, यो सधैं सुनिरहेका मेरा घरभेटी दाइलाई यो मान्छे औषधिको डाक्टर नभएपनि पिएचडीवाला पक्कै रहेछ भन्ने परेकाले होला, पहिले रमेशजी र भाइ भन्ने उनले पछिल्लो चरणमा सर भनेर सम्बोधन गर्छन्, यस्तै नक्कली डाक्टरसाब बनेर कतिदिन टोपलिरहनु? त्यसैले अब छिटै कतै पिएचडी ज्वाइन गरौं कि भनेर सोच्दैछु।

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १५:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्