• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मालिक, अझै पनि पुगेन तपाईंलाई?

64x64
रमेश ज्ञवाली आइतबार, वैशाख २१, २०७७  ०८:२१
1140x725

मेरा बा सरकारी स्कुलका हेडमास्टर हुनुहुन्थ्यो। सेवा अवधिले पेन्सन पाउने समय भएपछि मैले एकदिन भनें- ‘बा तपाईंले धेरै दुःख गरिसक्नु भयो, हामी पनि आफैं गरी खाने भयौं। अब रिटायर्ड हुनुस्।‘

उहाँको जवाफ थियो- ‘हेर कान्छा, मेरो स्वास्थ्य अहिलेसम्म ठीक छ। हात खुट्टा चलेकै छन्। पेन्सन निस्के पनि बस्ने यही ठाउँ हो। घर बसेपछि अरुले त के मेरै विद्यार्थीले समेत नमस्तेसम्म पनि गर्नेछैनन्।’

त्यो बेला मैलै के बुझें थाहा छैन। तर, यो जवाफमा अन्तरनिहित धेरै कुरा अहिले बुझ्न थालेको छु।

राजनीतिक, सामाजिक वा प्रशासनमै पनि हेर्नुभयो भने ‘लौ मलाई पुग्यो अब, जिम्मेवारी लिनुस्’ भन्ने एकै जना पनि फेला पार्न हाम्रो देशमा असम्भव प्रायः नै भएको छ।

कांगेस नेता रामचन्द्र पौडेलले केही समयअघि महामारीको मौका पारेर आफूभित्र दबेर रहेको कुण्ठा बाहिर निकाले, अब सहमतिको सरकार चाहियो भन्दै। पौडेलको भनाई कुनै पनि हिसाबमा देशको हितको लागि थिएन। उनलाई लागेको हुनुपर्छ- ७६ वर्ष भइहालियो। यो सरकार रहँदासम्म ८० तिर पुगिन्छ। अहिले भेटिहालियो भने सत्ताको कुनै स्वाद चाखिहालौं। नत्र, यो जुनीलाई अब सक्कियो।

किनभने, पौडेलको प्रधानमन्त्री बन्ने चाहना त पूरा भएन नै, पार्टी सभापति बन्न पनि आफूभन्दा केही वर्ष कान्छा शेरबहादुर देउवाको अवरोध छ। देउवा कुर्सीमा यसरी टास्सिएर बसेको छन् कि दोस्रो पुस्ता त के, चन्द्र भण्डारी, गगन थापा वा विश्वप्रकाश शर्माहरुले सभापति भएर पार्टी हाँक्ने सपना नै देख्न छाडेको हुनुपर्छ।

संसार परिवर्तनको डिङ हाँकेर क्रान्ति गरेका प्रचण्डले अध्यक्षमा दाबी गर्न सक्ने सबैलाई पन्छाउँदै आएर अहिले आफ्नै पार्टीका अर्का अध्यक्षसँग प्रधानमन्त्री र एक्लो अध्यक्ष बन्न पैंठेजोरी खेल्दैछन्। केपी ओलीलाई देखाएर चुनाव जितेको नेकपाका धेरै नेताहरु ५ वर्ष ओलीलाई सरकार चलाउन नदिएर आच्छुआच्छु पार्दैछन्।

प्रधानमन्त्री ओलीले पनि ‘ल म अब बिरामी पनि भएँ, आराम गरेर बाल्कोटतिरै बस्छु तपाईंहरु चलाउनुस्’ भन्ने त कुरै भएन। किनभने, गिरिजाप्रसादले कुर्सी होइन, कुर्सीले गिरिजाप्रसादलाई खोज्छ भने जस्तो छ, सबैको व्यवहार।

Ncell 2
Ncell 2
nimb
nimb

त्यही पार्टीकै ६७ वर्ष पुगेका माधव कुमार नेपाल र ७० वर्षका झलनाथ खनाल दुबैले पार्टी र सरकार सञ्चालन गरेर सत्ता र शक्तिको भरमग्दुर प्रयोग गरिसकेका हुन् तर उनीहरु पनि कहाँ अघाएका छन् र? फेरि पार्टी अध्यक्ष, सके प्रधानमन्त्री, हुँदै नभए राष्ट्रपति हुनका लागि अनेक छिर्केदाउ लगाउँदै हिँडेका छन्।

उता, ७० कटिसकेका वामदेव गौतमलाई उपप्रधानमन्त्री, गृहमन्त्री र पार्टीको उपाध्यक्ष भइसक्दा पनि भोक मेटिएको छैन। चुनावमा पराजित भएपछि उनलाई लाज पचाएर संसदमा जानुपर्नै भएको छ। त्यो पनि, जनताले चुनेर पठाएका कुनै एक जनालाई राजीनामा गराएर।

बाजे पुस्ताका यिनीहरुको भोक नमेटिएपछि शंकर पोखरेल, प्रदीप ज्ञवाली वा पृथ्वी सुब्बा गुरुङहरुले पार्टी अध्यक्ष हुने चाहना कसरी लिनु? यसो भएपछि रामकुमारी झाँक्री वा नवीना लामाहरु त पार्टीमा सधैं बालखै भइरहने भए, होइन?

अमेरिकाका ४४औं राष्ट्रपति बाराक ओबामाले रास्ट्रपति छोडेको चार वर्ष पुग्न लाग्यो। उनी अझै ६० वर्ष लागेको छैनन्। बेलायती प्रधानमन्त्री टोनी ब्लेयर ४४ वर्षमा प्रधानमन्त्री भए। कार्यकाल पूरा गरे, घर फर्किए। आफ्नो समयमा चर्चित र लोकप्रिय उनीहरु अहिले गुमनाम जस्तै छन्। उनीहरु पार्टीमा फेरि केही पाइहालिन्छ कि भन्ने छिर्के दाउमा छैनन्। सरकारको कुनै ठेक्कापट्टामा वा आफ्नी सासु बज्यैलाई ‘लौ न राजदूत बनाइदेऊ’ भन्दै बिन्ती बिसाउने वा सम्धिज्यूलाई कुनै एउटा नियुक्ति दिलाइदेऊ भनेर हात जोडिरहेका छन्।

त्यस्तो अवस्था हामीले किन कल्पना पनि गर्न सक्दैनौं?

अहिलेकै कुरा गर्ने हो भने, फिनल्याण्डमा ३४ वर्षकी सना मरीन प्रधानमन्त्री छिन्। कोष्टारिकामा ३९ वर्षका कार्लोस अल्वार्डो क्वेसाडा राष्ट्रपति छन्। हाइटीमा जिन लापिन २०१९ मा प्रधानमन्त्री हुँदा ३९ वर्षका थिए। न्युजिल्याण्डमा ४० वर्षीया ज्यासिण्डा आर्डेनले शासन गर्दैछिन्। एल साल्भाडोरमा ३९ वर्षका नायिब बुकेले, युक्रेनमा ४२ वर्षका जेलेनेस्कीले देश चलाउँदैछन्। तर, हाम्रो देशमा ५० नाघेकाहरु विद्यार्थी संगठनको नेता हुन प्रयासरत हुन्छन्।

हामी कहाँ आजीवन आफैंले मात्र खाइरहनुपर्ने रोग राजनीतिमा मात्र हाबी भएको होइन। अरु क्षेत्र पनि हेरौं न। निजामती सेवाको विशिष्ठ श्रेणी अर्थात् सचिव भइसकेका महानुभावहरु कार्यकाल नसकिँदै दौडधुपमा लाग्छन्। पेन्सन आउन सुरु नहुँदै कुनै आकर्षक ठाउँमा जागिर पाउन प्रयास गर्छन्। त्यो हुन नसके पदमा रहँदा दाता रिझाएर उनीहरुकै कार्यालयमा कन्सलटेण्ट भएर पुग्छन्। यसरी काम गर्नेले देशको हितमा काम गर्लान् कि दाताको हितमा?  किन सोच्दैनौं हामी?

एउटै मानिस आयल निगमको हाकिमदेखि दुरसंचार र वायु सेवाको प्रमुख भएर खान्छन्। के यस्ता सेवामा कुनै विशिष्टीकरण, ज्ञान वा सीप चाहिँदैन? अनि, कसरी सुध्रिन्छन् ती निकाय?

पूर्व मुख्यसचिव र चीनका लागि नेपाली राजदूतबाट हालै फिर्ता बोलाइएका एक जना प्रशासकलाई उदाहरणको रुपमा हेरौं। उनी आफैंमा निकै सक्षम र सम्भवतः विवादरहित प्रशासक हुन्, शंका रहेन। तर, बिर्सिन के सकिँदैन भने, मुख्यसचिव हुँदा वरिष्ठताका आधारमा आफूभन्दा माथिकालाई राजनीतिक पहुँचका आधारमा पछाडि धकेल्दै उनी मुख्यसचिव भए, ‘रोलक्रम मिचेर म बन्दिनँ’ भनेनन्।

त्यसरी मुख्यसचिव भएर मात्र उनलाई कहाँ पुग्यो र?  राजदुत पनि बन्नु पर्‍यो। युवाहरु देशमै बस्नुपर्छ भन्ने मान्यता राख्ने उनले, मैले राज्यको उपल्लो निकायमा बसेर सेवा गरिहालें, यसमा अब अर्कोले अवसर पाओस् भन्नचाहिँ नहुने?

यो एक जना व्यक्तिको कुरा मात्र होइन, अरु मुख्यसचिवको पनि उस्तै हालत हामीले देखेकै हो। कोही एडिबीतिर हामफाल्ने, कोही अन्ततिरै ।

वषौंका सरकारी निर्णय हेरौं न, कुनचाहिँ नियुक्तिमा आवेदन मागेर, पारदर्शी ढंगले वा त्यो नियुक्तिमा पर्ने फलानोको फलानो नाता नपर्ने व्यवसायिक, दक्ष मानिस परेको भन्न सकिने अवस्था छ?

नीलाम्बर आचार्यको दक्षता वा निष्ठामा कमैको प्रश्न होला तर के नेपालमा ७५  कटेका ती बाजेबाहेक अरु कोही थिएन, जसले भारतका लागि नेपालको राजदूत चलाउन सकोस? दिल्ली जस्तो संवेशनशील र महत्त्वपूर्ण ठाउँमा उमेर र शारीरिक अवस्थाले हेर्दै टिठ लाग्दा देखिने आचार्यको सट्टा त्रिभुवन विश्वविध्यालयका राजनीतिशास्त्रका कुनै चल्तापुर्ता प्राध्यापकलाई जिम्मेवारी दिँदा के जाँदो हो। अनि आचार्यले पनि म अब बुढो भइसकें अरु कसैले जिम्मेवारी लेओस् भन्न किन नसक्ने?

एकजना परराष्ट्रमन्त्रीले कतै भनेको सुनेको थिएं– ‘लौ न फलानोलाई अरु केही भएन भने एउटा देशको राजदूतमा भए पनि अल्झाइदिनु पर्‍यो’ भनेर दबाब आउँछ। राजदूतको जिम्मेवारीलाई यो रुपमा बुझेपछि हाम्रा प्रतिनिधिले प्रतिस्पर्धाको यो युगमा कस्तो कार्यसम्पादन गर्ने हुन्?  त्यसैले त हामीले काबिल कुटनीतिज्ञ होइन, ठूला नेताकी सासु बज्यै, म्यानपावरका दलाल, पार्टीलाई भेटी चढाएका ठूला साहुजीका छोरीहरुलाई महत्त्वपूर्ण जिम्मेवारी बोकाएका छौं।

काठमाडौंमा घर हुने पूर्वराष्ट्रपतिले भाडा नतिरेर घर छाड्ने सार्वजनिक सूचना जारी हुन्छ। त्यसको सट्टामा, चिकित्सक उनले आफ्नै गाउँतिर वा कतै निशुल्क बिरामी हेर्दै भन्ने समाचार पढ्न पाए हुन्थ्यो। राष्ट्रपतिलाई करोडौंका गाडी चाहिने समाचारको सट्टामा एक पटक राष्ट्रप्रमुख र उपप्रमुख भइसकेकाहरु फेरि त्यही पदमा दोहोरिन्नौं, अरु कसैले चलाओस् भन्ने र उनीहरु अहिले समाजसेवामा छन् भन्ने समाचार पढ्न पाए हुन्थ्यो।

सर्वोच्च अदालतका न्यायाधीश भइसकेका पूर्वउपराष्ट्रपति आफूले सरकारलाई वर्षौदेखि तिर्नुपर्ने सत्तरी हजार रुपैयाँ उठाउन जाँदा कर्मचारीलाई हप्काएर पठाए रे भन्ने समाचारको सट्टामा कतै कानुन पढाइने विश्वविद्यालयमा कक्षा लिँदै वा कतै गाउँतिर न्याय, कानुन, कर्तव्य वा अधिकारको बारेमा सिकाउँदै भन्ने समाचार पढ्न हामी नेपालीको भाग्यमा नलेखेकै हो?
 
यही गति अन्य क्षेत्रमा पनि त छ। चाहे त्यो पत्रिकाका सम्पादक हुन् वा बैंकका सिइयोहरु। कहिले कुनमा छिरेको छ, कहिले कुनमा। सेकेण्ड म्यान सधैंको सेकेण्ड म्यान।

देशमा धेरै राजनीतिक क्रान्ति भए, शासन व्यवस्था आमुल परिवर्तन भए तर हाम्रो सोच बदलिएन्। सामाजिक रुपान्तरण हुन सकेन। आम मानिस सधैं रैती नै भइरहने अवस्था आयो। त्यसैले मालिकहरु अघाउलान्, नअघाउलान्, उनीहरुले छोड्लान्, नछोड्लान तर हामीले प्रश्न गर्दै गरौं-  मालिक तपाईंलाई अब त पुग्यो कि?

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  ०८:२१
  • #पद
  • #लोभ

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
नयाँ प्रणालीबाट सवारी लाइसेन्स छपाइ सुरू आइतबार, असोज ४, २०८३
रास्वपाको सचिवालय बैठक घण्टीघरमा जारी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
जनताका समस्या सुन्न मेची–महाकाली पैदल यात्रा गर्दै अमरेश आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
देवानगञ्ज गोली काण्ड: दुई जना पक्राउ, प्रहरीले गोप्य राख्यो पहिचान शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्