• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दाइ, अब तपाईं फर्किनुपर्छ !

64x64
रमेश ज्ञवाली आइतबार, वैशाख १४, २०७७  ११:०१
1140x725

दाइ,
तपाईं पाल्पामा आइएससी पढ्न बस्दा एउटा चिठी लेखेको याद छ। त्यसपछि आज यो दोश्रो चिठी ललितपुरको इमाडोलबाट अमेरिकाको टेक्सासमा बस्ने तपाईंलाई लेख्दै छु। फेसबुक म्यासेन्जरमा औंला किचिकिचि पार्नुभन्दा यता सजिलो हुन्छ कि भनेर लामै चिठी लेखेको छु। लेठो नमानी पढिदिनुहोला । अँ, यता हामी आजसम्म आरामै छौं ।

कोरोना भाइरसले आक्रान्त भएर अब  पैसा तिर्न सक्दैनन् भनेपछि पहिले दुहुना गाई सरी भएका विदेशी विद्यार्थीलाई अस्ट्रेलियाका प्रधानमन्त्रीले ‘जुन बाटो आएको हो उतै  लागे हुन्छ’ भनेको समाचार त पढ्नु भयाे होला। अनि खाडी मुलुकहरुले पनि मरुभूमिलाई स्वर्गजस्तो बनाउने कामदारलाई अब वाटो लागे हुन्छ भनेको बारे पनि  वेखबर हुनुहुन्न होला।

देशभित्रै पनि मानिसहरु हुल बाँधेर गाउं पुगेको र लकडाउन पछि १०/१२ दिनको पैदल यात्रा गरेर झापादेखि कैलाली पुगेको खबर पक्कै हेर्नुभएको होला। तपाईं बसेकै देशका रास्ट्रपतिले विदेशीलाई कति होच्याएर बाेल्छन् भन्नेकुरा त मैले तपाईंलाई पक्कै सम्झाउनु नपर्ला।
भन्न खोजेकोचाहिँ हामीलाई दु:ख पर्दा अन्तत: चाहिने त आफ्नै मातृभूमि र बाआमाको काख नै रहेछ। दु:खमात्र किन दसैंजस्ता चाडमा घर फर्किन र सबै सँगै हुन कति मरिहत्ते गछौं हामी? अब केही व्यक्तिगत गफ गरौं है।

आमा बितेपछि हरेक तिथिमा गरिने श्राद्ध तपाईंले विधिवत रुपमा नगरी चोखोमात्र बसेर काम चलाएको कति वर्ष भयो? हामी हिन्दु संस्कार मान्नेहरुले यतिमात्र गरेर अब जीवन कटाउने हो र ? बा कति पटक बिरामी भएर ऐया-ऐया भन्दै कति पटक अस्पतालमा र कति पटक घरमै पल्टिनु भयो । बर्बराएर हजारौं पटक सपनामा र हजारौं पटक विपनामै तपाईंलाई  सम्झिनुभयो।

 कोरोना भाइरसले संसार आक्रान्त भइरहँदा र अमेरिकामा मान्छे भकाभक ढल्दा वा कैयौं दिनसम्म भोकै र अनिँदै बस्नुभयो चिन्ताले। ‘बरु एक छाक खाए हुन्छ, तर काममा नजान भन है’ भन्दै दिनमा पटक–पटक फोन गरिरहनु भयो मलाई। कतिन्जेल ती बुढालाई तड्पाएर तपाईं पृथ्वीको अर्को कुनामा बसिरहने?

तपाईं भर्खर-भर्खर अमेरिका गएका बेला ग्यास स्टेसनमा काम गर्दा ती ठाउँमा अपराधीले गोली हानेर विशेषगरी नेपालीहरु ढल्दा यता हामी कति त्रासमा बाँच्यौंं होला, तपाईंले अनुमान गर्न सक्नुहुन्छ।  ज्यानलाई अपराधीको हत्केलामा राखेर पठाएका डलर र आइफोन हामीलाई कहिल्यै चाहिएको हैन। त्यसरी घण्टा गनेर कमाएको पैसाले यता घरको तला थपेर उपल्लो तलामा बस्नुभन्दा हामीलाई अहिले भैरहेको ४ कोठाको एक तले घरमै बस्न सुरक्षित र आनन्द छैन र?

परिवार, आफन्त र दाजुभाइ भनेको हरेक दुःख, सुखमा साथ हुनु हैन र? तपाईं मेरो, अनि भाइहरु रुद्र र अच्युतको विवाहमा सामेल हुन पाउनु भएन। त्यसमा न तपाईं, न हामीहरु नै खुसी हुन सक्यौं। तपाईंंले विवाहमा व्यक्तिगत खर्च र हनिमुन मनाउन दाइको तर्फवाट भन्दै एक लाख रुपैयाँ त पठाउनु भयो, तर त्यो पैसा खर्च गर्न मलाई फिटिक्कै मन लागेन। त्यसले मलाई कुनै खुसी र सन्तुष्टि दिन सकेन। पैसा सबैथोक होइन रहेछ त। 

बहिनीहरुको विवाह भयो। केटाहरु केटी हेर्न आए। त्यो बेलाको गफगाफ र विवाह छिन्ने काममा तपाइ गयल हुनुभयो। तपाईंको भूमिका खै त? रकम त पठाउनुभयो, हामीलाई व्यवहार उतार्न सजिलै भयो। तर बहिनीहरुलाई हात समाएर, मन्दिर घुमाएर अन्माउने काम त तपाईंको थियो नि, त्यो त तपाईंबाट भएन नि हैन र?  भान्जी सिजन सधै भन्छिन्-‘खोइ मामाहरु नै हुनुहुन्न, नामचाहिं मामाघर रे’!

nimb
nimb
Ncell 2
Ncell 2

हेर्नुस् त ती अवोधले कति गहिरो कुरा बोलेकी छन्। 

हामी हाम्रा काकाहरु, माइली आमा, फुपु, दाइ, दिदी भनेपछि कति हुरुक्कै हुन्छौं। हेर्नु त तपाईंको छोरा र मेरो छोरा बाटोमा भेट भए पनि एक अर्कोलाई अब चिन्दैनन्। कहिलेकाहीं फेसवुकमा गरिने केही मिनेटका भिडियो कलले नातो अनुसारको आत्मियता दिँदो रहेनछ। तपाईंको छोरालाइ अब म अर्थात् अंकलभन्दा उतै टेक्ससतिर, तपाईंको आसपास रहने अरु नेपाली अंकलहरु, जोसँग नियमित उठबस र आउजाउ हुन्छ, उनीहरु नै नजिकका अंकल हुनेछन् जीवनभर। अर्थात हाम्रो सम्बन्ध अब सरकारी  नाता प्रमाणितमा मात्र सीमित भयो।

दाइ, 

हामीलाई माया गर्ने घरमाथिका घर्ति दाइ बितिसके। पारी पेम्मी दाइ गैसके। तल दमारतिरका धेरै बाहरु बितिसके। अब त तपाईंले उनीहरुको परिवारलाई पनि बिर्सिसक्नुभयो होला। तर उनका परिवारले सम्झिरहन्छन्। विशेषगरी तपाईंको बाल्यकाल याद गरिरहन्छन्। हुर्किसकेका विष्णु दाइका छोराछोरीले र हरिहर काकाका छोराछोरीले भरत भन्ने ठूलोबा हुनुहुन्छ हाम्रो भन्ने याद नै गर्न छाडिसके भने हामी पछिका भाइबहिनीका सन्तानले त कसरी चिन्नु र तपाईंलाई? 

अहिले यही अवस्था मेचीदेखि कालीसम्मका घर–घरमा छ। बलियाबांगा विदेशी भूमिमा पाखुरा खियाउँदैछन्, महिलाहरु बच्चा च्यापेर सहरमा एउटा कोठा भाडा गरेर बसेका छन् र बुढा भएका आमाबाबु पानी तताएर दिने कोही नहुँदा जीर्ण शरीरलाई लौरो टेकेर भत्किन लागेको घरको भित्र-बाहिर घिसार्दै छन्।  

सिंगै देशको कुरा गर्दा अहिले विश्वका १ सय २६ श्रम गन्तव्य देशमा औपचारिक माध्यमवाट करिव ४१ लाख नेपाली कामदारका रुपमा कार्यरत छन्। अवैध र अनौपचारिक माध्यमबाट जानेहरुको संख्यासहित करिव ७० लाख नेपाली विश्व श्रम बजारमा रहेको पाइन्छ। अझ एनआरएनको तथ्यांक मान्ने हो भने त करिब ८० लाख नेपालीहरु देशबाहिर रहेको देखिन्छ। शिक्षा मन्त्रालयका अनुसार ५ लाखभन्दा बढी त अध्ययनका क्रममा मुलुकबाहिर छन्।

अहिले संसारका जे–जति मुलुक विकासको गतिमा अगाडि छन्, तिनीहरुमध्ये धेरैजसोको हालत केही समय पहिले नेपालकै जस्तो थियो। अर्थात् देशबाहिर जाने र रेमिट्यान्स पठाउने। तर यसमा क्रमभंगता नभै देश बन्न सुरु हुँदैन। 

चीनको सरकारी नीतिका कारण दक्ष मानिसहरु फर्किने गरेका छन्। साथै देशका स्थानीय निकायहरुले पनि फर्किने र काम गर्ने वातावरण श्रॄजना गदै रहे। फर्किनेहरुलाई गरिने उच्च सामाजिक सम्मान, राम्रो वृत्ति विकासको अवसर र चिनियाँमा अन्तरनिहित देशभक्ति अर्को कारण बन्यो चिनियाँहरु फर्किनुको। त्यसगैरी विश्वविद्यालय, अनुसन्धान प्रयोगशाला, र कम्पनीहरुको स्वस्थ प्रतिस्पर्धाले फर्किनेहरुलाई ठूलै धनराशीमा काम लगाउन सफल भएपछि विश्वका नामुद संस्थामा रहेका प्राध्यापक, वैज्ञानिकहरु देश फर्किन लालायित भए।

यता अर्को छिमेकी देश भारतमा पनि प्रतिभा पलायन ठूलै समस्या थियो। संसारका आइटी क्षेत्रमा कव्जा जमाउनेहरु अधिकांश भारतीय युवायुवती नै थिए र अध्ययन गर्न जानेहरु पनि पढाइ सकेर घर होइन कि सिधै सिलिकन भ्यालीतिर लाग्थे। तर यो लहरमा अहिले धेरै फरक परेको छ। विशेषगरी ९/११ को हमलापछि आप्रवासीप्रतिको धारणाले र शासकहरुका अनुदार नीतिका कारण उनीहरुको सोंचाइ फरक हुंदै देश फर्किने लहर चलेको पाइन्छ।

पाकिस्तानमा पनि ९/११ पछि देश फर्किने लहर चलेको थियो, जहाँ मिडिया र प्रकाशनहरुमा धेरैलाई अवसर दिइएको थियो। एक तथ्यांकअनुसार करिब ५० हजार पाकिस्तानी मुलका बेलायती नागरिकहरु पाकिस्तानमा रहेर पाकिस्तानको आर्थिक विकासमा योगदान गर्दैछन्। 

दक्षिण कोरिया जहाँ अहिले नेपालीलगायत देशबाट कामदार जान्छन्, केही दशक अघि उ पनि हाम्रोजस्तै अरुसँग हात थाप्नुपर्ने देश थियो। तर उ अहिले कहाँ पुगिसक्यो, जसमा फर्किनेहरुको ठूलो योगदान मानिन्छ। ताइवानवाट अमेरिका पढ्न जानेमध्ये ८० प्रतिशत उतै हराउने तथ्यांकमा चीनले नेशनल युथ कमिसन गठन गरेर विभिन्न कार्यक्रम सुरु गरेपछि यो क्रम घटेको छ। केही अफ्रिकी देशहरुले त विदेशिएका विद्यार्थीलाई पढाइ सकेको केही समयसम्म स्वदेश फर्किनै पर्ने अनिमात्र अरु देशमा जान पाउने गरीमात्र पठाउने गर्छन् ताकि त्यो बेलासम्म उ आफ्नै देशमा सेटल हुनेतिर केही गरोस्।

अव मेक्सिनहरुको वारेमा त के भन्नु र तपाईंकै सहकर्मी सबैभन्दा धेरै मेक्सिकनहरु नै होलान्। अनि, अंग्रेजीभन्दा स्पेनिस भाषामा तपाईं तगडा भैसक्नु भएको होला।

ती देशहरुले जस्तो हाम्रो देशले फर्किनेहरुलाइ तत्काल आकर्षक प्याकेज त दिन नसक्ला। तर हामी आफैंले पनि त केही सुरुवात गर्न सक्छौं नि। हुन त अहिले परराष्ट्र मन्त्रालयले ‘ब्रेन गेन सेन्टर’ स्थापना गरेर केही गर्न कोशिस गर्दै छ। तर आफ्नो ज्यान पाल्न सरकारको मुख ताकिरहनु पनि नपर्ला। फेरि लाखौं नेपाली एकैपटक फर्किने पनि त हैनन्। फर्किनेहरुले केही गर्न थालेपछि अरुलाई प्रेरणा मिल्ला। तपार्इं आएपछि उतै खै के विषयमा पिएचडी गरेको रुद्र पनि आउला, कतै विश्यविद्यालयमा पढाउन थाल्ला।

अँ तपाईंलाई थाहा छ तमासे रेउते पनि अब नजाने भनेर यतै बसेको छ। नजिकै स्कुलमा पढाउछु, अनि खेतीपातीमा रमाएको छु भन्थ्यो। ब्याडमाथि प्रकाश पनि ‘अब नजाने भएँ केही गर्ने योजना बनाउँदैछु’ भन्थ्यो। अहिले त पुच्छार हरि काका हाम्रो वडाध्यक्ष हुनुहुन्छ। ‘तिमीहरु आउंछौ भने सक्ने जति सहयोग हुन्छ है मेरो तर्फबाट’ भन्दै हुनुहुन्थ्यो। हाम्रै हजुरबाले एउटा पुरेत्याईंको काम गरेर १० भाइ छोराहरु र २ छोरीहरुको लालनपालन अनि शिक्षा दीक्षा गर्नु भएको होइन र?  हाम्रै बाले पनि त एउटा सरकारी मास्टरीको भरमा तपाईं हामीलाई यहाँसम्म ल्याइ पुर्‍याउनुभयो भने लाखौं मानिस दुःखजिलो गरेर वसेको ठाउँमा के तपाईंलाई २ छाक खान गाह्रो होला र?

यसरी सबैतिरबाट सकारात्मक वातावरण भैरहँदा अब धेरै सोंचविचार नगर्ने हो कि?  तपाईंसँगै माथि उल्लेखित नेपाली सबै नफर्किए पनि त्यसको केही प्रतिशत फर्किएर आफ्नै ठाउँमा केही न केही सुरु गरे भने हाम्रो मुलुक पनि कसो हराभरा नहोला र?

अब तपाईं पुग-नपुग ५० वर्ष पुग्नै लाग्दा त्यहाँको घण्टा हान्ने जागीर कति पो गर्न सक्नु होला र?  दुःख गरेर कमाएको त्यो पैसा त्यहाँको चर्को कर र घरको मासिक किस्ता बुझाएर बस्नुभन्दा आफ्नै देशमा सयर पचास कर वुझाउने काम गरी आनन्द लिन अब ढिलो गर्न हुन्न। अब आवतजावत सहज भएपछि नेपाल फर्किने टिकट काट्नका लागि त्यताको हिसाबकिताब मिलाउँदै गर्ने हो कि?

बाले बिहान पनि फोन गर्नुभएको थियो, ‘काममा त गएको छैन होला नि’ भन्दै। घरमै बस्नु होला। त्यताको भाषा मा ‘स्टे सेफ’। 

तपाईंको भाइ


@gyawaliramesh

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ११:०१
  • #rameshgyawali

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
गगन थापाको आरोप-‘सरकारले कर छुट देखाएर पछाडिबाट बढी कर असुल्यो’ आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले आइतबार, जेठ ३१, २०८३
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला आइतबार, जेठ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्