• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

दाइ, अब तपाईं फर्किनुपर्छ !

64x64
रमेश ज्ञवाली आइतबार, वैशाख १४, २०७७  ११:०१
1140x725

दाइ,
तपाईं पाल्पामा आइएससी पढ्न बस्दा एउटा चिठी लेखेको याद छ। त्यसपछि आज यो दोश्रो चिठी ललितपुरको इमाडोलबाट अमेरिकाको टेक्सासमा बस्ने तपाईंलाई लेख्दै छु। फेसबुक म्यासेन्जरमा औंला किचिकिचि पार्नुभन्दा यता सजिलो हुन्छ कि भनेर लामै चिठी लेखेको छु। लेठो नमानी पढिदिनुहोला । अँ, यता हामी आजसम्म आरामै छौं ।

कोरोना भाइरसले आक्रान्त भएर अब  पैसा तिर्न सक्दैनन् भनेपछि पहिले दुहुना गाई सरी भएका विदेशी विद्यार्थीलाई अस्ट्रेलियाका प्रधानमन्त्रीले ‘जुन बाटो आएको हो उतै  लागे हुन्छ’ भनेको समाचार त पढ्नु भयाे होला। अनि खाडी मुलुकहरुले पनि मरुभूमिलाई स्वर्गजस्तो बनाउने कामदारलाई अब वाटो लागे हुन्छ भनेको बारे पनि  वेखबर हुनुहुन्न होला।

देशभित्रै पनि मानिसहरु हुल बाँधेर गाउं पुगेको र लकडाउन पछि १०/१२ दिनको पैदल यात्रा गरेर झापादेखि कैलाली पुगेको खबर पक्कै हेर्नुभएको होला। तपाईं बसेकै देशका रास्ट्रपतिले विदेशीलाई कति होच्याएर बाेल्छन् भन्नेकुरा त मैले तपाईंलाई पक्कै सम्झाउनु नपर्ला।
भन्न खोजेकोचाहिँ हामीलाई दु:ख पर्दा अन्तत: चाहिने त आफ्नै मातृभूमि र बाआमाको काख नै रहेछ। दु:खमात्र किन दसैंजस्ता चाडमा घर फर्किन र सबै सँगै हुन कति मरिहत्ते गछौं हामी? अब केही व्यक्तिगत गफ गरौं है।

आमा बितेपछि हरेक तिथिमा गरिने श्राद्ध तपाईंले विधिवत रुपमा नगरी चोखोमात्र बसेर काम चलाएको कति वर्ष भयो? हामी हिन्दु संस्कार मान्नेहरुले यतिमात्र गरेर अब जीवन कटाउने हो र ? बा कति पटक बिरामी भएर ऐया-ऐया भन्दै कति पटक अस्पतालमा र कति पटक घरमै पल्टिनु भयो । बर्बराएर हजारौं पटक सपनामा र हजारौं पटक विपनामै तपाईंलाई  सम्झिनुभयो।

 कोरोना भाइरसले संसार आक्रान्त भइरहँदा र अमेरिकामा मान्छे भकाभक ढल्दा वा कैयौं दिनसम्म भोकै र अनिँदै बस्नुभयो चिन्ताले। ‘बरु एक छाक खाए हुन्छ, तर काममा नजान भन है’ भन्दै दिनमा पटक–पटक फोन गरिरहनु भयो मलाई। कतिन्जेल ती बुढालाई तड्पाएर तपाईं पृथ्वीको अर्को कुनामा बसिरहने?

तपाईं भर्खर-भर्खर अमेरिका गएका बेला ग्यास स्टेसनमा काम गर्दा ती ठाउँमा अपराधीले गोली हानेर विशेषगरी नेपालीहरु ढल्दा यता हामी कति त्रासमा बाँच्यौंं होला, तपाईंले अनुमान गर्न सक्नुहुन्छ।  ज्यानलाई अपराधीको हत्केलामा राखेर पठाएका डलर र आइफोन हामीलाई कहिल्यै चाहिएको हैन। त्यसरी घण्टा गनेर कमाएको पैसाले यता घरको तला थपेर उपल्लो तलामा बस्नुभन्दा हामीलाई अहिले भैरहेको ४ कोठाको एक तले घरमै बस्न सुरक्षित र आनन्द छैन र?

परिवार, आफन्त र दाजुभाइ भनेको हरेक दुःख, सुखमा साथ हुनु हैन र? तपाईं मेरो, अनि भाइहरु रुद्र र अच्युतको विवाहमा सामेल हुन पाउनु भएन। त्यसमा न तपाईं, न हामीहरु नै खुसी हुन सक्यौं। तपाईंंले विवाहमा व्यक्तिगत खर्च र हनिमुन मनाउन दाइको तर्फवाट भन्दै एक लाख रुपैयाँ त पठाउनु भयो, तर त्यो पैसा खर्च गर्न मलाई फिटिक्कै मन लागेन। त्यसले मलाई कुनै खुसी र सन्तुष्टि दिन सकेन। पैसा सबैथोक होइन रहेछ त। 

बहिनीहरुको विवाह भयो। केटाहरु केटी हेर्न आए। त्यो बेलाको गफगाफ र विवाह छिन्ने काममा तपाइ गयल हुनुभयो। तपाईंको भूमिका खै त? रकम त पठाउनुभयो, हामीलाई व्यवहार उतार्न सजिलै भयो। तर बहिनीहरुलाई हात समाएर, मन्दिर घुमाएर अन्माउने काम त तपाईंको थियो नि, त्यो त तपाईंबाट भएन नि हैन र?  भान्जी सिजन सधै भन्छिन्-‘खोइ मामाहरु नै हुनुहुन्न, नामचाहिं मामाघर रे’!

nimb
nimb
Ncell 2
Ncell 2

हेर्नुस् त ती अवोधले कति गहिरो कुरा बोलेकी छन्। 

हामी हाम्रा काकाहरु, माइली आमा, फुपु, दाइ, दिदी भनेपछि कति हुरुक्कै हुन्छौं। हेर्नु त तपाईंको छोरा र मेरो छोरा बाटोमा भेट भए पनि एक अर्कोलाई अब चिन्दैनन्। कहिलेकाहीं फेसवुकमा गरिने केही मिनेटका भिडियो कलले नातो अनुसारको आत्मियता दिँदो रहेनछ। तपाईंको छोरालाइ अब म अर्थात् अंकलभन्दा उतै टेक्ससतिर, तपाईंको आसपास रहने अरु नेपाली अंकलहरु, जोसँग नियमित उठबस र आउजाउ हुन्छ, उनीहरु नै नजिकका अंकल हुनेछन् जीवनभर। अर्थात हाम्रो सम्बन्ध अब सरकारी  नाता प्रमाणितमा मात्र सीमित भयो।

दाइ, 

हामीलाई माया गर्ने घरमाथिका घर्ति दाइ बितिसके। पारी पेम्मी दाइ गैसके। तल दमारतिरका धेरै बाहरु बितिसके। अब त तपाईंले उनीहरुको परिवारलाई पनि बिर्सिसक्नुभयो होला। तर उनका परिवारले सम्झिरहन्छन्। विशेषगरी तपाईंको बाल्यकाल याद गरिरहन्छन्। हुर्किसकेका विष्णु दाइका छोराछोरीले र हरिहर काकाका छोराछोरीले भरत भन्ने ठूलोबा हुनुहुन्छ हाम्रो भन्ने याद नै गर्न छाडिसके भने हामी पछिका भाइबहिनीका सन्तानले त कसरी चिन्नु र तपाईंलाई? 

अहिले यही अवस्था मेचीदेखि कालीसम्मका घर–घरमा छ। बलियाबांगा विदेशी भूमिमा पाखुरा खियाउँदैछन्, महिलाहरु बच्चा च्यापेर सहरमा एउटा कोठा भाडा गरेर बसेका छन् र बुढा भएका आमाबाबु पानी तताएर दिने कोही नहुँदा जीर्ण शरीरलाई लौरो टेकेर भत्किन लागेको घरको भित्र-बाहिर घिसार्दै छन्।  

सिंगै देशको कुरा गर्दा अहिले विश्वका १ सय २६ श्रम गन्तव्य देशमा औपचारिक माध्यमवाट करिव ४१ लाख नेपाली कामदारका रुपमा कार्यरत छन्। अवैध र अनौपचारिक माध्यमबाट जानेहरुको संख्यासहित करिव ७० लाख नेपाली विश्व श्रम बजारमा रहेको पाइन्छ। अझ एनआरएनको तथ्यांक मान्ने हो भने त करिब ८० लाख नेपालीहरु देशबाहिर रहेको देखिन्छ। शिक्षा मन्त्रालयका अनुसार ५ लाखभन्दा बढी त अध्ययनका क्रममा मुलुकबाहिर छन्।

अहिले संसारका जे–जति मुलुक विकासको गतिमा अगाडि छन्, तिनीहरुमध्ये धेरैजसोको हालत केही समय पहिले नेपालकै जस्तो थियो। अर्थात् देशबाहिर जाने र रेमिट्यान्स पठाउने। तर यसमा क्रमभंगता नभै देश बन्न सुरु हुँदैन। 

चीनको सरकारी नीतिका कारण दक्ष मानिसहरु फर्किने गरेका छन्। साथै देशका स्थानीय निकायहरुले पनि फर्किने र काम गर्ने वातावरण श्रॄजना गदै रहे। फर्किनेहरुलाई गरिने उच्च सामाजिक सम्मान, राम्रो वृत्ति विकासको अवसर र चिनियाँमा अन्तरनिहित देशभक्ति अर्को कारण बन्यो चिनियाँहरु फर्किनुको। त्यसगैरी विश्वविद्यालय, अनुसन्धान प्रयोगशाला, र कम्पनीहरुको स्वस्थ प्रतिस्पर्धाले फर्किनेहरुलाई ठूलै धनराशीमा काम लगाउन सफल भएपछि विश्वका नामुद संस्थामा रहेका प्राध्यापक, वैज्ञानिकहरु देश फर्किन लालायित भए।

यता अर्को छिमेकी देश भारतमा पनि प्रतिभा पलायन ठूलै समस्या थियो। संसारका आइटी क्षेत्रमा कव्जा जमाउनेहरु अधिकांश भारतीय युवायुवती नै थिए र अध्ययन गर्न जानेहरु पनि पढाइ सकेर घर होइन कि सिधै सिलिकन भ्यालीतिर लाग्थे। तर यो लहरमा अहिले धेरै फरक परेको छ। विशेषगरी ९/११ को हमलापछि आप्रवासीप्रतिको धारणाले र शासकहरुका अनुदार नीतिका कारण उनीहरुको सोंचाइ फरक हुंदै देश फर्किने लहर चलेको पाइन्छ।

पाकिस्तानमा पनि ९/११ पछि देश फर्किने लहर चलेको थियो, जहाँ मिडिया र प्रकाशनहरुमा धेरैलाई अवसर दिइएको थियो। एक तथ्यांकअनुसार करिब ५० हजार पाकिस्तानी मुलका बेलायती नागरिकहरु पाकिस्तानमा रहेर पाकिस्तानको आर्थिक विकासमा योगदान गर्दैछन्। 

दक्षिण कोरिया जहाँ अहिले नेपालीलगायत देशबाट कामदार जान्छन्, केही दशक अघि उ पनि हाम्रोजस्तै अरुसँग हात थाप्नुपर्ने देश थियो। तर उ अहिले कहाँ पुगिसक्यो, जसमा फर्किनेहरुको ठूलो योगदान मानिन्छ। ताइवानवाट अमेरिका पढ्न जानेमध्ये ८० प्रतिशत उतै हराउने तथ्यांकमा चीनले नेशनल युथ कमिसन गठन गरेर विभिन्न कार्यक्रम सुरु गरेपछि यो क्रम घटेको छ। केही अफ्रिकी देशहरुले त विदेशिएका विद्यार्थीलाई पढाइ सकेको केही समयसम्म स्वदेश फर्किनै पर्ने अनिमात्र अरु देशमा जान पाउने गरीमात्र पठाउने गर्छन् ताकि त्यो बेलासम्म उ आफ्नै देशमा सेटल हुनेतिर केही गरोस्।

अव मेक्सिनहरुको वारेमा त के भन्नु र तपाईंकै सहकर्मी सबैभन्दा धेरै मेक्सिकनहरु नै होलान्। अनि, अंग्रेजीभन्दा स्पेनिस भाषामा तपाईं तगडा भैसक्नु भएको होला।

ती देशहरुले जस्तो हाम्रो देशले फर्किनेहरुलाइ तत्काल आकर्षक प्याकेज त दिन नसक्ला। तर हामी आफैंले पनि त केही सुरुवात गर्न सक्छौं नि। हुन त अहिले परराष्ट्र मन्त्रालयले ‘ब्रेन गेन सेन्टर’ स्थापना गरेर केही गर्न कोशिस गर्दै छ। तर आफ्नो ज्यान पाल्न सरकारको मुख ताकिरहनु पनि नपर्ला। फेरि लाखौं नेपाली एकैपटक फर्किने पनि त हैनन्। फर्किनेहरुले केही गर्न थालेपछि अरुलाई प्रेरणा मिल्ला। तपार्इं आएपछि उतै खै के विषयमा पिएचडी गरेको रुद्र पनि आउला, कतै विश्यविद्यालयमा पढाउन थाल्ला।

अँ तपाईंलाई थाहा छ तमासे रेउते पनि अब नजाने भनेर यतै बसेको छ। नजिकै स्कुलमा पढाउछु, अनि खेतीपातीमा रमाएको छु भन्थ्यो। ब्याडमाथि प्रकाश पनि ‘अब नजाने भएँ केही गर्ने योजना बनाउँदैछु’ भन्थ्यो। अहिले त पुच्छार हरि काका हाम्रो वडाध्यक्ष हुनुहुन्छ। ‘तिमीहरु आउंछौ भने सक्ने जति सहयोग हुन्छ है मेरो तर्फबाट’ भन्दै हुनुहुन्थ्यो। हाम्रै हजुरबाले एउटा पुरेत्याईंको काम गरेर १० भाइ छोराहरु र २ छोरीहरुको लालनपालन अनि शिक्षा दीक्षा गर्नु भएको होइन र?  हाम्रै बाले पनि त एउटा सरकारी मास्टरीको भरमा तपाईं हामीलाई यहाँसम्म ल्याइ पुर्‍याउनुभयो भने लाखौं मानिस दुःखजिलो गरेर वसेको ठाउँमा के तपाईंलाई २ छाक खान गाह्रो होला र?

यसरी सबैतिरबाट सकारात्मक वातावरण भैरहँदा अब धेरै सोंचविचार नगर्ने हो कि?  तपाईंसँगै माथि उल्लेखित नेपाली सबै नफर्किए पनि त्यसको केही प्रतिशत फर्किएर आफ्नै ठाउँमा केही न केही सुरु गरे भने हाम्रो मुलुक पनि कसो हराभरा नहोला र?

अब तपाईं पुग-नपुग ५० वर्ष पुग्नै लाग्दा त्यहाँको घण्टा हान्ने जागीर कति पो गर्न सक्नु होला र?  दुःख गरेर कमाएको त्यो पैसा त्यहाँको चर्को कर र घरको मासिक किस्ता बुझाएर बस्नुभन्दा आफ्नै देशमा सयर पचास कर वुझाउने काम गरी आनन्द लिन अब ढिलो गर्न हुन्न। अब आवतजावत सहज भएपछि नेपाल फर्किने टिकट काट्नका लागि त्यताको हिसाबकिताब मिलाउँदै गर्ने हो कि?

बाले बिहान पनि फोन गर्नुभएको थियो, ‘काममा त गएको छैन होला नि’ भन्दै। घरमै बस्नु होला। त्यताको भाषा मा ‘स्टे सेफ’। 

तपाईंको भाइ


@gyawaliramesh

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ११:०१
  • #rameshgyawali

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण धन्य, न्याय मरेको रहेनछ। सर्वोच्च अदालतले सरकारी निर्णय खारेज गरिदियो। अदालतले संविधानको धारा १९ को मर्ममा टेकेर गरेको फैसलामा भनिएक... बिहीबार, भदौ ४, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
रोबोटदेखि ६३ हजार ईभीसम्म : नाडा अटो शोमा देखिँदैछ नेपालको विद्युतीय यात्रा शनिबार, भदौ ६, २०८३
कर्णालीमा सरकार विस्तारमा अन्योल, आकांक्षी धेरै हुँदा नेतृत्वलाई सकस शनिबार, भदौ ६, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्