काठमाडौं- सरकारले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव सुशील घिमिरेलाई नियुक्त गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिवसमेत रहेका अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष बनाइएको हो।
मन्त्रिपरिषदको चैत ९ गतेको बैठकले उनलाई निगम सञ्चालक समितिको सदस्य बनाएको थियो। मंगलबारको मन्त्रिपरिषदको बैठकले उनलाई अध्यक्ष बनाउने निर्णय गरेको हो।
घिमिरे अहिले लक्ष्मी बैंक सञ्चालक समितिका अध्यक्ष हुन्।
अर्घाखाँचीका घिमिरेलाई पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको अवस्थाबारे अध्ययन गर्न गठित कार्यदलको संयोजक बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।