काठमाडौं- विभिन्न मुलुकमा रहेका नेपालीको अवस्थाका बारेमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले मंगलबार वार्ता भएको छ।
विदेशमा रहेका धेरैजसो नेपाली स्वदेश फर्किन चाहेको र कतिपय कठिन अवस्थामा रहेका नेपालीबारे मन्त्री ज्ञवालीलाई अध्यक्ष पन्तले अवगत गराएका हुन्।
मन्त्री ज्ञवाी र अधयक्ष पन्तबीच उद्दार र राहत पुर्याउने विषयमा पनि छलफल भएको थियो। विभिन्न मुलुकमा रहेका नेपालीका बारेमा आफूले पनि दूतावासलगायत विभिन्न माध्यमबाट जानकारी लिइरहेको र सरकार यस विषयमा संवेदनशील रहेको मन्त्री ज्ञवालीले बताएका छन्।
उनले खाडीलगायत मध्यपूर्वका मुलुकमा रहेका नेपालीलाई कुनै सर्त नराखी समान व्यवहार गर्न आग्रह गरे त्यसमा सम्बन्धित मुलुकका सरकारले पूर्ण सहमति जनाएको जानकारी दिए।
यो अप्रिल महिनाभरी धैर्यतापूर्वक यथास्थानमा रहन मन्त्री ज्ञवालीले आग्रह गरे। ज्ञावालीले त्यसपछि परिस्थितिको जटिलता हेरी निर्णय गर्ने बताएका छन्। उनले आफ्ना नागरिकलाई कुनै हालतमा अलपत्र हुन नदिने विश्वास दिलाए।
मन्त्री ज्ञावली र अध्यक्ष पन्तबीचको वार्तामा तत्काललाई नेपाल सरकार, दूतावास र गैरआवासीय नेपाली संघले मिलेर विदेशमा रहेका नेपालीलाई सहायता पुर्याउने समझदारी भएको एनआरएनएले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।