काठमाडौं- प्रज्ञान सेक्युरिटीजका प्रमुख प्रल्हादकुमार वलीको हृदयघातका कारण असामयिक मृत्यु भएको छ। वली सुगरका बिरामी थिए। सुगरका कारणले उनको ‘हार्ट ब्लकेज’ हुँदा मृत्यू भएको अस्पतालले जनाएको छ।
केहि समय अगाडि पनि उनको मुटुमा समस्या देखिएको थियो। ह्याम्स अस्पतालले बिहान १० बजे उनको मृत्यु भएको पुष्टि गरेको थियो। उनको ५६ वर्षको उमेरमा मृत्यु भएको हो। उनको श्रीमती, एक छोरा र एक छोरी छन्।
वली २०६४ सालदेखि प्रज्ञान सेक्युरिटिजका सञ्चालक थिए। सोल्टी होटलमा काम गरिरहेका वलीलाई उनका पार्टर मित्रलाल श्रेष्ठले ब्रोकरमा लगानी गर्न प्रस्ताव गरे उनि यस पेशामा आएका थिए। मिजासिलो स्वभावका वलीको मृत्युको खबर सुनेर दुख लागेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए।
वलीको स्थायी घर झापा हो। उनी प्रधामन्त्री केपी शर्मा वलीका दाजुभाइ खलका पर्छन्। उनको अन्तिम संस्कार बुधबारमात्रै गरिने भएको छ। छोरा अमेरिकामा भएकाले आउन नसक्ने भएपछि उनका आफन्त झापाबाट बुधबारमात्रै आउने भएकोले भोलि अन्तिम संस्कार गरिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।