काठमाडाैं- शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको आरोपमा रुपन्देहीकाे सिद्धार्थनगर नगरपालिकाका एक जना कम्प्युटर अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएकाे छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाका कम्प्युटर अधिकृत प्रभात ज्ञवालीविरुद्ध मंगलबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
ज्ञवालीले बढुवाका लागि पेश गरेको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको उजुरी परेपछि आयोगले उनीविरुद्ध अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा भारतको माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसीबाट उनले लिएको शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली रहेको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको कोइरालाले बताए।
दुई पटकसम्मको बढुवामा ज्ञवालीले सोही नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरेको पाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।