काठमाडौं– फिल्म 'तिमी हुन्छौ जहाँ जहाँ'को ‘तिम्रो हर सासमा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्म युनिटले प्रचारप्रसारका लागि पहिलो गीत दर्शकमाझ सार्वजनिक गरेको हो।
अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र फिरोज बस्नेतको स्वर छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अभिनेत्री मलिना जोशी र मनिष सुन्दर श्रेष्ठको अभिनय देख्न सकिन्छ।गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्।
फिल्ममा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठसँगै स्वरूपपुरुष ढकाल लगायतको अभिनय छ।
रामशरण उप्रेतीको छायांकन रहेको फिल्ममा माधव घिमिरेको पटकथा तथा संवाद छ। फिल्मलाई भूपेन्द्र अधिकारी र शालिक सुवेदीले सम्पादन गरेका हुन्।
फिल्म आगामी असार ७ बाट प्रदर्शनमा आउने जनाइएको छ।
गीतकाे भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।