सौल- दक्षिण कोरियाले भिसा अवधि सकिएका नेपाली कामदारहरुको पुनः ५० दिन भिसा अवधि थपिदिने भएको छ।
कोरियाको श्रम मन्त्रालयको पछिल्लो निर्णयअनुसार अप्रिल १४ तारिख मंगलबारदेखि लागू हुने गरी ईपिएसअन्तर्गत दक्षिण कोरिया आएर भिसा अवधि सकिन लागेको अवस्थाका नेपालीहरुको भिसा अवधि थप गर्ने निर्णय गरेको हो।
भिसा अवधि सकिन लागेका कामदारहरुलाई त्यहाँस्थित अध्यागमनमा सम्पर्क गर्न कोरियास्थित नेपाली दूतावासले आग्रह गरेको छ। हाल रोजगारीको खोजीमा दक्षिण कोरिया पुगेका ४० हजारभन्दा बढी नेपालीहरु कोरियामा कार्यरत छन्।
कोरोना महामारीका कारण सरकारले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश आगमनमा रोक लगाएसँगै उनीहरु स्वदेश फर्कन पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।