• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

महासेठले गिराएको भौतिक पूर्वाधारको साख उठाउँदै नेम्वाङ

64x64
शिव बोहरा सोमबार, वैशाख १, २०७७  ११:२३
1140x725

काठमाडौं- केपी ओली सरकारको आकर्षक मानिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सुरुवाती जिम्मेवारी पाए इन्जिनियर समेत रहेका रघुवीर महासेठले। २०७४ को अन्त्यतिर मन्त्री बनेका महासेठ २०७६ मंसिरमा आइपुग्दा पदच्युत भए।

दुईतिहाइ मतसहित बनेको सरकारका भौतिक पूर्वाधार मन्त्रीले केही गर्लान् भन्ने अपेक्षा आम मानिसमा थियो। तर महासेठबाट अपेक्षाकृत कामभन्दा विवाद बढी भएपछि बहिर्गमनमा परेका हुन्। मन्त्री भएलगत्तै महासेठले ३ महिनामा काठमाडौंका सडकमा खाल्डाखुल्डी नहुने बताएका थिए। तर आममानिसले त्यो देख्न बसन्तकुमार नेम्वाङलाई नै कुर्नुपर्‍यो।

विवादित छविसहित बाहिरिए महासेठ
२०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका केपी ओलीले चैत २ गते महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सुम्पेका थिए। मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उनले जुन उत्साह र आशा देखाएका थिए, त्यसको ग्राफ मन्त्रीबाट हट्ने बेलासम्म ऋणात्मक भइसकेको थियो।

उनी मन्त्रीबाट हटेको केही समयमै पदको दूरुपयोग गरी अनियमियता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सडक विभाग, यातायात व्यवस्था विभाग र रेल विभागमा आफ्नो निजी सचिवालयमार्फत अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उल्लेख छ। महासेठले श्रीमती जुली महतोमार्फत विभागीय प्रमुख र अन्य कार्यालय प्रमुखलाई सरुवा र जागिर खाइदिने डर धम्की देखाइ कानुन विपरीतका काम गर्न दबाब दिएको आरोप समेत लगाइएको छ।

सडक विभागका तत्कालीन महानिर्देशक रवीन्द्र श्रेष्ठलाई हटाई केशव शर्मालाई महानिर्देशक बनाउन, रेल विभागमा बलराम मिश्रलाई ल्याउन ठूलो आर्थिक चलखेल गरेका आरोप उनीमाथि छ।  मन्त्रीको दबाबकारी भूमिकाका कारण पूर्वपश्चिम रेलमार्ग खण्डको निजगढ-भरतपुर खण्डको पुनः विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रियाको फाइल रोकेर राखेका थिए। उनी मन्त्रीबाट पदच्युत भएपछि मात्र उक्त ठेक्का सम्झौता अघि बढेको हो।

नागढुङ्गा सुरूङ, धुलिखेल सुरूङ सहित सडक विस्तारलगायत विभिन्न आयोजनामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप उनीमाथि छ।

त्यस्तै, महासेठले सार्वजनिक यातायातको क्षेत्रमा समेत सुधारलाई मोहरा बनाएर आर्थिक चलखेल गरेको आरोप छ। हट्नै लागेको सार्वजनिक यातायातको सिन्डिकेट महानिर्देशक नै परिवर्तन गरेर कायम राख्नमा महासेठले नै भुमिका खेलेका हुन्। स्मार्ट लाइसेन्स छपाइमा समेत अनियमितता गरी छपाइ ढिलो गराएको आरोप उनले खेपिरहेका छन्।

बसन्त नेम्वाङले जगाएको आशा
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीबाट रघुवीर महासेठलाई हटाएपछि उनको ठाउँमा आए पाँचथरबाट निर्वाचन सांसस बसन्तकुमार नेम्वाङले। नेम्वाङले २०७६ मंसिर ५ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा सपथ लिएर कार्यभार सम्हालेका थिए।

Ncell 2
Ncell 2

कार्यभार सम्हाल्दा उनले आफू काठमाडौंको सडकको अवस्थाबारे जानकार रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि उनले कहिँकतै सार्वजनिक प्रतिक्रिया दिएनन्। र एकै पटक मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा पत्रकार सम्मेलन गरेर आफूले गरेका प्रयासको बारेमा जानकारी गराए।

सय दिनमा उनले सडक विभागअन्तर्गत रहेका २४ हजार ३ सय वर्गमिटर अर्थात् ९ हजार ५ सय वटा खाल्डा पुरिएको बताएका थिए। उपत्यकाको २७ किलोमिटर सडक मर्मत भएको छ। मन्त्री नेम्वाङले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको बताएका हुन्।

वर्षौदेखि बल्न नसकेको उपत्यकाका विभिन्न चोकमा रहेका ट्राफिक लाइट बल्न थालेका छन्।

नेम्वाङले मुख्य गरी तीनवटा विषयलाई व्यवस्थित गर्ने सोच मन्त्रालयले बनाएको बताएका छन्। नीतिगत सुधारका कुराहरु, सांगठनिक सुधारका कार्यहरु र विकास निर्माणलाई तीव्रता दिने र त्यसको पर्याप्त अनुगमन सुपरीवेक्षण गर्दै समस्याहरुलाई निराकरण गर्दै विकास र निर्माणको गतिलाई तीव्रता दिनेमा उनको जोड छ।

रूग्ण ठेक्का सक्ने लक्ष्य
मन्त्री नेम्वाङले वर्षौदेखि नबनी बसेका रूग्ण अवस्थामा रहेका ठेक्का सक्ने नीति लिएका छन्। सार्वजनिक खरिद नियमावली संशोधन गरेर जुनसुकै ठेक्काको १ वर्ष म्याद थप्ने र काम नगरे स्वतः ठेक्का तोडिन भएको छ। यसले पुराना ठेक्काको काम सकिने र नसकिनेहरूलाई नयाँ तरिकाबाट काम अघि बढाउन सजिलो हुनेछ। देशभर यस्ता आयोजनाको संख्या करिब १८ सय भन्दा बढी हरेको छ। भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका अधिकांशको म्याद थप भइसकेको छ।

फेरिएका काठमाडौंका सडक र कोरोनाबीच काम
काठमाडौंका सडकमा खाल्डो भेटिनु सबैका लागि सामान्य भइसकेको थियो। यहाँको सडक नै यस्तै हो भन्ने आममानिसलाई परिसकेकै थियो। तर नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा भनेका कुरा व्यवहारमा लागू गरे र काठमाडौंका सडक चिल्ला बने। अहिले पनि त्यो काम जारी छ। अहिले विश्व नै कोरोनाको चपेटामा छ, देश लकडाउनमा। यहीबीच पनि मजदुर उपलब्ध भएसम्म उपत्यकाका सडक मार्किङ गर्ने काम भई नै रहेको छ।

त्यस्तै उपत्यकाबाहिर पनि विभिन्न सडक आयोजनाहरूमा काम भइरहेको छ। विभिन्न सडक खण्डमा ओभरलेदेखि पुल समेत मर्मतको काम सडक विभाग अन्तर्गतका आयोजनाले गरिरहेका छन्। यसले के देखाउँछ भने सकारात्मक सोच सहित काम गर्ने हो भने परिणाम देखिन धेरै समय कुर्न पर्दैन। मन्त्री नेम्वाङको काम गराइले त्यो पुष्टि गरिसकेको छ। आशा गरौं, कोरोनाको चपेटा चाँडै नै अन्त्य हुनेछ र हाम्रा पूर्वाधार आयोजनहरूको गति नेम्वाङको नेतृत्वमा तिब्र हुनेछ!

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ११:२३
  • #सडक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो।... मंगलबार, मंसिर १६, २०८२
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि आइतबार, पुस ६, २०८२
तोकिएकै समयमा चुनाव गराउन लागिरहेका छौं : प्रधानमन्त्री आइतबार, पुस ६, २०८२
रवि लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समितिको बैठक सुरु आइतबार, पुस ६, २०८२
सञ्चार मन्त्री खरेलले भने : ‘सरकार अनलाइन मिडियासँग सहकार्य गर्न तयार छ’ आइतबार, पुस ६, २०८२
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
भोलिदेखि देशव्यापी आन्दोलन गर्ने जेनजी मिराज ढुङ्गाना समूहको घोषणा आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्