• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

महासेठले गिराएको भौतिक पूर्वाधारको साख उठाउँदै नेम्वाङ

64x64
शिव बोहरा सोमबार, वैशाख १, २०७७  ११:२३
1140x725

काठमाडौं- केपी ओली सरकारको आकर्षक मानिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सुरुवाती जिम्मेवारी पाए इन्जिनियर समेत रहेका रघुवीर महासेठले। २०७४ को अन्त्यतिर मन्त्री बनेका महासेठ २०७६ मंसिरमा आइपुग्दा पदच्युत भए।

दुईतिहाइ मतसहित बनेको सरकारका भौतिक पूर्वाधार मन्त्रीले केही गर्लान् भन्ने अपेक्षा आम मानिसमा थियो। तर महासेठबाट अपेक्षाकृत कामभन्दा विवाद बढी भएपछि बहिर्गमनमा परेका हुन्। मन्त्री भएलगत्तै महासेठले ३ महिनामा काठमाडौंका सडकमा खाल्डाखुल्डी नहुने बताएका थिए। तर आममानिसले त्यो देख्न बसन्तकुमार नेम्वाङलाई नै कुर्नुपर्‍यो।

विवादित छविसहित बाहिरिए महासेठ
२०७४ फागुन ३ गते प्रधानमन्त्री बनेका केपी ओलीले चैत २ गते महासेठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सुम्पेका थिए। मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उनले जुन उत्साह र आशा देखाएका थिए, त्यसको ग्राफ मन्त्रीबाट हट्ने बेलासम्म ऋणात्मक भइसकेको थियो।

उनी मन्त्रीबाट हटेको केही समयमै पदको दूरुपयोग गरी अनियमियता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि सडक विभाग, यातायात व्यवस्था विभाग र रेल विभागमा आफ्नो निजी सचिवालयमार्फत अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमा उल्लेख छ। महासेठले श्रीमती जुली महतोमार्फत विभागीय प्रमुख र अन्य कार्यालय प्रमुखलाई सरुवा र जागिर खाइदिने डर धम्की देखाइ कानुन विपरीतका काम गर्न दबाब दिएको आरोप समेत लगाइएको छ।

सडक विभागका तत्कालीन महानिर्देशक रवीन्द्र श्रेष्ठलाई हटाई केशव शर्मालाई महानिर्देशक बनाउन, रेल विभागमा बलराम मिश्रलाई ल्याउन ठूलो आर्थिक चलखेल गरेका आरोप उनीमाथि छ।  मन्त्रीको दबाबकारी भूमिकाका कारण पूर्वपश्चिम रेलमार्ग खण्डको निजगढ-भरतपुर खण्डको पुनः विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रियाको फाइल रोकेर राखेका थिए। उनी मन्त्रीबाट पदच्युत भएपछि मात्र उक्त ठेक्का सम्झौता अघि बढेको हो।

नागढुङ्गा सुरूङ, धुलिखेल सुरूङ सहित सडक विस्तारलगायत विभिन्न आयोजनामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप उनीमाथि छ।

त्यस्तै, महासेठले सार्वजनिक यातायातको क्षेत्रमा समेत सुधारलाई मोहरा बनाएर आर्थिक चलखेल गरेको आरोप छ। हट्नै लागेको सार्वजनिक यातायातको सिन्डिकेट महानिर्देशक नै परिवर्तन गरेर कायम राख्नमा महासेठले नै भुमिका खेलेका हुन्। स्मार्ट लाइसेन्स छपाइमा समेत अनियमितता गरी छपाइ ढिलो गराएको आरोप उनले खेपिरहेका छन्।

बसन्त नेम्वाङले जगाएको आशा
तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीबाट रघुवीर महासेठलाई हटाएपछि उनको ठाउँमा आए पाँचथरबाट निर्वाचन सांसस बसन्तकुमार नेम्वाङले। नेम्वाङले २०७६ मंसिर ५ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रूपमा सपथ लिएर कार्यभार सम्हालेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यभार सम्हाल्दा उनले आफू काठमाडौंको सडकको अवस्थाबारे जानकार रहेको प्रतिक्रिया दिएका थिए। त्यसपछि उनले कहिँकतै सार्वजनिक प्रतिक्रिया दिएनन्। र एकै पटक मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा पत्रकार सम्मेलन गरेर आफूले गरेका प्रयासको बारेमा जानकारी गराए।

सय दिनमा उनले सडक विभागअन्तर्गत रहेका २४ हजार ३ सय वर्गमिटर अर्थात् ९ हजार ५ सय वटा खाल्डा पुरिएको बताएका थिए। उपत्यकाको २७ किलोमिटर सडक मर्मत भएको छ। मन्त्री नेम्वाङले यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको बताएका हुन्।

वर्षौदेखि बल्न नसकेको उपत्यकाका विभिन्न चोकमा रहेका ट्राफिक लाइट बल्न थालेका छन्।

नेम्वाङले मुख्य गरी तीनवटा विषयलाई व्यवस्थित गर्ने सोच मन्त्रालयले बनाएको बताएका छन्। नीतिगत सुधारका कुराहरु, सांगठनिक सुधारका कार्यहरु र विकास निर्माणलाई तीव्रता दिने र त्यसको पर्याप्त अनुगमन सुपरीवेक्षण गर्दै समस्याहरुलाई निराकरण गर्दै विकास र निर्माणको गतिलाई तीव्रता दिनेमा उनको जोड छ।

Xtrem

Xtrem

रूग्ण ठेक्का सक्ने लक्ष्य
मन्त्री नेम्वाङले वर्षौदेखि नबनी बसेका रूग्ण अवस्थामा रहेका ठेक्का सक्ने नीति लिएका छन्। सार्वजनिक खरिद नियमावली संशोधन गरेर जुनसुकै ठेक्काको १ वर्ष म्याद थप्ने र काम नगरे स्वतः ठेक्का तोडिन भएको छ। यसले पुराना ठेक्काको काम सकिने र नसकिनेहरूलाई नयाँ तरिकाबाट काम अघि बढाउन सजिलो हुनेछ। देशभर यस्ता आयोजनाको संख्या करिब १८ सय भन्दा बढी हरेको छ। भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका अधिकांशको म्याद थप भइसकेको छ।

फेरिएका काठमाडौंका सडक र कोरोनाबीच काम
काठमाडौंका सडकमा खाल्डो भेटिनु सबैका लागि सामान्य भइसकेको थियो। यहाँको सडक नै यस्तै हो भन्ने आममानिसलाई परिसकेकै थियो। तर नेम्वाङले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा भनेका कुरा व्यवहारमा लागू गरे र काठमाडौंका सडक चिल्ला बने। अहिले पनि त्यो काम जारी छ। अहिले विश्व नै कोरोनाको चपेटामा छ, देश लकडाउनमा। यहीबीच पनि मजदुर उपलब्ध भएसम्म उपत्यकाका सडक मार्किङ गर्ने काम भई नै रहेको छ।

त्यस्तै उपत्यकाबाहिर पनि विभिन्न सडक आयोजनाहरूमा काम भइरहेको छ। विभिन्न सडक खण्डमा ओभरलेदेखि पुल समेत मर्मतको काम सडक विभाग अन्तर्गतका आयोजनाले गरिरहेका छन्। यसले के देखाउँछ भने सकारात्मक सोच सहित काम गर्ने हो भने परिणाम देखिन धेरै समय कुर्न पर्दैन। मन्त्री नेम्वाङको काम गराइले त्यो पुष्टि गरिसकेको छ। आशा गरौं, कोरोनाको चपेटा चाँडै नै अन्त्य हुनेछ र हाम्रा पूर्वाधार आयोजनहरूको गति नेम्वाङको नेतृत्वमा तिब्र हुनेछ!

प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  ११:२३
  • #सडक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने हाललाई ट्र्याक निर्माणको काम रोकेर यातायात सञ्चालनलाई सहज र सुरक्षित बनाउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनाएक... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्