एजेन्सी–भारतमा कोरोना भाइरस संक्रमणका कारण ३०० सयभन्दा धेरैले ज्यान गुमाएका छन्। संक्रमितको संख्या ९ हजार नाघेको छ।
भारतमा ९ हजार १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सवैभन्दा धेरै संक्रमण र मृत्यु महाराष्ट्रमा देखिएको छ। महाराष्ट्रमा कोरोना भाइरसका कारण हालसम्म १४९ जनाले ज्यान गुमाएका छन् भने १९८५ जना संक्रमित भएका छन्।
त्यस्तै दिल्लीमा ११५४, लमिलनाडुमा १०४३ र राजस्थानमा ८०४ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै ८५७ जना उपचारपछि निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।