• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत १६, २०८२ Mon, Mar 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोरोना भाइरस : १५ भ्रम र तथ्य

64x64
नेपाल लाइभ आइतबार, चैत ३०, २०७६  १४:२२
1140x725

कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसका विषयमा धेरै भ्रमहरु समेत फैलिरहेको छ। गलत जानकारीका कारण मानिसहरुमा थप समस्या निम्तिने खतरा समेत बढेको छ। यही कुरालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले विश्वभर फैलिएको कोरोनाका विषयका भ्रमलाई चिर्ने गरी तथ्य सार्वजनिक गरेको छ। 

भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरका चिफ मेडिकल डाइरेक्टर तथा नेत्र रोग विशेषज्ञ डा ज्ञानेन्द्र लामिछाने विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको भ्रम र तथ्यलाई नेपाली रुपान्तरण गरेका छन्। 

भ्रम १) गर्मीमा बस्दा, तातो पानी खाँदा वा तातो पानीले नुहाउदा कोरोनाको जोखिम कम हुन्छ?

तथ्य - जाडो गर्मी, तातो चिसो सबै मौषममा कोरोनाको जोखिम उत्तिकै रहन्छ। गर्मी हुने देशहरुमा पनि कोरोना फैलिरहेको छ। कोरोनाबाट जोगिन हात धुने, सामाजिक दुरी कायम गर्ने गरौं।

तातो पानी पिउँदैमा वा वा नुहाउदैमा जोखिम कम हुदैन। त्यस्तै घाँटीको भाइरस तातोपानी  पिउनाले पेटतिर जाने पनि हुदैन। तातोपानी पिउनु  स्वास्थ्यको हिसाबले पनि राम्रो मानिन्छ, रुघाखोकीबाट आराम पक्कै पाउन सकिन्छ तर कोरोना संक्रमण र तातोपानीको कुनै सम्बन्ध छैन।

भ्रम २) एक पटक कोरोना लाग्यो भने जीवन भरी त्यो भाइरस शरीरमै बस्छ?

तथ्य - धेरै जसो (८० प्रतिशतभन्दा बढी) कोरोना लागेको व्यक्ती सामान्य लक्षणभै निको हुन्छ्न्।

१५ प्रतिशत सिरियस अवस्थामा जान्छ्न् र त्यो १५  मध्ये पनि ४५ प्रतिशत निको हुन्छ्न्। रोग निको भएसँगै भाइरस शरीरमा जीवनभरी बस्दैन तर शरीर बाहिर विभिन्न चिजमा केही अवधीसम्म रहन सक्ने बताइएको छ।

Ncell 2
Ncell 2

भ्रम ३) मलाई कोरोना छ कि छैन भनेर घरमै बसेर थाह पाउने बिधी छ? १० सेकेन्डसम्म श्वास रोकेर नखोकी बस्न सके आफूलाई  कोरोना छैन भनेर बुझ्नु पर्छ?

तथ्य - यो गलत बुझाइ हो। कोरोना छ छैन भनेर कन्फर्म हुने एक मात्र उपाय प्रयोगशाशला परीक्षण नै हो।

भ्रम ४) मदिरा वा अन्य त्यस्तै चिज वा रक्सी सेवन गर्नाले कोरोनाबाट जोगिन सकिन्छ?

तथ्य - एकदम गलत बुझाइ हो। बरु यसले झन थप जटिलता ल्याउन सक्छ।

भ्रम ५) कोरोना भाइरस लामखुट्टे र झिंगाबाट पनि सर्छ?

तथ्य - लामखुट्टेबाट फैलने कुनै प्रमाण छैन। ल्यान्सेट नामक एक मेडिकल जर्नलले कोरोना संक्रमित मानिसको दिशामा भाइरस केही समय जिवित रहने र झिंगाले बोक्न सक्ने भनेर लेखिएको छ।

तर मानिसमा सर्ने कुनै आधार र प्रमाण आजसम्म भेटिएको छैन। त्यसैले अहिलेसम्म यो भ्रम मात्र हो। कोरोना सर्ने भनेको संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यु गर्दा र हातको माध्यमबाट हो।

भ्रम ६) थर्मल स्क्यानरले कोरोना पत्ता लगाउन सकिन्छ?

तथ्य - थर्मल स्क्यानरले शारीरको तापक्रम मात्र नाप्ने हो। ज्वरो कोरोनाको एक लक्षण हुनाले यो मात्र जाँच गर्ने हो। कोरोना संक्रमित भएपछि पनि ज्वरो आउन २ देखि १० दिनसम्म पनि लाग्न सक्छ। कोरोना पुष्टि गर्ने प्रयोगशाला परीक्षण मात्र एक माध्यम हो। 

भ्रम ७) शरीरमा मदिरा वा क्लोरिन झोल छर्कँदा पनि कोरोना लाग्दैन।

तथ्य - गलत। बरु उल्टै छाला, आँखा र मुखमा हानी गर्न सक्छ।

भ्रम ८) निमोनियाको लागि लगाइने खोपले कोरोनाबाट बचाउँछ?

तथ्य - गलत। यो कोरोना भाइरस एकदम नयाँ हो त्यसैले नोबल कोरोना भाइरस भनिएको छ। यसको लागि आफ्नै खोप चाहिन्छ। जुन अनुसन्धानको क्रममा छ। निमोनिया, इन्फ्लूएन्जा वा फ्लूको खोपले कोरोनाविरुद्ध कुनै सुरक्षा हुँदैन।

भ्रम ९) नियमित रुपले नुन पानीले नाक सफा गर्ने वा कुल्ला गर्दा कोरोनाबाट जोगिन्छ?

तथ्य - सामान्य मौषमी रुघाखोकीमा पक्कै पनि  केही राहत हुन्छ तर यसो गरेर  कोरोनाबाट बच्न सकिन्छ भन्नु गलत हो।

भ्रम १०) लसुन, प्याज खानाले कोरोनाबाट बच्न सकिन्छ?

तथ्य - लसुन, प्याजमा एन्टीमाइक्रोबियल गुण (संक्रमणसँग लड्ने क्षमता) हुन्छ तर यसले कोरोनाबाट बचाउँछ भन्ने कुरा गलत हो।

भ्रम ११) कोरोनाले खाली वृद्धवृद्धालाई मात्र असर गर्छ?

तथ्य - कुनै पनि उमेरका मानिस, महिला वा पुरुषलाई यसले असर गर्न सक्छ। तर वृद्धावस्थाका व्यक्ति विशेषगरी मधुमेह, अनियन्त्रित रक्तचाप, दम भएका व्यक्ति अलि बढी जोखिम समूहमा पर्छन्।

भ्रम १२) के एन्टिवायोटिक कोरोना रोकथाम र उपचारमा प्रभावकारी हुन्छ?

तथ्य - एन्टिवायोटिक औषधि व्याक्टेरियाको लागि हो। कोरोना एक  भाइरस हो त्यसैले एन्टिवायोटिकको कुनै भूमिका हुँदैन। तर भाइरस संक्रमण भएको व्यक्तिलाई सँगसँगै व्याक्टेरियाको पनि संक्रमण छ भने त्यतिबेला मात्र त्यो व्याक्टेरियल संक्रमण नियन्त्रण गर्न एन्टिवायोटिकको भूमिका हुन्छ।

भ्रम १३) के कोरोनाकोविरुद्द कुनै विशेष औषधि छ त?

तथ्य - अहिलेसम्म त छैन। तर केही औषधिहरु  विभिन्न चरणमा अनुसन्धान जारी छ।

भ्रम १४) हाइड्रोक्सिक्लोरोकुइन औषधि कोरोनाको बचाउ र उपचारमा प्रभावकारी छ?

उत्तर - अहिलेसम्म यसका साथै अरु धेरै औषधिहरु अनुसन्धानकै क्रममा छ। त्यसैले चिकित्सकको सल्लाहबीना यो सेवन गर्नु घातक हुन सक्छ विषेश गरि मुटुका रोगिले।

भ्रम १५) फाइबजी नेटवर्क (5G network)ले कोरोना फैलाएको हुनसक्छ?

तथ्य - भाइरस कुनै पनि विकिरण, मोबाइल नेटवर्कबाट फैलन र सर्न सक्दैन। कोरोना भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युँ गर्दा निस्कने थुकका छिटाबाट सर्छ। त्यस्तै संक्रमित सतहमा छोए लगत्तै मुख, नाक वा आँखामा हातल लगेमा वा छोएमा सर्छ।


 

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनताप्रतिको बोली व्यवहार सुधार्नु प्रहरीलाई गृहमन्त्रीको निर्देशन
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
आगामी बजेटबारे ४ मन्त्रालयसँग योजना आयोगको छलफल
सम्बन्धित सामग्री
रवि लामिछानेको सहकारी ठगी प्रकरणमा वैशाख १४ गते अर्को पेशी तोकियो अदालतका अनुसार आगामी वैशाख १४ गतेका लागि पेशी निर्धारण गरिएको हो। आइतबार, चैत १५, २०८२
रवि लामिछानेको मुद्दामा सुनुवाइ जारी, आज निर्णय आउन सक्ने महान्यायाधिवक्ता कार्यालयले सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गरेको निर्णयविरुद्ध दायर रिटमाथि बहस जारी... आइतबार, चैत १५, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते राती करिब १ बजे बर्दघाट नगरपालिका–४ स्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको... शनिबार, चैत १४, २०८२
ताजा समाचारसबै
जनताप्रतिको बोली व्यवहार सुधार्नु प्रहरीलाई गृहमन्त्रीको निर्देशन सोमबार, चैत १६, २०८२
रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश सोमबार, चैत १६, २०८२
आगामी बजेटबारे ४ मन्त्रालयसँग योजना आयोगको छलफल सोमबार, चैत १६, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह सोमबार, चैत १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै आइतबार, चैत १५, २०८२
ओली र लेखकको म्याद थपको बहस सकियो, निर्णय केही बेरमा आइतबार, चैत १५, २०८२
ठेकेदारले कर्मचारीलाई कमिसन नदिने सहमति सोमबार, चैत १६, २०८२
प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने शिक्षामन्त्रीको निर्णय आइतबार, चैत १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्