• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मजदूर परिवारको दुःखेसो-घरमा चामलको गेडो छैन, बालुवा खाने कुरा भएन

64x64
विनय बाह्रकोटी आइतबार, चैत ३०, २०७६  ०९:१२
1140x725

इटहरी–पूर्वपश्चिम राजमार्गदेखि १ किलोमिटर उत्तरमा पर्छ सीतापुरे टोल। मोरङको सुन्दरहरंैचा नगरपालिका ६ स्थित उक्त टोलमा सरदर ७० परिवारको बसोबास छ। अधिकांश जनजाति र दलित समुदाय। जातीय बहुलता भए पनि दैनिक गुजाराको प्रकृति समान छ। उक्त टोलको पूर्वपट्टिबाट बग्ने गछीया खोला नै उनीहरुको गुजाराको मुख्य श्रोत हो। 

खोलाबाट बालुवा निकाल्नु र गाडीमा बालुवा भर्नु उनीहरुको दैनिकी हो। सुख–दुःख जस्तो भए पनि खोलाले गुजारा चलाइदिएको छ।  तर आजकाल लकडाउनले गर्दा गाडी चलेको छैन। खोलामा चालेको बालुवा कुन दिन बगेर जाने हो ठेगान छैन। सडक बन्द छ। त्योसँगै उनीहरुको गाँस पनि बन्द हुने अवस्थामा छ। 

लकडाउनपछि अधिकांश स्थानीय सरकार राहतको प्याकेज लिएर घर–घरमा गइरहेका छन्। पहिलो चरणको राहत वितरण भइसकेको र दोस्रो चरणको राहत बाँड्ने प्रकृयामा स्थानीय सरकार लागिपरेको छ। तर कतिपय स्थानमा राहतमा राजनीति छिरिसकेको छ। वास्तविक गरिब र मजदूरले राहतको नाममा एक गेडो चामल पाएका छैनन् । 

गछिया खोला

त्यसैमध्येको एक हो सीतापुरे टोला। केही दिन अगाडि वडाध्यक्षसहितको टोलीले राहत वितरणका लागि नाम संकलन ग¥यो। सो टोलका सबैले नाम टिपाए। भोलिपल्ट राहत बोकेको एउटा ट्याक्टर टोलमा छि¥यो। सबैले राहतको आश गरिरहेका थिए। तर छुट्टै बाईकमा आएका केही मान्छेले ३ घरमा मात्र एउटा बोरामा चामल, दाल र एकपोका तेल थमाए । त्यसपछि ट्याक्टर बाटो लाग्यो । 

सीतापुरे टोल

‘कसैलाई दियो, कसैलाई छुटायो। खै किन हो हामीलाई दियो, तर अरु घरमा दिएन,’ स्थानीय मानबहादुर परियारले भने, ‘फेरि पनि ल्याउनेचाहिँ भन्दैछन्। अब देलान् कि !’ 

Ncell 2
Ncell 2
nimb
nimb

‘हामी सौताका छोरा हुम् कि ! किन हो छुटाउनु पर्ने ? घरमा चामलको गेडो छैन बालुवा खाने कुरा आएन,’ सँगै बसेका बिन्द्रमान राईले थपे। बिन्द्रामानको कुरा सकिन नपाउँदै छेवैमा तास हेरिहेका सबैले एकै स्वरमा राहतमा विभेद भएको बताए। एकघरमा ३ देखि ५ जनाको परिवार छ। आफू खान नपाए पनि छोराछोरीलाई खुवाउन पाए आनन्द हुने बताउँछन् बिन्द्रमान । 

५ दिनअघि स्थानीय युवा रोशन लिम्बुले राहत दिए। उनले दिएको ५ केजी चामलले केही दिन सहज भएको मीना तामाङ बताउँछिन्। ‘अब फेरि आउँछ त भन्दैछन् तर के गर्नु चुलो बल्नै छाडिसक्यो,’ उनले भनिन्, ‘अस्ति पनि नेताहरु आका थिए। तर चोरेर ल्याएजस्तो कसैले देख्ला कि जस्तै गरेर फनक्क फर्काएर लगे ।’ 

‘बालुवा बेचेर दुःख–सुख खाइएकै थियो,’ मीनाले थपिन्, ‘अब त्यही बालुवा खाने बेला भएको छ । के हैजा आयो यो आपतको बेला ।’ 

Xtrem
Xtrem

अब केही दिन पनि यसैगरी बित्यो भने खानै नपाएर मरिन्छ कि भनेर चिन्तित छन् उनी । उनीहरुको खेतीपाती भनेकै गछीया खोला हो। असारदेखि खोलामा बालुवा निकाल्न पाइँदैन । त्यसैले आधापेट खाएरै भए पनि धमाधम बालुवा चालिरहेका छन् उनीहरु । लकडाउन खुलेपछि बालुवा बेचेर जोहो गर्ने धुनमा छन् उनीहरु । 

मीनाको कुरा सकिन नपाउँदै मनोज परियारले थपे, ‘के गर्नु सर बिजोग छ । बालबच्चा बिरामी हुन्छन्। औषधि किन्ने पैसा छैन। कसैसँग ऋण गरौ भने यो बेला कसले देला। ठूलासाहुँकोमा जान पाइँदैन । डाक्टरले पौष्टिक खुवाउनु भनेको छ । घरमा चामल छैन के खुवाउने होला सर?’ 

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  ०९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
विनय बाह्रकोटी
विनय नेपाल लाइभका संवाददाता हुन्।
लेखकबाट थप
किसानलाई कोरोनाको भन्दा फौजी किराको तनाव 
नेतृत्वमात्र होइन, पुस्ता नै परिवर्तन
विराटनगरमा उपचाररत ६ जना कोरोना संक्रमित डिस्चार्ज
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे, पाए मनाङ जिल्ला संयोजकको जिम्मेवारी मंगलबार, असोज १३, २०८३
कार्की कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्