सुडान मिसन अनमिडको मुख्यालय डार्फरमा स्व. रिदेश बिष्टप्रति श्रद्धान्जली अर्पण गरिँदै। इन्सेटमा स्व. बिष्ट।तस्बिर : राष्ट्रसंघ शान्तिमिसन
काठमाडौं–शान्ति मिसनमा ड्युटीका क्रममा निधन भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलाइन्सको जहाज सुडानतर्फ गएको छ। बिस्टको यही चैत १७ गते ड्युटीकै क्रममा हृदयाघात हुँदा ज्यान गएको थियो।
विष्टको शव लिन श्री एएरलाइन्सको नाइन एन ए एमबी कलसाइनको चार्टर जहाज शनिबार बिहान सुडान पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए।
बिष्टको गत चैत १७ गते नै निधन भएको भए पनि कोरोना भाइरसको महामारीका कारण विश्वभर हवाई उडानमा प्रतिबन्ध भएकाले अहिलेसम्म उनको शव नेपाल ल्याइएको थिएन।
सुडान पुग्न नेपाल हुँदै उड्नुपर्ने मुलुकहरु भारत, पाकिस्तान, मस्कट, साउदी अरब र सुडानका लागि परराष्ट्र मन्त्रालयले ओभरफ्लाइङ रुट अनुमति लिइदिएपछि नेपाली सेनाले निजी वायुयान कम्पनी श्रीको सीआरजे बमबार्डियर विमानलाई चार्टर गरेर पठाएको हो।
काठमाडौंबाट बिहान पौने ८ बजे उडेको यो विमान मस्कटमा इन्धन भर्न टेक्निकल ल्याण्डिङ गर्ने छ। त्यहाँ इन्धन भरेर सुडानस्थित खार्तुम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । फर्किँदा पनि मस्कटमा अवतरण गरेर आइतबार दिउँसोमात्रै काठमाडौं फर्किने छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।