काठमाडौं - भारतले नेपालतर्फ हुने औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। फार्मास्युटिकल्सका लागि नेपाल भारतमा पूर्ण रुपमा निर्भर रहेको भन्दै उसले प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) बीच बुधबार भएको भिडियो कन्फ्रेन्सले कोरोनाको उपचारमा प्रयोग हुने पारासिटामोल र हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु)को निर्यातमा गरिएको प्रतिबन्ध खुलुको बनाउने निर्णय गरेको हो।
योसँगै अब भारतले हाइड्रोक्सीक्लोरोक्वीन (एचसीक्यु) र अन्य औषधि नेपालमा आपूर्ति गर्ने भएको छ। नेपाल सहित भुटान र बंगलादेशमा लगाएको प्रतिबन्ध पनि भारतले हटाएको छ।
सार्कका एक अधिकारीले भने, ‘हामी ती देश जो विशेष गरी नेपाल र भुटानलाई मद्दत गर्छौं, जो कयौं उत्पादनका लागि हामीमा निर्भर छन्।’
कोरोनाको जोखिम बढ्दै गएपछि नेपाल सहित अन्य देशमा हुने औषधिको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध हटाउन नेपाल सरकारले भारतलाई आग्रह समेत गरेको थियो। नेपाल अहिले ती ३० देशमध्ये पर्छन्, जो भारतले लगाएको प्रतिबन्ध हटाउन पटक पटक आग्रह गरेका थिए।
उक्त भिडियो कन्फ्रेन्समा भारत सहित अफगानिस्तान, बंगलादेश, भुटान, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्स सहभागी थिए। पाकिस्तान कन्फ्रेन्समा उपस्थित थिएन।
मलेरिया र घुँडाको दुखाईमा प्रयोग हुने औषधि सबैभन्दा धेरै उत्पादन गर्नेमध्ये भारत एक हो। भारतले वर्षेनी ५० मिलियन डलर बराबरको औषधि निर्यात गर्दै आएको छ।
भारतले कोरोनाको महामारी नियन्त्रणका लागि प्रयोग हुने विभिन्न औषधि र कच्चा पदार्थको निर्यातमा पनि केही सहज बनाएको छ। विशेषगरी एचसीक्यु र पारासिटामोलमा भारत खुकुलो भएको हो।
अन्य देशको आपूर्ति भने भारतले आफ्नो आवश्यकता अनुसार तय गर्नेछ। यसको लागि भारतको विदेश मन्त्रालयले विभिन्न आग्रह माथि विचार गर्दै आफ्नो आपूर्ति र आवश्यकताको आधारमा निर्णय बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।