• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

अनलाइन कक्षामा उपकुलपति ढुक्क, क्याम्पस प्रमुखहरु अन्योलमा

64x64
प्रजु पन्त शनिबार, चैत २९, २०७६  ०८:२९
1140x725

काठमाडौं–लकडाउनको अवधि बढेसँगै त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत् पढाई सुरु गर्न सबैलाई आग्रह गर्‍यो। शैक्षिक संस्थाहरु बन्द भएपछि स्नातकोत्तर वा सोभन्दा माथिको कक्षा अनलाइनबाट सुरु गर्न उसले अपिल गरेको थियो।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति  धर्मकान्त बाँस्कोटा अनलाइनबाट कक्षा सञ्चालन हुनेमा ढुक्क देखिए। उनले क्याम्पस प्रमुखहरुसँग आफूले कुरा गरेको बताउँदै विद्यार्थीहरु पनि सहभागी हुने नेपाल लाइभसँग बताए।

‘मैले सबै विभाग र केही क्याम्पसमा कुरा गरिसकेको छु,’ उपकुलपति बाँस्कोटाले भने, ‘केही छुटे पनि धेरै जसो विद्यार्थी सहभागी हुन सक्नेछन्।’

उपकुलपति ढुक्क भए पनि आंगिक क्यापसको नेतृत्व भने अलमलमा देखिए। केही क्यापसले अनलाइन कक्षा सुरु नै गरिसकेका छन्। अधिकांश भने पूर्वाधारको अभावमा अनलाइन कक्षा कसरी सुरु गर्ने अलमलमा देखिए।

पद्मकन्या क्याम्पसका प्रमुख धनप्रसाद पण्डित त्रिविको अपिल नै गोलमटोल रहेको बताउँछन्। अपिल पनि गर्ने अनि स्रोतचाहिँ आफैं खोजौं भनेकाले सम्भव नदेखिएको उनले बताए।

‘पढाउन अपिल पनि गर्ने अनि स्रोत खोजी गर्ने भन्ने पनि हुन्छ?’ पण्डितले भने, ‘कोरोनाको नाममा मन्त्रालयले रकमको दुरुपयोग गरिरहेको छ कसरी सम्भव हुन्छ सबैलाई पढाउन?’

प्राध्यापक राम लोहनी पनि त्रिविको अपिल नै गोलमटोल रहेको र घरमा बस्नुबाहेक अर्को विकल्प नदेखिएको बताउँछन्। लोहनी भन्छन्, ‘विश्वविद्यालयको आफ्नो गतिलो वेबसाइट छैन। शिक्षक–विद्यार्थीलाई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने सम्भावना खोजी गर्ने भनेपछि सबै कुरा त्यहीँ समाप्त भइसक्यो नि।’

धेरै विद्यार्थी पढ्ने क्याम्पसमा तत्काल अनलाइनबाट पठनपाठन सम्भव देख्दैनन् शंकरदेव क्याम्पसका प्रमुख कृष्ण आचार्य। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पहिलो सेमेस्टरमा २७ वटा सेक्सन छन्। बिहान १७ वटा बेलुका १० वटा,’ आचार्य भन्छन्, ‘ताप्लेजुङ‚ पाँचथरदेखि दार्चुलासम्मका विद्यार्थी छन्। न कम्प्युटर हुन्छ न  नेट, तत्काल अनलाइन पढाइ सम्भव देखिँदैन।’ 

प्रविधि नै नाजुक छ
शंकरदेव क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा साढे नौं हजार विद्यार्थी अध्ययनरत छन्। स्नातकोत्तर तहमा मात्रै तीन हजारको हाराहारीमा छन्। ती सबै विद्यार्थी र प्राध्यापक नै इन्टरनेटको पहुँचमा नरहेको बताउँछन् क्याम्पस प्रमुख आचार्य। 

‘हिजो उपकुलपतिज्यूले पनि फोन गर्नुभएको थियो। मैले धेरै विद्यार्थी भएको क्याम्पसमा कसरी सम्भव हुन्छ भनेर सोधें‚ उहाँले कोसिस गर्नुस् भन्नुभएको छ,’ शंकरदेव क्याम्पस प्रमुख आचार्यले भने, ‘सबै विद्यार्थी इन्टरनेट पहुँचमा पनि छैनन्। क्याम्पसकै प्राध्यापकहरुलाई पनि अभिमुखीकरण तालिमको आवश्यकता पर्छ तुरुन्तै यो बेला कसरी सम्भव हुन्छ?’

विश्वविद्यालयका शिक्षकहरूमा प्रविधिसँग राम्रोसँग परिचित र सहज उपयोग गर्न सक्ने कति छन् भन्ने कुरा प्रमुख रहेको  प्राध्यापक राम लोहनी बताउँछन्। 

‘स्नातकोत्तर र त्यसभन्दा माथिका लागि भनिएको छ। यी कक्षामा पढाउनेहरूमा पुरानो पुस्ताका मान्छेको बाहुल्यता छ,’ लोहनी भन्छन्,‘समस्या त्यहींबाट सुरु हुन्छ। मुख्य कुरा कसैकहाँ पनि उच्च गतिको इन्टरनेट होला अहिल्यै भन्ने मलाई विश्वास छैन।विद्यार्थीहरूसँग सम्पर्क हुन सम्भव होला। तर फोन सम्पर्क हुनु र कक्षा सञ्चालन हुनु धेरै फरक कुरा हो।’

पद्मकन्या क्याम्पसमा साढे पाँच हजार विद्यार्थी अध्ययनरत छन्। क्याम्पस प्रमुख धनप्रसाद पण्डितका अनुसार सबै विद्यार्थीहरु इन्टरनेटको पहुँचमा छैनन्। भएकाहरुको पनि द्रुत गतिको इन्टरनेट छैन। 

‘कोरियामा प्रतिसेकेण्ड दुई जिबीको नेट चल्छ,’ पण्डित भन्छन्, ‘हाम्रो काठमाडौंमा नेट राम्रोसँग चल्दैन सफ्ट्वेयर कसरी चल्छ?’

त्रिचन्द्र क्याम्पसका सहायक क्याम्पस प्रमुख नरप्रसाद कोइरालाले इन्टरनेटबाट पढाउने अहिलेसम्म कुनै पनि तयारी नगरेको बताए। ‘त्रिचन्द्रमा १४  हजार विद्यार्थी छन्। ती सबै विद्यार्थी र प्राध्यापक इन्टरनेटको पहुँचमा छैनन्,’ कोइरालाले भने, ‘लकडाउन खुल्छ अनि के गर्न सकिन्छ प्राध्यापकहरुसँग बसेर सल्लाह गर्छौैं।’

यो असामान्य परिस्थितिलाई ध्यानमा राखेर आगामी दिनका लागि केही गर्न सक्यो भने म धन्न भन्छु,’ प्राध्यापक राम लोहनीले भने, ‘विद्यार्थीहरूलाई अनलाइन कक्षामार्फत् अध्ययन अध्यापन गराउने कुरा एकदम राम्रो हो। तर हामी तिर्खा लागेपछि कुवा खन्ने होइन कि कुवाको आवश्यकता महशुस गर्ने प्रजाति पर्‍यौं।’

संकट नै अवसर 
त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा संकट नै अवसर भएको र नयाँ सुरुवात गर्न लागेकाले सबैले सहयोग गर्नुपर्ने बताउँछन्।
‘यहाँभन्दा अघि के भयो म जान्दिनँ,’ उपकुलपति बाँस्कोटाले भने, ‘हामीले वैकल्पिक शिक्षण पद्धतीबारे सोचिरहेका थियौं। अब लागू गर्न लागेका हौं।’

अनलाइनबाट शिक्षण गर्नु अहिलेको अवस्थामा अतिआवश्यक  भएको बताउँछन् त्रिवि नेपाली केन्द्रीय विभागका सहप्राध्यापक नेत्र सुवेदी। लकडाउन कहिलेसम्म हो भन्ने निश्चित नभएका कारण अनलाइन पढाइ  सम्भव भएको उनको ठम्याइ छ।

तर यसका निम्ति विश्वविद्यालयले एकरुपताका निम्ति  विशेष मोबाइल एप दिनुपर्ने र त्यसको सूचना सबै समक्ष पुर्‍याउनुपर्ने, सम्बन्धित विभाग वा क्याम्पससँग विद्यार्थीको सूचना सम्पर्कभित्र वा पहुँचमा हुनुपर्ने र फोन गरेर पनि विद्यार्थीलाई पहुँचमा ल्याउन सकिने बताउँछन्। 

उपकुलपति बाँस्कोटा केही  नयाँ काम गर्न लाग्यो कि धेरै विरोध हुने गरेको भन्दै असुन्तुष्ट देखिए। त्रिविमा तीनथरी प्राध्यापक रहेको उपकुलपति बास्कोटाले बताए। उनका अनुसार एकथरि चक डस्टरबाहेक अरु छुँदै नछुने, दोस्रो इन्टरनेट भनेकै फेसबुक र मेलमात्रै गर्ने  र तेस्रो प्रविधिमैत्री छन्। उनले चक डस्टरले मात्रै पढाउनेले अनलाइनबाट पढाउन सम्भव नदेखेको बताए।

केहीले सुरुवात गरिसके
रत्नराज्य लक्ष्मी क्याम्पसका अर्थशास्त्र विभागले भिडियो कलसम्बन्धि एप जुमबाट विद्यार्थीहरुसँग छलफलको सुरुवात गरेको छ। विभाग प्रमुख सहप्राध्यापक डा कृष्ण आचार्य जुममार्फत् पढाउँदा विद्यार्थीहरुले रमाइलो मानिरहेको बताए।

सरस्वति क्याम्पसले एमबिएम, एमबिएस र एमए इकोनोमीक्सको कक्षा सुरु गरेको एक हप्ता भइसक्यो। सहायक क्याम्पस प्रमुख जनक पौडेल अनलाइन पढाइ भएका कक्षामा प्रायः ९० प्रतिशतभन्दा बढी विद्यार्थी सहभागी हुने गरेको बताए।

उनका अनुसार एमबिएसमा चार सेक्सन ४० जनाका दरले, अर्थशास्त्रमा १७ जना, एमबिएममा ४० जना रहेकोमा विद्यार्थीको उपस्थिति उत्साहजनक छ।

‘हामीले ब्याचलर पढ्ने विद्यार्थी पनि मातहतका प्राध्यापकमार्फत् सम्पर्क गर्दैछौं। सायद सफल हुन्छौं होला‚’ सहायक क्याम्पस प्रमुख पौडेलले भने, ‘हामीसँग सबै विद्यार्थीको फोन नम्बर र इमेल छ। फेसबुक ग्रुपहरु छन् त्यसैले गर्दा कक्षा सञ्चालन गर्न सहज भयो।’

शंकरदेव क्याम्पसले एमबिएममा ४० जनामात्रै विद्यार्थी भएकाले अनलाइन पढाउन सकिने बताएको छ भने त्रिचन्द्रले क्याम्पसभरि ३२ शैक्षिक कार्यक्रममध्ये १४ वटामा सम्भावना भएको बताएको छ। 

त्यस्तै पद्मकन्याले तीन विषयको अनलाइन कक्षा सुरु गर्न सकिने बताएको छ। समाजशास्त्र केन्द्रीय विभागका प्रमुख टिकाराम गौतमले अवस्था यही रहे एमफिलको वैशाख पहिलो हप्ता र एमएको दोस्रो हप्तादेखि कक्षा सञ्चालन गर्ने बताए।

प्रकाशित मिति: शनिबार, चैत २९, २०७६  ०८:२९
  • #Novel Corona Virus
  • #tu

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्