• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरस : महामारीको सय दिनमा विश्वले गुमायो ९५ हजार बढी मानिस

64x64
नेपाल लाइभ शुक्रबार, चैत २८, २०७६  १३:४०
1140x725
फाइल तस्बिर

काठमाडाैं- करिव एक सय दिनअघि विश्वमा नयाँ भाइरसको प्रकोप सुरु भएको थियो। चीनको वुहान सहरबाट सुरु भएको काेराेना भाइरसलाई सुरुमा फ्लूको रुपमा सबैले सामान्य रुपमा लिएका थिए। पछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले यसलाई कोभिड- १९ (काेराेना भाइरस)को नामाकरण गरेको थियो।

अमेरिका लगायतका देशले लामो समयसम्म यसलाई उक्त नामलाई स्वीकार गरेनन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त यसलाई पटकपटक चिनियाँ भाइरस भने। अमेरिकाले जी ७ को बैठकमै यसलाई वुहान भाइरस नाम दिन दबाबसमेत दियो।

यसरी सुरु भएको यो भाइरसले अहिले विश्वका ९५ हजारभन्दा धेरै मानिसकाे ज्यान लिइसकेको छ। १६ लाखभन्दा धेरै मानिस अहिले पनि यसको संक्रमणमा रहेका छन्। डब्लुएचओले कोरोना भाइरसको पहिलो बिरामी फेला परेको सय दिन पुगेको बताएको छ। संगठनले ३१ डिसेम्बर २०१९ मा चीनको हुबेई प्रान्तको वुहानमा निमोनियासँग मिल्ने यो भाइरसको सुरुवात भएको पुष्टि गरेको थियो। त्यसको भोलिपल्ट जनवरी १ मा चीन र विश्व स्वास्थ्य संगठनले यसलाई सार्वजनिक गर्दै अज्ञात फ्लू बताएका थिए।

पछि यसलाई कोभिड १९ नाम दिइएको थियो। यसलाई नोभेल कोरोना भाइरसको रुपमा विश्व स्वास्थ्य संगठनले नाम दिएसँग‌ै यसको फैलावट पनि विश्वभर पुग्न थाल्याे। अहिले विश्वमा २१० देश र तिनका सहरमा यो फैलिएको छ।

सय दिनको यो अवधिमा हालसम्म यस रोगको भ्याक्सिन पत्ता लाग्न सकेको छैन। विश्वभरका वैज्ञानिकहरु यसको खोजिमा लागेका छन् भने औषधि कम्पनीहरु पनि यसको औषधि बनाउने प्रयासमै छन्।

बिहीबार भएकाे पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले यो भाइरसका कारण विश्वको अर्थ व्यवस्थामा ठूलो असर पर्ने भन्दै चिन्ता पनि व्यक्त गरेका छन्। यसको साथै यो संक्रमणको असरमा रहेका देशको  सामाजिक ढाँचा पनि परिर्वतन हुने दावी उनकाे छ। उनले यो महामारी स्वास्थ्य समस्याभन्दा  माथि रहेको बताए। योसँग लड्का लागि कुनै एक सहर वा समुदायभन्दा देशकै सरकारी संयन्त्र एकजुट हुनपर्ने बताए।

यस्ताे छ तीन महिनाकाे समय रेखा:
डिसेम्बर ३१ : चीनले सन् २०१९ को अन्त्यतिर विश्व स्वास्थ्य संगठनलाई हुबेई प्रान्तस्थित वुहान सहरमा निमोनियाजस्तो असामान्य रोगका बिरामी भेटिएको भन्दै सावधानी गरायो। भाइरस पत्ता लागेको थिएन। 

जनवरी १ : संक्रमितमध्ये धेरै वुहानको समामुद्रिक खाद्यान्नको थोक बिक्री बजारका थिए। यसकारण सो बजार बन्द गरियो। स्वास्थ्यकर्मीहरूले भाइरस पत्ता लगाउन प्रयास गर्दागर्दै संक्रमितको संख्या ४० पुग्यो।

Ncell 2
Ncell 2

जनवरी ५ : चिनियाँ अधिकारीहरूले सन् २००२–२००३ मा विश्वभर ७ सय ७० जनाको ज्यान लिने गरी चीनमै उत्पति भएको सार्स भाइरसको पुनरावृत्तिको आशंका गरे। 

जनवरी ७ : विश्व स्वास्थ्य संगठनका अनुसार आफूहरूले नयाँ भाइरसको पहिचान गरेको चिनियाँ अधिकारीहरुले घोषणा गरे। भाइरसलाई ‘२०१९–एनसीओभी’ नाम दिइयो र यो सार्स, रुखाखोकी लगाउने कोरोना भाइरस प्रजातिको रहेको पहिचान उनीहरूले गरे। 

जनवरी ११ : चीनले सामुद्रिक खाद्यान्न बजारबाट सामान किनेका एक ६१ वर्षीय वृद्धको भाइसरबाट पहिलो मृत्यु भएको घोषणा गर्‍यो। 

जनवरी १३ : विश्व स्वास्थ्य संगठनले चीनबाहिर पहिलो बिरामी थाइल्यान्डमा भेटिएको बतायो। हुवानबाट त्यहाँ पुगेका व्यक्तिमा भाइरसको संक्रमण देखिएको थियो। 

जनवरी १६ : जापानको स्वास्थ्य मन्त्रालयले वुहान भ्रमण गरी आएका एक व्यक्तिमा भाइरस संक्रमण भएको सार्वजनिक गर्‍यो। 

जनवरी १७ : वुहानमा दोस्रो व्यक्तिको यो भाइरसबाट मृत्यु भयो। अमेरिकी स्वास्थ्य अधिकारीहरुले वुहानबाट आएका यात्रुहरुको तीन विमानस्थलले चेकजाँच गर्न सुरु गरेको घोषणा गरे। 

अमेरिका, फ्रान्स, अष्ट्रेलिया, मलेसिया, सिंगापुर, दक्षिण कोरिया, भियतनाम र ताइवानमा पनि अलग–अलग दिनमा संक्रित भेटिए। 

जनवरी २० : चीनले भाइरसबाट तेस्रो व्यक्तिको पनि मृत्यु भएको र २ सयभन्दा धेरै संक्रमित भएको जानकारी सार्वजनिक गर्‍यो। हुबेई प्रान्तको राजधानी वुहानबाहिर बेइजिङ, साङघाई र सेन्झेंनमा पनि संक्रमित भेटिए। 

यसैबीच चिनियाँ सरुवा रोग विशेषज्ञले चीनको सरकारी टेलिभिजन सिसिटिभीसँग कुरा गर्दै यो मानवबाट मानवमा सर्ने र यही बीचमा चिनियाँ नयाँ वर्ष परेकाले लाखौंले यात्रा गर्ने हुँदा यसले प्रकोपको रुप लिन सक्ने चेतावनी दिएका थिए। 

जनवरी २२ : भाइरसबाट मृत्यु हुनेको संख्या १७ पुग्यो र ५ सय ५० जना संक्रमित भए। धेरै युरोपेली देशले वुहानबाट हुने उडानमाथि जाँच गर्न सुरु गरेका थिए। 

जनवरी २३ :  हवाई र रेल सेवा बन्द गर्दै वुहानलाई क्वारेन्टाइनमा राखियो। हुबेई प्रान्तका सियान्ताओ र चिबी सहरमा पनि यस्तै प्रबन्ध गरियो। भाइरसबाट हुबेई प्रान्तबाहिर पनि मृत्यु भएपछि बेइजिङले नयाँ वर्षका सबै कार्यक्रम रद्द गर्‍यो। 

विश्व स्वास्थ्य संगठनले चीनबाहिर मानवमाफर्त भाइरस फैलिएको कुनै प्रमाण नभएको बताएको थियो। यही मितिमा नेपालमा पनि कोरोना भाइरसबाट पहिलो संक्रमित देखापरे। 

जनवरी २४ : भाइसरबाट मृत्यु हुनेको संख्या २६ र संक्रमितको संख्या ८ सय ३० पुगेको सरकारले बतायो। हुबेई प्रान्तअन्तर्गतका ४ करोड मानिस प्रभावित हुने गरी १३ सहर ‘लकडाउन’ विस्तार भयो। 

जनवरी २५ : हुबेई प्रान्तका अन्य पाँच सहरमा पनि यातायात प्रतिबन्ध लगाइयो। यसैबीचमा हङकङले आपत्काल घोषणा गर्दै नयाँ वर्षको उत्सव र मुख्य भूमि चीनसँगको सम्पर्क रद्द गर्‍यो। 

जनवरी २६ : भाइरसको मृत्यु हुनेको संख्या ५६ पुगेको थियो भने संक्रमित हुनेको संख्या २ हजारभन्दा बढी भइसकेको थियो। हङकङले सार्वजनिक पार्कहरु बन्द गर्‍यो। अमेरिका, ताइवान, थाइल्यान्ड, जापान र दक्षिण कोरियामा नयाँ बिरामी भेटिएको पुष्टि भयो। 

जनवरी २७ : अधिकारीहरूले हुबेईमा एक सयसमेत गरी चीनभरमा भाइरसबाट १ सय ६ जनाको मृत्यु भएको सार्वजनिक गरे। 

जनवरी ३० : चीनका सबै प्रान्तमा भाइरसको संक्रमण पुग्यो। १ सय ७० जनाको मृत्यु भइसकेको थियो। ७ हजार ७ सय ११ संक्रमित भएपछि विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विश्व आपत्काल घोषणा गर्‍यो। एक–एक संक्रमित बिरामीसँग भारत र फिलिपिन्सले कोरोना भाइसको पहिलो बिरामी भेटिएको पुष्टि गरे। 

जनवरी ३१ : चीनका संक्रमितको संख्या ९ हजार ८ सय ९ पुग्यो। रुस, स्पेन, स्विडेन र बेलायतले भाइरसको पहिलो बिरामी भेटिएको पुष्टि गरे। 

फेब्रुअरी १ : चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको विवरणअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५९ पुगेको थियो। ११ हजार ७ सय ९१ संक्रमित हुन पुगे।

अष्ट्रेलिया, क्यानडा, जर्मनी, जापान, सिंगापुर,अमेरिका, युएई र भियतनामा नयाँ संक्रमित भेटिए। 

फेब्रुअरी २ : वुहानबाट गएका चिनियाँको फिलिपिन्समा मृत्यु भयो। चीनमा मृतकको संख्या ३ सय ४ पुग्यो भने संक्रमित १४ हजार ३ सय ८० पुगे। 

फेब्रुअरी ३ : चीनमा मृतकको संख्या ३ सय ६१ पुग्ने गरी थप ५७ जनाको मृत्यु भयो। संक्रमितहरुको संख्या १७ हजार २ सय ३ पुग्यो। 

फेब्रुअरी ४ : चीनले मृतकको संख्या ४ सय २५ र संक्रमितको संख्या २० हजार ४ सय ३८ पुगेको बतायो। हङकङमा एकको मृत्युसँगै विश्वभर भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुग्यो। 

फेब्रुअरी ५ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको कुनै प्रभावकारी उपचार नभएको दोहोर्‍यायो। यसै बीचमा चीनले भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय ९० पुगेको संक्रमित २४ हजार ३ सय २४ पुगेको जानकारी दियो। 

फेब्रुअरी ६ : चीनमा २८ हजार संक्रमित र मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको जानकारी गरायो। यसैबीच मलेसियाका अधिकारीले मान्छेबाट मान्छेमा सरेको पहिलो बिरामी भेटिएको सार्वजनिक गरे। युरोपमा संक्रमितको संख्या ३० पुग्यो। 

फेब्रुअरी ७ : कोरोना भाइरसबारे पहिलो पटक चेतावनी दिने चिनियाँ चिकित्सक ली वेनलियाङको मृत्यु भयो। हङकङकले क्वारेन्टाइन नियम उल्लघंन गर्नेहरुलाई कारावास सजायसमेत दिने नियम ल्यायो। 

चीनमा भाइरसबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुग्यो भने ३१ हजार १ सय ६१ संक्रमित भए। चिनियाँ अनुसन्धानदाताहरुले छेपारोमार्फत जनावरबाट मानिसमा कोरोना भाइरस सरेको हुन सक्ने बताए। 

फेब्रुअरी ८ : वुहानमा अमेरिकी नागरिकको मृत्यु भयो। हुवानमै कोरनो भाइरस आशंकित एक ६० वर्षीय जापानी वृद्धको मृत्यु भयो। चीनमा मृत्यु हुनेको संख्या ७ सय २२ पुग्यो भने ३४ हजार ५ सय ४६ संक्रमित भएको पुष्टि भयो। 

फेब्रुअरी ९ : कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या सन् २००२–२००३ को सार्स महामारीको भन्दा बढी नाघ्यो। मृतकको संख्या ८ सय ११ पुग्यो भने संक्रमितको संख्या ३७ हजार १ सय ९८ पुग्यो। विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको एउटा अनुसान्धनकर्मीसहितको टिम चीन प्रस्थान गर्‍यो। 

फेब्रुअरी १० : भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या ९ सय ८ पुग्यो भने ४० हजार १ सय ७१ जनालाई संक्रमण भयो। 

प्रकोप सुरु भए यता चिनियाँ राष्ट्रपति सी चिनफिङ पहिलो पटक बेजिङका अस्पतालको भ्रमण गर्दै कोरोना भाइरसविरुद्धको लडाईं जित्न आत्मविश्वास आवश्यक रहेको बताए। 

फेब्रुअरी ११ : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई ‘कोभिड-१९’ नाम दियो। यसैबीच चीनमा भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १६ पुग्यो भने ४२ हजार ६ सय ३८ लाई संक्रमण भएको रेकर्ड भयो। 

फ्रेब्रुअर १२ : जापानको डाइमन्ड प्रिन्सेस पानी जहाजमा १ सय ७५ जनालाई कोरोना भाइरस संक्रमण भयो।

फेब्रुअरी १३ : उत्तर कोरियाले विदेशी आगन्तुक र कोभिड–१९ संक्रमित भएका आशंका भएका सबैलाई महिना लामो क्वारेन्टाइनमा राख्यो। चीनमा मृत्यु हुनेको संख्या १३ सय पुग्यो भने जापानमा कोरोनाबाट पहिलो मृत्यु भएको पुष्टि भयो। 

फेब्रुअरी १४ : अफ्रिकाको पहिलो देश बन्यो कोरोना संक्रमित पाइएको देश। कोरोनाबाट युरोपको फ्रान्समा पहिलो बिरामीको मृत्यु भयो। चीनमा मृतकको संख्या १४ सय पुग्यो। 

फेब्रुअरी १५ : चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय पुग्यो। जापानमा क्वारेन्टाइनमा राखिएको पानी जहाज‍बाट अमेरिकाले आफ्ना नागरिक उद्धार गर्ने तयारी गर्‍यो। 

फेब्रुअरी १६ : ताइवानले एक ६० वर्षीयको कोरोनका कारण मृत्यु भएको सार्वजनिक गर्‍यो। 

फेब्रुअरी १७ : चीनमा कोरोनबाट १ हजार ७ सय ७० को मृत्यु भयो भने संक्रमितहरुको संख्या ७० हजार ५ सय ४८ पुग्यो। क्वारेन्टाइनमा राखिएको डाइमन्ड प्रिन्सेस पानी जहाजमा ९९ जना संक्रमित भेटिएको जापानले बतायो। 

फेब्रुअरी १८ : चीनको स्वास्थ्य आयोगले मृतकको संख्या १ हजार ८ सय ६८ पुगेको र ७२ हजार ४ सय ३६ संक्रमित भएको विवरण सार्वजनिक गर्‍यो। यसैबीच रुसले फेब्रुअरी २० बाट चिनियाँ नागरिकलाई प्रवेश प्रतिबन्ध लगाउने घोषणा गर्‍यो। 

फेब्रुअरी १९ : पहिलो संक्रमण भेटिएको पुष्टि गरेको केही घण्टामै इरानले कोराेना भाइरसबाट २ जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्‍यो। चीनमा दैनिक संक्रमण हुनेको संख्या २ हजार मुनि झर्‍यो भने मृतकको संख्या २ हजार ४ पुग्यो।

फेब्रुअरी २० : दक्षिण कोरियाले कोरोनाबाट पहिलो मृत्यु भएको सार्वजनिक गर्‍यो। चीनमा मृतकको संख्या बढेर २ हजार १ सय १८ पुग्यो भने ७४ हजार ५ सय ७५ जना संक्रमित भए। 

फेब्रुअरी २१ : दक्षिण कोरियाले कोरोबाट दोस्रो व्यक्तिको मृत्यु भएको र नयाँ १० जनामा कोरोना संक्रमण भएको बतायो। इजरायलमा पनि पानी जहाजबाट आएकी एक महिलामा कोरोना संक्रमण भएको पुष्टि भयो। 

इटालीको लोम्ब्रारडेमा ३ नयाँ संक्रमित भेटिएको र योसँगै ६ जनामा कोरोना संक्रमण भएको विवरण सार्वजनिक भयो। 

फेब्रुअरी २२ : दक्षिण कोरियामा एक दिन २ सय २९ जनालाई कोरोना संक्रमण भएको पुष्टि भयो। इटालीले पहिलो पटक कोरोनाबाट २ जनाको मृत्यु भएको बतायो।

उता चीनमा भने दैनिक संक्रमित हुनेहरुको संख्यामा उल्लेखनीय रूपमा कमी आयो। चीनले यो दिन ३ सय ९७ जनालाई मात्रै कोरोना संक्रमण भएको विवरण सार्वजनिक गर्‍यो। 

फेब्रुअरी २३ : संक्रमित र मृतकको संख्या बढेसँग धेरै देशले इरानसँगका सीमा बन्द गरे। इटालीका अधिकारीले तेस्रो मृत्यु भएको बताए। कोरोनाविरुद्ध लड्न केही खेलकुदका कार्यक्रम पनि बन्द गरिए। 

फेब्रुअरी २४ : कुवेत, बहराइन, इराक, अफगानिस्तान र ओमानले आफ्नो देशमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको सार्वजनिक गरे। यसैबीच दक्षिण कोरियामा कोरोनाबाट मृत्यु हुनुको संख्या ८ सय ३३ पुग्यो। चीनमा मृतकको संख्या २ हजार ५ सय ९५ र संक्रमितको संख्या ७७ हजार २ सय ६२ पुग्यो। उत्तरी इटालीमा ७ जनाको मृत्यु भयो। 

फेब्रुअरी २५ : इरानका सहायक स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि भयो। इरानमा मृतकको संख्या १५ पुग्यो भने ९५ जनालाई संक्रमण भयो।

फेब्रुअरी २६ : विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ८ सय पुग्यो भने ८० हजारलाई संक्रमण भएको पुष्टि भयो। नर्वे, रोमानिया, ग्रिस, जर्जिया, पाकिस्तान, उत्तर म्याकडोनिया र ब्राजिलमा कोरोना भाइरसको पहिलो बिरामी भेटिएको पुष्टि भयो। 

फेब्रुअरी २७ : इस्टोनिया, डेनमार्क, उत्तरी आयरल्याण्ड र नेदरल्याण्डमा कोरोना भाइरसको बिरामी भेटिएको सार्वजनिक भयो। विश्वभर संक्रमितको संख्या ८२ हजार पुग्यो भने मृत्यु हुनेहरुको संख्या २ हजार ८ पुग्यो। 

इटालीमा संक्रमण तीव्र गतिमा बढ्यो। ६ सय ५० जना संक्रमित भए भने ३ नयाँ सहित मृतकको संख्या १७ पुग्यो। 

फेब्रुअरी २८ : लुथियाना र वेल्सले पहिलो तथा नेरदल्याण्ड र जर्जियाले दोस्रो मृत्यु कोरोनाबाट भएको विवरण सार्वजनिक गरे। 

फेब्रुअरी २९ : दक्षिण कोरियामा सबैभन्दा धेरै एकै दिन ८सय १३ जनालाई कोरोना संक्रमण भयो भने मृकको संख्या १७ पुग्यो। 

इरानमा २४ घण्टामै संक्रमितको संख्या ३ सय ८८ बाट ५ सय ९३ पुग्यो। कतारमा कोरोना संक्रमित पहिलो बिरामी भेटिए। 

मार्च २ : साउदी अरेबियाको स्वाथ्य मन्त्रालयले कोरोना भाइरसको पहिलो बिरामी भेटिएको बतायो। ट्युनिसिया र जोर्डनले पनि पहिलो बिरामी भेटिएको विवरण सार्वजनिक गरे। 

मार्च ३ :  इटालीले मृतकको संख्या ७७ पुगेको घोषणा गर्‍यो।

मार्च ७ : विश्वभरका ९० भन्दा बढी राष्ट्रमा कोरोनाबाट ३ हजार ५ सयको मृत्यु भयो। संक्रमितको संख्या १ लाख २० हजार पुग्यो। 

मार्च ८ : कोरोना विरुद्ध लड्न पूर्वी क्वाटिफ क्षेत्रमा साउदी अरेबियाद्वारा लकडाउन घोषणा भयाे। इटालीले पनि १ करोड ६० लाख मानिसलाई प्रभाव पार्ने गरी कोरोना अति प्रभावित राज्य लोम्बारडेसहित १४ क्षेत्रमा क्वारेन्टाइन घोषणा गर्‍यो। 

मार्च ९ : कोरोना भाइरसको संक्रमण व्यापक भएपछि इरानले ७० हजार कैदीलाई रिहा गर्‍यो। जर्मनीले १ हजार १ सय संक्रमितसहित २ जनाको मृत्यु भएको विवरण सार्वजनिक गर्‍यो। 

मार्च १० : एकै दिनमा इरान र इटालीमा उच्च मृत्यु भयो। इरानमा ५४ र इटालीमा १ सय ६८ जनाको २४ घण्टाको अवधिमा मृत्यु भयो। लेबवान र मरोक्कोमा कोरोनबाट पहिलो पटक मृत्यु भयो भने प्राजतान्त्रिक गणतान्त्रिक कंगो, पानामा र मंगोलियामा पहिलो बिरामी फेला परे। 

मार्च ११ : विश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारी घोषित गर्‍यो भने टर्की, आइभोरिकोष्ट, होन्डुरस र बोलिभियामा पहिलो संक्रमित भेटिए। कतारमा एकै दिन २४ बाट संक्रमितकाे संख्या २ सय ६२ पुग्यो। 

मार्च १२ : विश्वभर कोरोनाबट मृत्यु हुनेको संख्या ४ हजार ८ सय पुग्यो भने १ लाख २६ हजार १ सयलाई संक्रमण भयो। संक्रमणको दैनिक रिर्पोटिङ सुरु गरेको ७ हप्तापछि चीनमा सबैभन्दा कम १५ नयाँ संक्रमित मात्रै भेटिए। 

मार्च १५ : स्पेनमा २ हजारलाई कोरोना संक्रमण र २४ घण्टामा १ सयको मृत्यु भयो। काजाकस्तान, फिलिपिन्स र अष्ट्रेलियाले कडा प्रतिबन्धको घोषणा गरे कोरोनाविरुद्ध लड्न। 

मार्च १६ : न्युयाेर्कमा मेयरले सहरका बार, नाटकघर र सिनेमा घर बन्द गर्न आदेश दिए। त्यही दिन पाकिस्तान र टर्कीमा नयाँ धेरै बिरामी भेटिए। इरानमा १४ हजार ९ सय ९१ लाई संक्रमण भयो भने मृतकको संख्या ८ सय ५३ पुग्यो। 

खाडी क्षेत्रमा काेरोनबाट बहराइनमा पहिलो बिरामीको मृत्यु भयो। चिली र ग्वाटेमालाले सीमा बन्द गरेको घोषणा गरे। सोमालियामा पहिलो कोरोना संक्रमित भेटिए। 

मार्च १७ : इटालीमा ३४५ बिरामीको मृत्यु भयो। टर्कीमा ८९ वर्षीया एक वृद्धको मृत्यु भयो, पहिलोपटक। 

मार्च १८ : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन देशमा मानव सुरक्षा आपत्काल घोषणा गरे। इटालीमा थप ४ सय ७५ जनाको मृत्यु भएसँगै मृतकको संख्या २ हजार ९ सय ७८ पुग्यो। महामारी सुरु भएयता पहिलोपटक चीनमा कुनै पनि संक्रमित भेटिएनन्। 

मार्च १९ : इटालीले कोरोनाबाट मृत्यु हुनेमा चीनलाई उछिन्यो। इटालीमा मृतकको ३ हजार ४ सय ५ जना पुग्यो जब कि चीनको ३ हजार २ सय ४५ मात्रै थियो। 

मार्च २० : कोरोना भाइरसका कारण विश्वभर मृत्य हुनेको संख्या १० हजार पुग्यो। चीनमा दोस्रो दिन पनि संक्रमित भेटिएनन्। 

मार्च २१ : इटालीमा एकै दिन ७ सय ९३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणको नयाँ केन्द्रिबिन्दू युरोप बन्यो। स्पेनमा मृत्यु हुनेको संख्या हजार पुग्यो। सिंगापुरमा पहिलो पटक २ जनाको मृत्यु भयो। 

मार्च २२ : विश्वर मृतकको संख्या १३ हजार पुग्यो भने संक्रमित ३ लाख ११ हजार पुगे। विश्वभर लकडाउन गर्ने देशको संख्या बढ्यो। 

मार्च २३ : इटालीमा थप ६ सय ३ जनाको मृत्यु भएसँगै मृतकको कूल संख्या ६ हजार ७७ पुग्यो। अमेरिकामा पनि मृतकको संख्या ३ हजार ५ सय पुग्यो। 

मार्च २४ : स्पेनमा थप ६ हजार ६ सयलाई कोरोना भाइरस संक्रमण भयो। लावोसमा पहिलो पटक दुई संक्रमित भेटिए। 

मार्च २६ : विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ५ लाख पुग्यो। युरोपमा मात्रै २ लाख ५० हजार संक्रमित भए जसमध्ये आधाभन्दा बढी स्पेनका थिए। 

मार्च २७ : बेलायती प्रधामन्त्री बोरिस जनसनलाई पनि कोरोना संक्रमण भयो। 

मार्च २८ : विश्वभर संक्रमितको संख्या ६ लाख पुग्यो भने २७ हजार भन्दा बढीको ज्यान गयो। अमेरिकामा संक्रमितको संख्या एक लाखभन्दा बढी पुग्यो।

मार्च २९ : अमेरिकामा विश्वकै धेरै १ लाख २४ हजारलाई कोरोना संक्रमण भयो। 
मार्च ३० : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समाजिक दूरी कायम राख्ने सम्बन्धी निर्देशनलाई अप्रिल ३० सम्म पुर्‍याए। 

मार्च ३१ : कोराेनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या चीनको भन्दा अधिक भयो। अमेरिकामा ३ हजार ६ सयको मृत्यु भयो, जब कि चीनमा भने मृतकको संख्या ३ हजार ३ सय ९ जनामै सिमित रह्यो।

प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १३:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्