• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना संक्रमण : रोकथाम नै एकमात्र विकल्प

डा सुनील पौड्याल बिहीबार, चैत २७, २०७६  १५:००
1140x725

यतिखेर विश्वकै महाशक्ति  राष्ट्रहरु महामारीको दलदलमा फसिरहेका छन्। यस्तो लाग्छ यसबाट निस्कनै कठिन छ। विज्ञानको नवीनतम आविस्कारले आज विश्वलाई नै यस स्थानसम्म त पुर्‍याइदिएको छ, तर अन्तरिक्षको समेत परिकल्पना गर्ने वैज्ञानिकले यो अवस्था आउला भनेर कल्पनासम्म गरेका थिएनन्।

पृथ्वीको केही भागमा मात्र फैलिएको यो महामारी भोलिका दिनमा सम्पूर्ण विश्वभर फैलँदा अवस्था कस्तो हुन्छ, हामीले अनुमान नै लगाउन सक्दैनौं। यसकारण प्रकृतिले दिएको गास, बास,कपास तथा मानवीय स्वास्थ्य सुरक्षा प्रमुख विषय रहेछ भन्ने वुझ्नु आवश्यक छ।

जीवविज्ञानले थुप्रै अन्वेषण गरिसकेको छ, तै पनि यीबाहेकका यहाँ थुप्रै परजीवी छन् जो मानवीय सभ्यताकै लागि घातक सिद्ध हुन सक्छन् र विज्ञानको खोज मानवीय सुरक्षाका लागि हुनु जरुरी थियो, न कि घातक अणु  सिद्धान्त।

अहिले विश्व महामारीमा देखिएको त्रासदीपूर्ण अवस्थाले अत्यन्तै विकसित मुलुक पनि रोकथाम तथा उपचारका लागि तयारी अवस्थामा  पटक्कै थिएनन् र छैनन् भन्ने देखाएको छ। साधारण मास्कसमेत नपाएर परजीवी आक्रमणमा परी ज्यान जानु स्वयं वैज्ञानिक आविस्कारले विश्वलाई गिज्याइरहेको आभास हुन्छ।

यस भाइरसविरुद्ध कुनै औषधि वा खोप पत्ता नलागेसम्म र एकजना पनि संक्रमित रहेसम्म त्यो महामारीकै रुपमा बिस्फोट हुने सम्भावना रहन्छ। यसो भन्दै गर्दा अबका उपायहरु के हुन सक्छन् त भन्ने जिज्ञासा आउन सक्छ। यहाँ तत्कालै कुनै चमत्कार नभएसम्म रोकथामका उपायबाहेक हाम्रासामु विकल्प छैन। सामाजिक दूरी तथा मास्कको प्रयोग, धेरैभन्दा धेरै टेस्ट गरि बिरामी पत्ता लगाई निगरानीमा राख्नुबाहेक अरु उपाय नहुन सक्छ।

सरकारी क्षमतामा वृद्धि गरि टेस्टको दायरा बढाउँदै सबैमा बानी ब्यवहार परिवर्तन गराउनु पर्ने र हातको सरसफाइमा ध्यान केन्द्रित गरेमा रोगबाट दूरी कायम गर्न सकिएला, तर  धेरै अनुसन्धानकै  क्रममा नै छन्।

वास्तवमा भन्नुपर्दा पश्चिमाहरुमा  हात मिलाउने, चुम्बन गर्ने र गला मिलाउने प्रवृत्तिले यो रोग बढी फैलिएको हुन सक्छ। यद्यपि हाम्रो संस्कार नमस्कारले स्वयं सामाजिक दूरी कायम  राख्दछ, तर विश्वको तुलनामा नेपालमा एक अर्कालाई पहिचान गर्न सहज छ, निगरानी गर्न कठिन छैन। साथै हामीकहाँ सहरीकरण थोरै छ र जनघनत्वसमेत कम भएकाले महामारीले विशाल तथा भयावह रुप नलेला भन्ने आशा गर्ने ठाउँचाहि छन्। यसो भन्दै गर्दा हाम्रा सांस्कृतिक र परम्परागत जमघट शैलीहरु जुनसुकै बेला घातक सिद्ध हुन सक्छन् र आगामी दिनहरुमा यी व्यवहारहरुमा परिबर्तन हुन सक्ने देखिन्छ । उपचारमा समेत अबका दिनमा नवीनतम प्रयोग जस्तै रोबटिक उपचार सेवा भएमा आश्चर्य मान्नु नपर्ला।  

आगामी दिनमा स्वास्थ्य सेवा प्रभाबकारी हुनुपर्ने रहेछ भन्ने चेतचाहिँ अबश्य नै खुल्नेछ । रोकथाम तथा उपचार सेवामा लगानी बढ्न सक्छ। अस्पतालको नाजुक स्थितिमा सुधार हुँदै स्वास्थ्य जनशक्तिको महत्व बुझाउन पहिले जसरी सायद आन्दोलनकै बाटो रोज्नु नपर्न सक्छ।  

Ncell 2
Ncell 2
nimb
nimb

रोगले ग्रसित स्थितिमा आर्थिक पाटो अत्यन्तै कमजोर  हुनेछ। धेरैजसो रोजीरोटी गुम्न सक्नेछन। यसको प्रत्यक्ष असर होटल तथा पर्यटन व्यवसायमा पर्दा हाम्रो जस्तो देशमा गाऊ फर्की  आधुनिक कृषिमा जीवन बिताउने अवसर सिर्जना भै आत्मनिर्भरता केही हदसम्म हुन सक्ला। साथै रोगले आक्रान्त मानिसहरु र आफन्त गुमाउनुको पीडाले मनोवैज्ञानिक असर पर्दा मानसिक रोगहरुको सम्भावना बढ्न सक्छ। 

अहिले विश्वका धेरैजसो राष्ट्रहरुले लकडाउनलाई नै अँगालेको देखिन्छ। यो एउटा सामाजिक दूरी कायम गर्ने उत्तम पाटो र रोग फैलन नदिने बनाउनु हो। गरीब तथा स्वास्थ्य अवस्था कमजोर भएका देशका लागि उपयुक्त बाटो पनि हो, ताकि पूर्वतयारीमा जान आवश्यक समय मिल्छ।

हाम्रोजस्तो मुलुकमा सामाजिक दूरी तथा अन्य सरसफाइका उपाय सजिलै अबलम्बन गर्न सकिने अवस्था नभएकाले खोप आविस्कार नभएसम्म सायद रोकथामको पाटो नै यही बन्न पनि सक्छ अथवा देशभित्रका धेरैभन्दा धेरै मानिसको जाँच गरि रोग छैन भन्ने पुष्टि हुनुपर्छ । छिमेकी तथा अन्य  देशमा यो कस्तो र कति हदसम्म जान्छ,जसका आधारमा अन्तर्राष्ट्रिय नाका तथा हवाई यातायात खुल्ने विकल्प सोच्न सकिएला ।
 
हामीले हल्लाहरु पनि सुनकै छौ कि हामीसँग भएको शक्तिले यो रोगलाई जित्न सक्छौं। तर अनुसन्धानको पाटो पनि हुन सक्ला। अतः विश्वबाट पाठ सिक्न के जरुरी छ भने यो बिल्कुल नयाँ रोग हो र यसलाई चिन्ने वा लड्न हाम्रा शरीरका सेनाहरु बनेका छैनन् तै पनि हामीमा हाम्रो सहनसहन र विभिन्न खोपहरुले आशावादी बनाउन सहयोग पुर्‍याएको छ। साथै भाइरसले स्वरूप परिवर्तन गर्दै जादा अझ शक्तिशाली वा कमजोर पनि हुन सक्ने सम्भावना चाहिँ छ।

अब दुइवटा पाटालाई हेर्न सकिन्छ खोप नबनेको अबस्थामा धेरै मानिस संक्रमित बनि रोग प्रतिरोधात्मक क्षमता विकास भै भाइरस कमजोर हुनेछ र अर्को पाटो खोप वा औषधिको आविष्कार हो, जहाँ विश्वको ध्यान केन्द्रित भएको छ। आशा गरौं छिटै बन्नेछ तर अहिले ठूलो महामारीको चपेटामा परेका देशले नै यसको आविष्कार गर्नेछन् र पहुँच भएका देशले यसको सुरुवाती उपयोग गर्न सक्लान्। तर हामीमा सहज उपलब्ध भएमा करिब डेढदेखि दुई बर्ष लाग्न सक्छ। तसर्थ यसबीचमा आउन सक्ने विषम महामारीका लागि हामी सदैव चनाखो हुनुपर्छ ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लेखक कन्सल्टेन्ट फिजिसियन हुन्।


 

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १५:००
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बैंकमा १२ खर्बभन्दा बढी तरलता, तर लगानी र रोजगारीमा रूपान्तरण भएन। रेमिट्यान्स र ऊर्जा उत्पादन बढे पनि निर्यात कमजोर छ, उद्योग औसत ४... बिहीबार, असोज २९, २०८३
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस दशैंको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ। तर यो पर्वक... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्